जवसम्म मनमा युद्ध हुँदैन / विभोर बराल

Author

जबसम्म मनमा युद्ध हुँदैन
कुनै पनि मानिस बुद्ध हुँदैन

विलासको अग्नि पार नगरी
बुद्ध पनि यहाँ शुद्ध हुँदैन

नयाँ बाटो त्यसै कहाँ बन्छ र !
यदी पुरानो अवरुद्ध हुँदैन

सायद कुनै परिवर्तन हुँदैछ
'विभोर' बिना कारण क्रुद्ध हुँदैन ।

Segments