बिचारको खेती थाल्दै छु म/ ज्ञानुवाकर पौडेल

बिचारको खेती थाल्दै छु म
अक्षरको माहुरी पाल्दै छु म

किन्दै छु फेरि नयाँ किताब
पुरानो कोट टाल्दै छु म

छाडेर चहार्न मठ मन्दिर
नयाँ कदम थालदैछु म

उज्यालो हेर्न पूरै बस्ती
घर आफ्नो बाल्दैछु म.

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom