Loading

बाटो / राजव

कसैले उसलाई सोध्यो :

“कहाँ हिँडेको ?”

“अगाडि ।”

“अगाडि ?”

“हो ।”

“यो बाटो हिँडेर तपाईं अगाडि कसरी पुग्नु हुन्छ ?”

“किन ?”

“यो उत्तरआधुनिक बाटो हो ।”

“मतलव ?”

“मतलव, कहीँ पुग्नु छ भने तपाईं यस बाटोबाट कहीँ पुग्नुहुत्र ।”

“किन यो बाटो हैन ?”

“हो पनि, हैन पनि ।”

“किन ?”

“किनभने यसको प्रकृति हो पनि हैन पनि हो । त्यसकारण यो उत्तरआधुनिक बाटो हो ।

यसको न सुरु छ, न मध्य छ, न अन्त्य छ । जो छँदै छैन त्यो बाटोमा तपाइँ हुनुहुन्छ ।”

“हो र ?”

“हो, वास्तवमा तपाईंलाई म हिँडिरहेछु भत्रे लागेको होला, यो बाटोमा यस्तो लाग्छ

पनि, यसरी लाग्नेमात्र हो, तर तपाईं कहीँ पुग्नुहुत्र, विभ्रममा पुग्नुहुन्छ, तपाईंलाई गतिको

महसुस हुन्छ, प्रगतिको हैन । प्रगति नभएपछि तपाईं गतिमा पुग्नुहुत्र, गति नभएपछि तपाईं

अगाडि बढ्न सक्नुहुत्र, टुँगोमा पुग्नुहुत्र ।”

“एः हो र ?”

“हो ।”

“अव के गरौँ त म ?”

जवाफको लागि त्यो मानिस ऊ अगाडि थिएन । ऊ कता गयो— उसलाई थाहा भएन ।

यथार्थतः त्यो मान्छे ऊ आँफैँ थियो— जो हिँड्नुको भ्रममा थियो ।

Author: 
Segments: 

Comments