Loading

विजयाश्रीको 'वरदानका अनुभूति'

कवयित्री विजयाश्रीको कवितासङ्ग्रह 'वरदानका अनुभूति'को काठमाडौंमा असार ३२ गते नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काईंलाद्वारा लोकार्पण गरियो । कार्यक्रममा डा.वसन्त पन्तद्वारा सञ्चालित अन्नपूर्ण न्युरो अस्पतालका सम्बन्धमा विजयाश्रीले लेखेको कवितामाथिको श्रव्यदृष्य पनि प्रस्तुत गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालयको वनस्पति विज्ञानमा प्राध्यापन गर्ने् कवयित्री डा.विजया पन्तको आहृवानमा गमलाको फूलमा पानी हालेर 'प्रकृतिको रक्षा गरौं' भन्ने भाव अभिव्यक्त गदै समारोहको आरम्भ गरिएको थियो ।

सो समारोहमा बालकलाकार सुश्री निहारिकाको कथ्थक नृत्य समेत प्रस्तुत भएको थियो ।

उक्त अवसरमा अन्नपूर्ण न्यूरो अस्पतालका अध्यक्ष डा.वसन्त पन्तले सो अस्पतालमा साहित्य, कला, संस्कृति, खेलकुद् आदि क्षेत्रका प्रतिभालाई स्वास्थ्योपचारका लागि निशुल्क एउटा शैया प्रदान गर्ने घोषणा गर्नु भयो ।

नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीको सभापतित्वमा सञ्चालित सो समारोहमा प्रा.डा.उषा ठाकुर, नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाई, डा. सरोज धिताल, गीताकेशरी आदिले बोल्नु भएको थियो ।

Segments: 

Comments