Loading

अवशेष वस्ती/ किशोर पहाडी

पूरावस्ती चारैतिर अस्तव्यस्त भएर थुप्रिएको थियो । नीलो हाफ ज्याकेट लगाएका केही मान्छेहरू त्यो अवशेष वस्तीम छिरेका थिए । चारैतिर शून्यता थियो कोलाहल पूर्ण भूकम्पपछिको शून्यता ।

नीलो ज्इाकेट लगाएका मान्छेहरू त्यो भूकम्पले आक्रान्त वस्तीमा शान्त मुद्रामा थिए । वस्तीका अरूहरू आतङ्कित मुद्रामा उनीहरूलाई हेरिरहेका थिए ।

भेट भयो त्यो वस्तीमा एक सुन्दर बालिका । करिब १२ वर्षकी त्यो बालिका सबैभन्दा अलि पर गुँडुल्किएर बसिरहेकी थिई ।

नीलो ज्याकेट लगाएकाहरूमध्ये अगाडिको व्यक्तिको आँखा त्यो बालिकामा पर्‍यो ।

ऊ सरासर त्यो बालिकासम्म पुग्यो तर त्यो बालिकाले उसलाई हेर्दा पनि हेरिन ।

व्यक्तिले उसलाई सोध्यो -"नानी ! तिम्रो नाम के हो ?"

त्यो बालिकाले जवाफ दिइन् "तिमी किन यहाँ बसिरहेको ?" तर पनि त्यो बालिका बोलिन । "भन न नानी, तिमी किन बोल्दिनौ ?" तर पनि त्यो बालिका चूपचाप थिई ।

"तिमीलाई के चाहियो ? खानेकुरा ? पानी ? चकलेट ? .. के चाहियो भनन ।"

अब बालिकाले मुन्टो अलिकति उठाई । ट्वाल्ल त्यो व्यक्तिलाई हेरी । बालिकाको आँखा आँसुले लथपथ थियो ।

"भन न के चाहियो तिमीलाई ?"

बल्ल त्यो बालिका बोली -"मलाई ? अंकल, मलाई मेरी आमा चाहियो । उहाँ यहँा भुइँचालोले पुरिनुभएको छ ।"

॰[साभार: गोरखापत्र]

Segments: 

Comments