Loading

भूपी, क्रिकेट र ब्रेडमन / सरुभक्त

Bhupi Serchanऊ सर्वाङ्ग सेतो र छरितो लुगा लगाएर ब्याटिङ गर्न क्रिजमा उभिएको थियो । ऊ कुन क्रममा ब्याटिङ गर्न खेल मैदानमा प्रवेश गर्‍यो, मैले थाहा पाइनँ । कुन स्थानमा ऊ ब्याटिङ गरिरहेको थियो, त्यो पनि मैले थाहा पाइनँ । उसको अर्काेपट्टि क्रिजमा को उभिइरहेको थियो, मैले ध्यान दिइनँ । उसको विकेटपछाडि को थियो, त्यो पनि मैले याद गरिनँ । मैदानभरि छरिएका फिल्डरहरुलाईर् देखेर पनि सायद देखिनँ । मैले उसलाईर् हेरें, हेरिरहें । कारण ऊ मैले देखेका मानिसहरुभन्दा बेग्लै थियो- कताकता जापानीजस्तो, अनेपालीजस्तो, अपोखरेलीजस्तो...।

हेर्दाहेर्दै ऊ क्रिजमा ब्याट समाएर सतर्क हुन्थ्यो, सायद मैदानका सबै खेलाडी सतर्क हुन्छन् । त्यति नै खेर बलरले दगुर्दै आएर 'बल थ्रो' गर्‍यो । बल 'स्पिन' थियो कि 'मिडियम फास्ट', मलाई थाहा भएन । मलाई यति मात्र थाहा भयो, बलरले सानो भकुन्डोले उसलाईर् ताकेर हान्यो र मैले आशा गरेबमोजिम उसले ब्याट चलायो, जोडले हावामा घुमायो । उसको प्याडमा लागेर बल पछाडि गयो । त्यसलाई ऊपछाडि बसेको मान्छेले च्याप्प समात्यो ।

कुन्नि के भयो, सबै मान्छे बुद्रुक्क उप्र“mदै एकै स्वरले च्याँट्ठिए- 'हाउज द्याट...!' ऊ आपmनो सेतो क्याप निधारबाट अलिकति माथि सारेर क्रिजमा डटिरहृयो, कारण ऊ 'एलबीडब्लु' भएन । ऊ आउट भएन । मलाई खुसी लाग्यो, मज्जा लाग्यो । त्यस दिनदेखि मेरो मानसपटलबाट त्यस व्यक्तिको अनुहार कहिले पनि 'आउट' भएन ।

हो, म भूपि शेरचन दाइको कुरा गर्दै छु, जसलाईर् मैले सर्वप्रथम क्रिकेट खेल्दै गर्दा पोखराको पुरानो टुँडिखेलमा देखेको थिएँ- विक्रमाब्द २०२४-०२५ तिर । म दस-एघार वर्षको बालक थिएँ । क्रिकेट भनेको थाहा थिएन । पेलेको नाम सुनेको थिएँ तर डन ब्य्राडम्यानको नाम सपनामा पनि सुनेको थिइनँ । र, 'उस' को नाम पनि थाहा थिएन ।

धेरैपछि थाहा पाएँ, उनी त कवि भूपी शेरचन पो रहेछन् । त्यो नौलो खेल खेल्ने, नौलानौला कुरा गर्ने, नौलो अनुहारको खेलाडीले साहित्यमा पनि नौलो आयाम थपेका रहेछन् । धेरैपछि मात्र थाहा पाएँ यो कुरा, जब मैले स्कुल -नेपाली आदर्श बोर्डिङ स्कुल, लामाचौर, हाल गण्डकी आवासीय माध्यमिक विद्यालय) मा अलिअलि कविता बुभmन थालें, अलिअलि कविता लेख्न थालें । 

क्रिकेट खेल अविराम चलिरहेथ्यो । भूपी दाइ क्रिकेटको क्रिजमै हुनुहुन्थ्यो । भूपी दाइ बल राम्ररी हेर्नुहुन्थ्यो, उहाँलाई पिचको मनोविज्ञान राम्ररी थाहा थियो । म अहिले बुभmन सक्छु, उहाँमाथि अनावश्यक टीकाटिप्पणीका बम्परहरु खुब फालिन्थे । कारण 'सिक्स' र 'फोर' रनभन्दा तल उहाँ र्झनु नै हुन्नथ्यो । उहाँका कलात्मक तकनिकी, खेलका प्रत्येक स्ट्रोक, प्रत्येक स्विप महान् थिए, फुटवर्क र कट ड्राइभहरु अविजित थिए । केही नलागेपछि मान्छेहरु 'बडी लाइन' जन्माउँछन्, कविताको क्रिकेट खेलमा !

...............

विक्रमाब्द २०४० । क्रिजमा भूपी दाइको स्थिति उस्तै थियो । उहाँ नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा हुनुहुन्थ्यो । अथवा उहाँ आपmनो कार्यकक्षको घुम्ने मेचमाथि हुनुहुन्थ्यो । म रामशरण दर्नाल दाइको सहयोगले कोठाभित्र पसें, 'नमस्कार, दाजु,' साह्रै सङ्कोच मान्दै भनें ।

'नमस्कार भाइ,' उहाँले मसिनो तर गुलियो स्वरमा भन्नुभयो, 'बस्नोस्, भाइ ।' म बसें र ढुङ्गा भएँ । म जीवनमा पहिलोपल्ट उहाँलाई भेट्न पुगेको थिएँ । 'उहाँ युवा कवि, नाटककार सरूभक्त, पोखराकै हुनुहुन्छ,' दर्नाल दाइले भूपीलाई मेरो परिचय गराउनुभयो ।

'म सरूभक्त भाइलाई चिन्छु,' मीठो मुस्कानसहित उहाँले भन्नुभयो ।

'ए... ।' दर्नाल दाइको मुक्त, निश्छल हाँसो । म खुब प्रभावित भएँ । सोचें, महापुरूष भूपी क्रिजमा उत्तिकै सजग हुनुहुन्छ । उहाँ पक्कै पनि घुम्ने मेचमाथि अन्धो मान्छे हुनु हुन्न ।

'भाइ, काठमाडौंमा कहिले आउनुभयो ?'

'एक वर्षजति भयो, दाजु । म कीर्तिपुरमा पढ्दै छु ।'

'कुन विषय लिएर अध्ययन गर्दै हुनुहुन्छ भाइ ?' उहाँको जिज्ञासा ।

'अङ्ग्रेजी ।'

'राम्रो विषय रोज्नुभयो,' उहाँले भन्नुभयो र टाउको हल्लाउँदै अङ्ग्रेजी साहित्य र त्यसको अध्ययनबाट हुने फाइदाबारे, विशेष गरी नवोदित साहित्यकारहरुका लागि छोटो मन्तव्य प्रकट गर्नुभयो । मैले भनिनँ- म अङ्ग्रेजी साहित्यको विद्यार्थी भए पनि इतिहासको कक्षामा जाने गर्छु, इतिहास पढ्ने गर्छु ।

'दाजु, यो मेरो कवितासङ्ग्रह यहाँलाई...' केही समयको वार्तालापपछि मैले भर्खरै प्रकाशित कवितासङ्ग्रह 'बोक्सीको आहृवान र घोषणापत्र' दिँदै भनें । मलाई सङ्कोच लागे पनि उहाँले साह्रै प्रेमपूर्वक दुवै हात बढाएर पुस्तक स्वीकार गर्नुभयो...

...बिस्तारै भूपी दाइसित भmयाम्मिन थालें । उहाँसित कवितासम्बन्धी लामालामा बहसहरु गर्न थालें । त्यस बेला मलाई लाग्थ्यो, नेपाली कवितामा उहाँको 'ब्याटिङ स्टाइल' अनुपम र आदरणीय छ । विशेषतः फिल्डिङको प्रकृति र पिचको स्थितिअनुरुप कलात्मक सुबोधता, हृदयग्राही सारल्यका प्राविधिक खेलमा अद्वितीय पाराले प्रभावशाली हुनुहुन्छ र मेरा छिमलका कविहरुका लागि सर्वाधिक पूजनीय पनि । तर उहाँका कविता मलाई केही 'हलुका' लाग्थे, त्यसैले म उहाँद्वारा प्रभावित भने थिइनँ । त्यसताका म मोहन कोइराला मान्थें, वैरागी काइँला मान्थें, ईश्वरवल्लभ मान्थें ।

मेरो दृष्टिमा कविता खुब 'गरूङ्गो' हुनुपथ्र्याे ! हामीले छलफल खुब गर्‍यौं । भूपी दाइको धारणा प्रस्ट थियो- कविता जनोपयोगी हुनुपर्छ, जनताले बुभmने, ग्रहण गर्न सक्ने खालको । 'कविले जनतालाई झुक्याउनु हुन्न,' उहाँ भन्नुहुन्थ्यो तार्किक जोड दिएर । सहमतिमा हार्दिक हस्ताक्षर प्रायशः विजय मल्ल दाइ गर्नुहुन्थ्यो र कवितात्मक अस्पष्टता, दुर्बाेधता, गज्याङगुजुङ, अमूर्तता, बौद्धिक विलासजस्ता कुरालाई दुवै दाजुहरु भयङ्कर पाराले हान्नुहुन्थ्यो । म उहाँहरुसित सहमत हुन विवश हुन्थें र थप्थें, 'आफैंले नबुभmने कुरा कविता हुन सक्तैन, यो म मान्छु तर सरल र बुझिने भन्दैमा ठूलो वर्णमालाहरु कविता हुन सक्तैनन् । सरलतावादी धेरै कविहरुले कविता होइन, ठूलो वर्णमाला जन्माइरहेछन् ।'

भूपी दाइ मेरो कुरा खानुहुन्थ्यो । 

विक्रमाब्द २०४१, कविता महोत्सव । कविताको शीर्षक 'नेपाली जनता' । २०३५ सालमा मैले पहिलोपटक कविता महोत्सवमा भाग लिँदा भूपी दाइ एकेडेमीमा हुनु हुन्नथ्यो । मैले पनि आपmनो कविता वाचन गरें । कार्यक्रम तीन बजेतिर समाप्त भयो । कार्यक्रम समाप्तिपछि हामी पनि जलपान कक्षतिर लाग्यौं । भूपी दाइ त्यहीँ हुनुहुँदो रहेछ । हामी खुसी भयौं । 

त्यस बेला म बिहानको खाना खान्नथें । भोकै क्याम्पस जान्थें, बीचबीचमा चिया पिउँथें । भोकै बस्नुको मेरो एक हार्दिक गणित थियो, जसलाई म माया गर्थें । परिणामस्वरुप तीन-चार बजेतिर म खुब भोकाउँथे ! दुई कप चिया एकैपल्ट पिउँजस्तो हुन्थ्यो । हार्दिक गणितबमोजिम मैले चियाको गिलास मात्र समातें, अन्य खानेकुराहरुतिर बलिदानी आँखा चिप्ल्याएर, अलोलुप आत्मनियन्त्रणको उद्घोष गरेझैँ ।

भूपी दाइले भन्नुभयो, 'सरूभक्त भाइ, मिठाइहरु पनि लिउँ न ।'

'म खान्न, दाजु ।'

'किन ? खानुहोस् न ।'

'होइन दाजु, म चिया मात्र पिउँछु,' मैले कुुनै स्पष्टीकरण दिइनँ । मेरा कवितात्मक अवधारणाहरुझैँ खानेकुरा पनि गरूङ्गा थिए तर अचानक कुराको सन्दर्भ क्रिकेटमय भयो ।

'सरू भाइ, तपाईंंले साह्रै राम्रो कविता सुनाउनुभयो, म हार्दिक बधाई दिन्छु ।'

मलाई लाग्यो, उहाँ औपचारिकतावश मेरो सामान्य अकुशल ब्याटिङको प्रशंसा गर्दै हुनुहुन्छ । यो आलोचनात्मक विशेषज्ञता होइन, महानता हो ।

'भाइको वाचनशैली पनि अत्यन्त प्रभावशाली लाग्यो ।' अचानक भूपी महान्ले मलाई क्रिजमा उभ्याएर बलिङ गर्ने सुर कस्नुभयो । म लाचार, ब्याट समातेर उभिएँ ।

'हाम्रो जमानामा वैरागी काइँलाको कविता वाचनशैली अत्यन्त प्रभावशाली थियो- मैले भाइमा वैरागी काइँला देखें,' भूपी दाइले जानीजानी, सायद नयाँ कविलाई उत्साहित गर्ने अभिप्रायले 'बल थ्रो' गर्नुभयो, जुन मेरा लागि 'फास्ट स्पिन' भइदियो । मैले आँखा चिम्लेर ब्याट हावामा घुमाएँ र 'क्लिन बोल्ड' भएँ !

त्यसताका मेरा दुइटा डेरा थिए- काठमाडौं र कीर्तिपुरमा । विद्यार्थी हुन मन लागे कीर्तिपुर बस्थें साथी विक्रम गुरूङसित । लेखक बन्न मन लागे काठमाडौं आउँथें । एकेडेमीमा खुब जान्थें र भूपी दाइद्वारा पटकपटक 'क्लिन बोल्ड' हुन्थें, नभए विजय मल्लद्वारा 'रन आउट' । पोखरेली युवा सांस्कृतिक परिवार -पोयुसांप) को तर्फबाट एक दिन एउटा पत्र आयो । पत्रमा भूपी शेरचनलाई प्रमुख अतिथि बनाई मुक्तक कार्यक्रम २०४३ मा पठाउने अभिभारा मलाई सुम्पिएको थियो । म हौसिँदै आपmनो कर्तव्य पूरा गर्न एकेडेमी गएँ ।

सायद तेस्रोपल्ट मैले उहाँलाई कोठामा भेटें । 'दाजु, आज म एक विशेष निवेदन गर्न आएको, पोयुसांपको प्रतिनिधि भएर,' मैले भनें । 'के कुरा होला त्यस्तो,' उहाँले मुसुक्क हाँस्दै पाइपमा आगो झोस्नुभयो । मैले पोयुसांपले गर्दै आएको टिकटमा मुक्तक सुनाउने कार्यक्रमको प्रमुख अतिथी बन्ने निम्तो दिएँ । उहाँले आफू सहभागि हुने वचन दिनुभयो । र, पोखराबारे संस्मरणहरु सुनाउन थाल्नुभयो, पाइप पिउने क्रियामा मस्त हुँदै । 

कुन्नि किन, पाइप घरीघरी निभिरहन्थ्यो र उहाँ कुराको सिलसिला नबिगारीकन पाइप सल्काउनुहुन्थ्यो । पाइप पिउँदै गर्दा उहाँको व्यक्तित्व मलाई प्रभावशाली लाग्थ्यो । त्यस दिन साँझपख म कीर्तिपुर र्फकें आफूलाईर् विद्यार्थी पार्न । एक हप्तापछि काठमाडौं र्फकें र रत्नपार्क बस स्टपबाट सरासर एकेडेमीतिर सोझिएँ । 

पहिला भूपी दाइलाई नै भेटें ।

'कस्तो रहृयो मुक्तक कार्यक्रम, दाजु ?'

'सरू भाइ, म अत्यन्त क्षमाप्रार्थी छु, म पोखरा जान पाइनँ । प्लेन छुटयो ।'

'ला, बरबाद !' मनमनै कराएँ ।

'चार बजेको पmलाइट सम्झेर म एअरपोर्ट पुगें तर जहाज त बिहानै उडेछ ।'

'एऽऽ !'

मैले पोखरा सम्झेँ, त्यहाँ कस्तो दुर्दशा भयो होला ? पो.उ.वा. सङ्घको हलरुपी स्टेडियम भरियो होला, भूपी महान्को खेल हेर्न, तर... ! पक्कै पनि भुइँचालो गयो होला । पक्कै पनि ज्वालामुखी पड्क्यो होला । पक्कै पनि चक्रवात उठयो होला । पक्कै पनि आँधी, तुफान चल्यो होला । खेलमा यस्तै अपि्रय दुर्घटना हुन्छन् । भूपिको महान् उपस्थितिले फैलनुपर्ने सनसनी भूपीको महान् अनुपस्थितिले फैलिन पुगेछ !

...................

अर्कोपल्टको एउटा प्रसंग सम्भिmन्छु । अपराहृन पृथ्वीनारायण क्याम्पसमा स्वागत कार्यक्रम थियो । कार्यक्रमले कविगोष्ठीको रुप लियो । दीपक सोतीको पालो आयो । उहाँ मञ्चमा जानुभयो, माइक्रोफोनअगाडि उभिनुभयो र कुन्नि किन भूपीको कटु आलोचना गर्न थाल्नुभयो । केही व्यक्तिले थपडी पनि बजाए । मञ्चमा कविवर सिद्धिचरण श्रेष्ठ र माधव घिमिरेका साथ आसनग्रहण गरी बस्नुभएका भूपी आक्रमणकर्ता सोतीतिर र्फकेर साश्चर्य 'प्रहार' सुन्न थाल्नुभयो । मैले उहाँको निधार खुम्चिएको देखें, शरीर एक विशेष कोणमा ढल्किएको देखें तर आक्रोश वा उदासीपन देखिनँ ।

कार्यक्रम अघि बढयो । जब भूपी दाइको पालो आयो, सबैका कान ठाडा भए । उहाँ आसनबाट उठ्नुभयो, माइक्रोफोनअगाडि एकछिन मौन उभिनुभयो, अनि मुसुक्क हाँस्दै कुरा थाल्नुभयो- 'अगि कवि भाइ दीपक सोतीले... ए... सोतीजी त गई सक्नुभएछ... भइहाल्यो... ।' म अत्यन्त प्रभावित भएँ ।

पोखराबाट र्फकेको केही दिनपछि नै उहाँ ओछयान पर्नुभयो । म एकेडेमी गइरहें तर महिनौंसम्म उहाँलाई भेट्न सकिनँ ।

...............

कविताको क्रिकेट चलिरहृयो- निरन्तर । अविराम । अविच्छिन्न । क्रिकेटमा नयाँनयाँ 'वान्डर ब्वाइहरु' आइरहे तर गद्यकविताको डन ब्य्राडम्यान को हुन सक्छ, सिवाय भूपी शेरचन ?

अवश्य, जर्ज बर्नाड शाले भनेझैँ क्रिकेट मूर्खहरुको खेल हुन सक्छ, जुन ब्य्राडम्यान महान्ले थोरै खेले तर झन्डैझन्डै शतप्रतिशत राम्रो खेले । भूपी दाइले पनि थोरै खेल्नुभयो र झन्डैझन्डै शतप्रतिशत राम्रो खेल्नुभयो । मेरो अन्तरात्माले भन्छ- उहाँले मूर्खहरुको खेल खेल्नुभएको होइन । 

यद्यपि,

यो हल्लैहल्लाको देश हो
यो चल्लैचल्लाको देश हो
यो गल्लैगल्लाको देश हो
यो सल्लैसल्लाको देश हो
यो डल्लैडल्लाको देश हो
यो झल्लैझल्लाको देश हो... ।

(साभार कान्तिपुर दैनिक)

Comments