विश्वास रहेन पाहुनामा पनि / बाबु त्रिपाठी

Author

विश्वास रहेन पाहुनामा पनि
मदनलाई शंका छ मुनामा पनि

दाल र चामलले नपुगेपछि
बाजेलाई रुपियाँ दुनामा पनि

म जहिले पनि देश भेट्टाउँछु
अँध्यारो, एकान्त कुनामा पनि

बाबु हराएको निक्कै दिन भयो
भट्टीमा पनि छैन थुनामा पनि

Segments