दुर्गालालश्रेष्ठलाई भानु सूर्योदय स्रष्टा सम्मान

काठमाडौँ, ४ साउन । कवि तथा गीतकार दुर्गालाल श्रेष्ठलाई यस वर्षको भानु सूर्योदय स्रष्टा सम्मान प्रदान गरिएको छ ।

डिल्लीबजारस्थित सूर्योदय आवासीय माविको रजत महोत्वसको समापनका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँला र शिक्षासचिव शङ्करप्रसाद पाण्डेले संयुक्तरुपमा श्रेष्ठलाई सम्मानित गर्नुभयो ।

नेपाली र नेपाल भाषाका माध्यमबाट भाषा साहित्यको श्रीवृद्धि तथा राष्टियताको भावना जागृत गर्ने किसिमका रचना सिर्जना गरी महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सो सम्मान प्रदान गरिएको हो । सम्मानको राशि नगद रु। १५ हजार रहेको छ ।

सोही अवसरमा स्थलगत कविता प्रतियोगिताका विजयी विद्यार्थी सो विद्यालयबाट २०६७ सालको एसएलसी परीक्षामा उत्तीर्ण विद्यार्थी तथा अभिभावकलाई पनि सम्मानित गरियो ।

त्यसैगरी विद्यालयका कक्षा १० का विपिनिसंह कठायतको मान्छेभित्रको मान्छे शीर्षकको कविता सङ्ग्रहको विमोचन गरियो ।

कार्यक्रममा कुलपति काइँलाले राष्टियता पेचिलो विषय भइरहेको सन्दर्भमा दुर्गालालका रचना उपयोगी भएको भन्दै मुलुकमा चिरस्थायी शान्तिका लागि सबै पक्षबाट पहल हुनुपर्ने बताउनुभयो ।

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले राष्टियता र जातीय एकताका लागि दुर्गालालका रचना प्रेरक भएको बताउँदै राजनीतिक नेताहरुमा देशलाई एकताबद्ध बनाउने सोच विकास हुनुपर्ने जनाउनुभयो ।

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom