Loading

वाम्बुले भाषाका तीन कृति

ललितपुर, श्रावण २९ - किरात वाम्बुले (ओम्बुले) राई जाति र भाषाका तीन पुस्तक सार्वजनिक भएको छ । समाज मनाइने परम्परागत चाड 'ढ्वाङ्कुम'को अवसरमा सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएका पुस्तकमा गणेश राईको वाम्बिर (सुनाखरी) कविता संग्रह, मिलनकान्छा राईको 'पिताङ्केङ वार्सी' (आँसुको वर्षा) कथासंग्रह र अविनाथ राईको 'किरात वाम्बुले राई जाति र द्वार्‍वाङ्चा वंशावली' रहेका छन् ।

राष्ट्रियगानका रचनाकार व्याकुल माइला, समाजका जेष्ठ सदस्य कुलबहादुर राई, वाम्बुले राई समाजका कार्यवाहक अध्यक्ष तथा पत्रकार गजुरधन राई, मुन्धुमीद्वय जमानसिंह राई र भीमबहादुर राईले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

त्यस अवसरमा गत वर्षको एसएलसी उत्कृष्ट अंक हासिल विद्यार्थीलाई कदरपत्र प्रदान गरिएको थियो । त्यसलगत्तै परम्परागत महिला र पुरुषको समूहले संगीना चाम्दो (नाचगान) प्रदर्शन गरेका थिए ।

ओखलढुंगा, खोटाङ, उदयपुर र सिन्धुली जिल्लामा जनैपूणिर्मादेखि प्रदर्शन गरिने यो नाच दसैपूणिर्मा सम्म गाउने र नाच्ने परम्परा छ ।
[Source: Kantipur daily]

Segments: 

Comments