Loading

भ्रम/ राप्रउ पोखरेल

ऊ चार-पाँच वर्षपछि जनकपुर जाँदै थियो। बसको यात्राभर अनेक राम्रा-नराम्रा कुराहरू उसको मनमा खेलिरहे। सँगै रहेकी उसकी स्वास्नी पनि अशान्त र चिन्तित थिई। मधेस आन्दोलनपछि तराईको जनजीवन आतंकित छ, कसैको जीउधनको सुरक्षा छैन। यस्तै कुरा ऊ बेलाबेलामा सम्झीन पुग्थ्यो।

बसले बर्दीबास र ढल्केबर पनि छिचोल्यो। उसको छटपटी बढ्दै गइरहेको थियो। त्यो जनकपुर भन्ने ठाउँ कहिल्यै नआइपुगोस्जस्तो उसलाई भइरहेको थियो। तर, बस केहीबेरमै जनकपुरको पिडारी चोकमा पुगेर अडिन्छ। ऊ झल्याँस्स हुन्छ। घाम अस्ताइसकेको थियो तर सुनेको जस्तो शीतलहरको चिसो रहेनछ।

रक्िसावालहरू लहरैजसो रक्िसाका साथ उभिएका छन्। बसका यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउन प्रतीक्षारत भावमा देखिन्छन्। उनीहरूलाई भानुचोक जानु छ। उनीहरूलाई रक्िसावालले कस्तो व्यवहार गर्ने हो ! भाडामा त जथाभावी गर्ला नै। उसले हामीलाई पहाडी देखेर कति हेप्ने हो, यस्तै चिन्ताले ऊ गम्भीर बनेको छ। ऊ एउटा गह्राँै ब्याग हातमा लिएर बसबाट र्झछ। उसैको पछिपछि स्वास्नी पनि तल ओर्लिन्छे।

अचेल जनकपुरलाई मधेसी नेताहरू मिथिलाको राजधानी भन्ने गर्छन्। हिन्दीप्रति उनीहरूको आग्रह पनि निकै छ। जनकपुरमा यतिखेर सबैले हिन्दीमै बोलचाल गर्दा होलान्, यस्तो अड्कल लगाउँछ ऊ। त्यसो त मैथिलीमा पनि उसलाई संवाद गर्न गाह्रो छैन।

"हम दुनु-जने भानुचौक जायब," एउटा रक्िसावाललाई सोध्छ, "कतेक भाडा लेवह?"

"४० रुपियाँ," उसले भाडाको रकम बताउँछ।

"४० रुप्या," रुपियाँ उच्चारण गर्दा 'या'मा जोड दिन्छ अर्थात् उसलाई भाडा धेरै भन्यो जस्तो लाग्छ, "बेसी नैभेलई, कुछेक कम कर।"

"हुँदैन, भानुचौकको रेट ४० नै हो।" रक्िसावालाले त्यो स्पष्ट पार्छ। उसले यसपटक नेपालीमै उत्तर दिएको थियो। उनीहरू सबैजसो मैथिलीभाषी नै थिए, छेउछाउकै गाउँका हुँदा हुन्। भाडा कम गर्न उनीहरू तयार भएनन्। तर, त्यति मोलतोल गर्दा पनि अशिष्ट व्यवहार कसैले गरेन। त्यसले गर्दा उसको मन केही हलुँगो भयो।

वर्षौंदेखि कुनै मर्मतसम्भार नदेखेको अत्यन्त जीर्ण सडक छिचोल्दै उनीहरू भानुचौक पुग्छन्। यस्तो जीर्ण सडकमा रक्िसा तान्नु ज्यादै कष्टकर थियो। त्यो देखेर रक्िसाको भाडा उसलाई अब उचित नै लाग्यो। सोझै लजको काउन्टरतिर लम्क्यो। स्वास्नी पनि सँगै आई। ऊ काउन्टरमा म्यानेजरछेउ पुग्यो। "हम दुनु पतिपत्नीके वास्ते एकटा कोठा चाही," उसले आफ्नो आवश्यकता बतायो।

"तपाइर्ंहरूलाई हुने रुम त आज खाली छैन," म्यानेजरले व्यावसायिक शिष्टता देखाउँदै अपसोच प्रकट गर्‍यो र सोध्यो, "के गरुँ?" उसले मैथिलीमै फेर िअनुरोधको शैलीमा भन्यो, "म जनकपुर आउँदा सधैँजसो यहीँ बस्ने गरेको छु, आज पनि मिलाइदिनूस् न !"

"त्यसो हो भने ठीक छ, आज जसोतसो एउटा कोठा बन्दोबस्त गरििदन्छु," म्यानेजरले यसपटक पनि नेपालीमै भन्यो, "भोलि पनि बस्नुहुन्छ भने तपाइर्ंहरूलाई मिल्ने कोठा खाली हुन्छ, त्यसैमा मिलाइदिउँला।" ऊ साह्रै खुसी भयो, धन्यवाद पनि भन्यो।

राती ऊ धेरैबेरसम्म निदाउन सकेको हुँदैन। त्यो लजवाला झा बाहुन जनकपुरकै रैथाने हुँ भन्थ्यो। उसको मनमा अनेक कुरा खेल्न थाल्यो, "त्यसले मलाई आफ्नो विश्वासमा पारेर लटपटाउने जस्तो छ। राती नै कुनै अपराधी समूहसँग साँठगाँठ गरेर भोलि मसित रकमको माग... यति लाख, नत्र जे पनि हुन्छ।" यस्तो कल्पनामा ऊ घरघिर िपुग्थ्यो। जीउ बेलाबेलामा सिरंिग हुन्छ उसको। "मागेजति रकम नदिँदा अपहरण अनि ज्यान जाने...।" उसले त्यसभन्दा बढी सोच्नै सकेन। जाडो थियो तर पनि उसलाई चिटचिट पसिना आउँछ। स्वास्नीलाई भने आफ्नो अवस्थाको सुइँको लाग्न दिँदैन। स्वास्नी त झन् ऊभन्दा बढी डराउँछे, आत्तिन्छे नै।

बिहानै ऊ निद्राबाट बिउँझिन्छ। हिजोको दुश्चिन्ता घटिसकेको थियो। अहिले उसलाई केही हलुँगो लागिरहेको छ। घडी हेर्छ, ७ बजेछ। लुगा फेरेर बाहिर निस्िकने सुरसार गर्छ। "म बाहिर घुम्न जाँदैछु, तिमी पनि जाने भए हिँड," स्वास्नीलाई भन्छ।

"यति बिहानै कहाँ जाने? बाहिर निस्िकनु खतरा छ भन्ने कुरा किन बिर्सेको?" उसलाई बाहिर नजान अभिभावकीय शैलीमा भन्छे। आफू नजाने भन्न पनि बिर्सिन्न। स्वास्नीको कुरा नसुनेझैँं ऊ एक्लै बाहिर निस्िकन्छ र रेलवे स्टेसनतिर लाग्छ।

बाहिर कुहिरो बाक्लै छ तर शीतलहरजस्तो केही छैन। उसले ऊनीको हातबुना नेपाली टोपी ल्याएको थियो तर लगाएन। पहाडिया हुँ भनेर आफूलाई विज्ञापित गरेजस्तो होला भन्ने सोच्यो। त्यसैले त्यो चिसोमा पनि मुडुलो टाउको देखाउँदै स्टेसन पुग्छ। जयनगरका लागि रेल गइसकेको रहेछ। त्यहाँको चहलपहल निखि्रसकेको थियो। पत्रिका पसलमा एक-दुई जना उभीउभीकन अखबार पढ्दै थिए। उसलाई त्यो नौलो कुरा लागेन। काठमाडौँमै पनि कैयौँ 'सुकिलाहरू'ले नकिनेरै दिनहुँजसो पत्रिका पढेको देखेको थियो। राजधानीका ठूला अखबारहरू पनि त्यहाँ राखिएका थिए। ऊ पनि त्यहाँ पुग्छ।

"जनकपुरसँ प्रकाशित हिन्दी अखबार कोनो होइत त देखावकै कृपाकरु," पसलेलाई शिष्टतापूर्वक उसले भन्यो। "जनकपुरसँ कोनो हिन्दी अखबार प्रकाशित नै होइतछै," पसलेको उत्तर थियो, "मुदा इन्डियन अखबार हिन्दी मे मिलत, अपनेके चाहि त हम देखायव," यसपटक उसले जनकपुरबाट प्रकाशित हुने हिन्दीको लोकमतको कुरा झिक्यो।

"ठीक कहलिय, परन्तु लोकमतकै प्रकाशन आइकाल्हि नियमित नैछैक।" खासमा उसले मैथिली शब्दकोश र नेपाली लेखकको मैथिली उपन्यास किन्न खोजेको थियो। "तर, मैथिली शब्दकोश जनकपुरभर िपाइँदैन," पसलेले यकिनसाथ भन्यो। मैथिली उपन्यास भारतीय लेखकहरूका रहेछन्। त्यो देखेर उसलाई अनौठो र केही विस्मात् पनि हुन्छ।

साँझ स्वास्नीका साथ श्रीजानकीको दर्शन गरेर फर्किंदा शिवचोकमा एकछिन रोकिन्छ। त्यहाँ पाँच-सात वर्षअघि सिन्धुलीका एक दम्पतीले पत्रिका पसल चलाउँथे। त्यतातिर उसले दृष्टि फिराउँछ। पसल अहिले पनि उही दम्पतीले चलाउँदै रहेछन्। यतिखेर साहुनी एक्लै थिई। जनकपुरबाट निस्िकने मैथिली अखबारका बारेमा उसले केही कुरा बुझ्न खोज्यो।

"जनकपुरबाट मैथिलीका कतिवटा अखबार नियमित प्रकाशित छन्?" ऊ जिज्ञासु भएर साहुनीलाई सोध्छ, "अनि, सालाखाला बिक्री कति हुन्छ?"

"दैनिक र साप्ताहिक गरी तीनवटा खबरपत्रिका नियमितजसो आउँछन्," उसले बताई, "पाँचदेखि २५ प्रतिसम्म बिक्छन्।" "नेपाली पत्रिका कतिवटा निस्िकन्छन् नि?" प्रश्न थप्छ।

"दैनिक र साप्ताहिक गरी २५-२६ वटा। त्यसमा दुई-तीनवटा दैनिक त १ सय ५० प्रतिसम्म बिक्रीमा जान्छन्," झीजो नमानेर उसले बताई। मैथिली वाङ्मयको प्रकाशनको दयनीय स्थिति देखेर ऊ खिन्न हुन्छ। भाषाको संरक्षण र विकास त त्यस समाजकै पहिलो दायित्व हो, आफैँसित मनमनै कुरा गर्दै ऊ लजतिर आउँछ।

आज पनि ऊ बिहानै उठ्छ। एक खास व्यक्तिलाई उसले भेट्नु छ। ऊ स्वास्नीलाई छोटकरीमा आवश्यक कुरा बताएर हतारहतार बाहिर निस्िकन्छ। फर्किंदा अलि ढिलै हुन्छ। घडी हेर्छ, १० बजिसकेछ। स्वास्नी कौसीबाट चोकको चहलपहल हेर्दै थिई। "होइन, तिमी अहिलेसम्म यहीँ थियौ, बाहिर कतै गइनौ?" ऊ छक्क पर्दै स्वास्नीलाई सोध्छ, "एक्लै कतै जान मन लागेन, नुहाईवरी भानु नभएको भानुस्तम्भ हेर्दै पर्खेर बसिरहेकी !"

"ए, हो त नि ! मधेस आन्दोलनका नाममा नेपालीका जातीय कवि भानुभक्तको सालिक भत्काएका थिए," ऊ अलिक भावुक बन्दै त्यसमा थप्छ, "निकै अघि बंगालको मुसलमान शासकले काठमाडौँको पशुपति मन्दिर र त्यहाँका मूर्ति, सिमरौन गढ र त्यसवरपिरकिा मन्दिर र मूर्तिहरू भञ्जन गरेको थियो।" स्वास्नीलाई ऊ आफ्नो इतिहासको ज्ञान प्रदर्शन गरेर भित्रभित्रै गर्व गर्छ।

त्यस दिनभरजिसो गुठी, मालपोत र नापी कार्यालय उसले ओहरदोहोर गर्‍यो। त्यसबीचमा उसले चार-पाँच जनालाई नेपाली ढाका टोपी लगाएर हिँडिरहेको दृश्य पनि देख्यो। त्यहाँका सरकारी कार्यालयहरूको कामकाज नेपालीमा गर्ने त छँदै थियो। तर, सहरबजारमा त केवल मैथिली र थोरै नेपाली बोलचाल गर्दारहेछन्। त्यो कुरा उसले प्रत्यक्ष बुझ्यो। उसलाई 'सयपटक सुन्नुभन्दा एकपटक हेर्नु राम्रो' भन्ने आहानको सम्झना हुन्छ। हिन्दी त कसैकसैले कुराकानीको प्रसंगमा टुक्का वा आहान भनेको मात्र सुन्न पायो। "गाउँघरमा मैथिलीबाहेक अरू के नै बोल्दा होलान् !" उसले अड्कल गर्‍यो। तर, उसको कल्पनाभन्दा ठ्याम्मै विपरीत थियो। उसले आफँैलाई प्रश्न गर्‍यो, "ती मधेसी नेताहरूले हिन्दीको माग किन गरेका होलान् ! तिनीहरू हिन्दीमा भन्दा नेपालीमै राम्रो गरी बोलेको कतिपटक देखेको छु।" घरीघरी उसको मनमा यो प्रश्न उठिरह्यो।

एक अपराह्न तिरहुतिया गाछीको चौरमा आमसभा हुँदै गरेको देख्यो। घाम रापिलो थिएन। कुनै मधेसी दलले आयोजन गरेको रहेछ। मञ्चमा नेताजी खुबै मच्चिएर भाषण गर्दै थिए। एक-डेढ सयजति श्रोता थिए, जो भाषणको बीचबीचमा जोडले ताली बजाउँथे। तिनीहरू धेरैजसो कार्यकर्ता नै हुनुपर्छ। नेताजी हिन्दीमा बोलिरहेका थिए, जसको नेपाली रूपान्तर यस्तो हुन्थ्यो, "आत्मनिर्णयको अधिकारसहितको मधेस प्रदेश हुनुपर्छ..., मधेसको मुद्दा सम्बोधन भएन भने यहाँ जे पनि हुनसक्छ..., ... जय मधेस आदि।"

चार वर्षअघि नवनागरकि राजेन्द्र सुडीको पहाडी मूलका तराईबासीलाई मधेसीको अधीनमा बस्नुपर्छ, नत्र त्यहाँबाट लखेटेर भगाइनेछ भन्ने चेतावनी उसले यतिबेला फेर िसम्झ्यो। पुस्तौँपुस्ता बसोबास गर्दै आएको एउटा ठूलो समुदायलाई मधेसीको अधीनमा बस्नुपर्ने मोडेलको लोकतन्त्र उनको मानसचित्रमा थियो। अहिले भाषण गर्ने नेतालाई एक-दुईपटक उसले काठमाडौँमा भेटेको थियो। उसको एक साथीले आफ्नै घरमा ती नेतासित परचिय गराएको थियो। नेता घरमा पत्नीसित मैथिलीमा कुरा गर्थे। उनका दुई सन्तान काठमाडौँकै कुनै बोर्डिङ् स्कुलमा पढ्दा रहेछन्। तिनीहरूसित भने नेपालीमै कुरा गर्ने गरेको उसले देखेको थियो। नेतासित हाम्रो वार्तालाप नेपालीमा हुने गथ्र्यो।

कुराकानीका सिलसिलामा एकदिन उनले भने, "हेर्नूस् के कुरा गर्नु, जनकपुरतिर बस्ने वातावरण नै छैन, अपराधीहरूको जगजगी छ," नेताजी स्पष्टीकरणको शैलीमा भन्दै थिए, "केटाकेटीको पढाइका खातिर यहाँ डेरा लिएर बसेको छु। अंग्रेजी र नेपाली राम्रो गरी जानेनन् भने आरक्षणले मात्रै केही हुनेवाला छैन, म यो दाबाका साथ भन्छु। आफू राजनीति गर्छु, जनकपुर र काठमाडौँ ओहोरदोहोर गररिहन्छु ...।"

त्यतिखेर उनका एकएक कुरा ऊ सम्झीँदै छ। अहिले भाषण गर्ने मधेसी नेता के तिनै हुन् त, जुन उसले काठमाडौँमा चिनेको थियो। उसलाई विश्वास गर्न गाह्रो भयो।

एक जना अधबँैसे उमेरका मधेसी सभाका भीडभन्दा अलग्गै उभिएर नेताको भाषण ध्यान दिएर सुनिरहेका थिए। ती अलि शिक्षितजस्ता पनि देखिन्थे। उनीनजिक पुगेर 'नेताजीको भाषण कस्तो लाग्यो?' भनेर विनम्रताका साथ सोध्यो। तिनले उसलाई पहाडी बुझेर हो वा कुन कुराले हो, नेपालीमै केही आक्रोश र व्यंग्य गर्दै भने, "देश त के, नेताजीलाई मधेसको पनि मतलब छैन। यिनीहरू पुलपुलिएका पनि छन्। यिनीहरूलाई आफ्नो मात्र फिक्री छ। हिन्दीमा बोल्ने कसम खाएका छन् तर यहाँ हिन्दी चल्नेवाला छैन।" ती मानिसले हिन्दीको नाम लिँदा लाक्षणिक अर्थसमेत लगाउन सकिन्थ्यो।

आमसभा सकिइसकेको थियो। ऊ लजतिर फर्कियो। ऊ बाटोभर िचिन्ता लिँदै सोच्छ, चार वर्ण छत्तीस जातसम्मिलित वर्षौंको बसोबास र सांस्कृतिक साहचर्य थियो। त्यो मौलिक चरत्रि अब नरहने भयो त ! जातीय पहिचानका नाममा के कोही नेपाली हुने छैन, मधेसी, थारू, लिम्बू, तामाङ, मगर मात्र हुनेछन्?

उसको टाउको रन्थनिन्छ। सत्य के हो? खुट्याउन ऊ असमर्थ हुन्छ।

[Source: Nepal Weekly]

Segments: 

Comments