Govinda Giri Prerana

परिष्कारको अपेक्षा गर्ने कथाहरू 'घोराही शून्य किलोमिटर'/ हरि अधिकारी

साहित्यका सबैजसो प्रमुख विधाहरूमा समानरूपले कलम चलाउँदै आएका उत्साही लेखक गोविन्द गिरी 'प्रेरणा' को नवीनतम् कथासङ्ग्रह 'घोराही शून्य किलोमिटर' मा समसामयिक विषयवस्तुमा केन्दि्रत भई लेखिएको २० वटा कथा सङ्कलित छन् । सङ्ख्यात्मक हिसाबले हेर्दा निक्कै नै उर्वर देखिने प्रेरणाका यसअघि नै 'सुतेको समुद्र', 'अन्तराल' र 'यात्रा अनन्त' शीर्षकमा ३ थान कथासङ्ग्रह प्रकाशमा आइसकेका छन् । अमेरिकामा बसाइँ सारेका प्रेरणा त्यहाँको तीब्र, जटिल र व्यस्ततम् जीवनशैलीको व्यवस्थापन गरेर साहित्य साधनामा नै रहेका छन् र प्रत्येक वर्ष कुनै न कुनै विधामा १-२ कृति प्रकाशन गरिरहेका छन् । नेपाली भाषा

Segments