Ganesh Rasik

चोखो छ है यो मेरो माया/ गणेश रसिक

चोखो छ है यो मेरो माया
राराको सङ्लो पानी जस्तै
त्यस्तै-त्यस्तै-त्यस्तै तिम्रो आँखाको नानी जस्तै

नसम्झिदेऊ तिमीले
यो मेरो माया अधुरो छ,
नसोचिदेऊ तिमीले
यो कथाभित्र बिछोड छ

Author
Segments

लाखौँ जुनी कम हुन्छ / गणेश रसिक

लाखौँ जुनी कम हुन्छ
तिमीसँग माया लाउन
तिमीसँग माया लाउन ।

यस्तो लाग्छ मेरो जन्म
समय भन्दा अघि भयो
भाग्य खोज्दै भौँतारिँदै
थाहा नपाई उमेर गयो
यो उमेरमा लाएको माया
उधारो रहन्छ भन्छन्

Author
Segments