Loading

Bhairav Aryal

भैरव अर्याल

Bhairav Aryalसाहित्यिक नाम : अलवर भैया
नाम : भैरवप्रसाद अर्याल
जन्म : वि. सं. १९९३, आश्विन, कोपुण्डोल, ललितपुर
निधन : वि. सं. २०३३, आश्विन, गोकर्ण काठमाडौ

सेवा - गोरखापत्र संस्थान / शिक्षा - एम्. ए. -नेपाली / साहित्यरत्न, संस्कृतमा मध्यमा

भ्रमण - नेपाल, भारत, जर्मनी, बङ्गलादेश / बिधाः- हास्यव्यंग्य / काव्य,अन्य ....

पहिलो रचना - वि. सं. २०१३ मा " नव निर्माण " शीर्षकको कविता प्रकाशित

Segments: 
Author: 

३५ वर्षपछि भैरव सम्झँदा / हरि अधिकारी

Bhairav Aryal

श्रेष्ठतम् हास्य-व्यङ्ग्य लेखक भैरव अर्यालको चालीस वर्षको अल्पवयमै काठमाडौं गोकर्ण नजिक वागमती नदीको पत्थरिलो खोंचमा फाल हालेर आत्महत्या गरेको खबर साहित्यका आम पाठकहरूले मात्र होइन, आत्महन्ता व्यंग्यलेखकका घनिष्ट साथीभाइहरूले समेत केही समयपछि मात्र पाए । प्रतिक्रियात्मक मनस्तापका सिकार काठमाडौंको काँठ क्षेत्रमा उदाएका यी बहुप्रतिभाशाली स्रष्टाले एक न एक दिन त्यस्तै केही भीषण उपद्रो गर्नेछन् भन्ने अलच्छिना आशंका गरिरहेका उनका निकट मित्रहरूले उनको मृत्युको समाचारलाई टार्न नसकिने भवितव्यका रूपमा लिएको हुनुपर्दछ त्यतिबेला । घनिष्टहरूमध्ये पनि घनिष्टतम् भैरवमित्र रोचक घिमिरे पोखरामा थिए, दसैंको लगत्तैपछिको बिदाको समय बिताउन पुगेका । पोखरा भ्रमणको कार्यक्रम घिमिरे र अर्याल दुवैले मिलेर बनाएका थिए । तर, अन्तिम घडीमा भैरवले फेरेका थिए आफ्नो योजना ।

जय भुँडी / भैरव अर्याल

Jay Bhudi Bhairav Aryalव्यास बाजेले अठार पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न भुसुक्कै बिर्सेछन्। वेदव्यासको युगमा बिर्सेको कुरो आज वेदनाशको युगमा तैंले कसरी सम्झिस्? भन्नुहोला, मलाई पनि हिजै मात्र आफ्नी बुढी आमाले झट्ट सम्झाइदिइन्। साथै यस पुराणको माहात्म्य पनि मैले उनैबाट दृष्टान्तसहित बुझ्ने मौका पाएकोले अरु पुराणको प्रारम्भमा ‘शारदायै नम:’ भनेजस्तै पुराणको सुरुमा म भन्दछु – बूढी आमायै नम:।

Author: 
Segments: 

सम्झनामा भैरव अर्याल / रोचक घिमिरे

Rochak Ghimireखेमकुमारी र होमनाथका छोरा भएर विसं.१९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिएका हुन् भैरव अर्याल । नेपाली साहित्यमा कहलिएका साहित्यकार अर्यालको प्रसिद्धिचाहिँ हास्यव्यंग्य शैलीमा नै बढी छ । नेपाली हास्यव्यंग्यका बेजोड प्रतिभा हुन् उनी । हास्यव्यंग्यका शिखर स्रष्टाको मान्यता पाएका छन् भैरवले । नेपाली हास्यव्यंग्य र भैरव अर्याल एकअर्कासँग अभिन्न भएर गाँसिएका छन् । उनका ‘काउकुती’, ‘जय भुँडी’, ‘गलबन्दी’, ‘इतिश्री’, ‘दस औतार’, ‘टेढो ऐना’, ‘कारिन्दाको दिनचर्या’ हास्यव्यंग्यका लोकपि्रय कृति हुन्।

The International Frog Conference / Bhairav Aryal

Bhairav Aryal EssayIn today's world, a son has greater worries than the unemployed; a journalist is in a greater rush than a taxi car. On top of that, if someone takes up journalism in order to stave off the daily hassles of being a son, you can imagine how patchy his life gets. And I am the kind of journalist who must serve journalism all day on the basis of a rickety cycle, and enjoy the nectar of filial life in the early evening, scraping out the pot for storing grains.

Segments: 
Language: 

मुटुभरि आशा / भैरव अर्याल

पानी कहिल्यै न जुरेकै होस्
प्यास सधैँभरि पाएको छु
उल्लास मनमा न छिरेकै होस्
आश मुटुभरि ल्याएको छु।

Author: 
Segments: 

Comments

Subscribe to Bhairav Aryal