Loading

अविस्मरणीय धरा पोखरा/ डा. माधव जोशी 'लमजुङे'

झुल्केघामको पछ्यौरी ओढ्दै अन्नपूर्ण मुस्कुराउँछिन्,
फेवा, बेगनास र रुपाताल भित्र बसेर ढलपलाउँछिन्
बढ्दो छ स्वदेशी र बिदेशी पर्यटकहरूको रमझम ,
कौतुहलपूर्ण छ फेवा र बेगनासे डुंगा बिहारको क्रम ।। १ ।।

हिमाली बादलुको घुम्टो उघ्र्राईको पर्खाईमा ,
लालायित छन् पर्यटकहरू अन्नपूर्ण दृश्यावलोकनमा ,
भगिरथ् प्रयत्न गर्छन् पर्यटकहरू हिमाल चिहाउनमा,
माछापुच्छ्रेको पोखरामा, पोखराको नित्य-नव माछापुच्छ्र्ेमा ।। २ ।।

रमणीय छ ताल-बराह र बिन्ध्यवासिनीको पोखरा ,
हिमाली-पहाडी-तराईवासी र पर्यटकहरूको पोखरा,
जताहेर्यो उस्तै छ मुस्ताङे स्याउ छताछुल्ल पोखरा ,
कृषि आय–आर्जनशील सदा हराभरा पोखरा ।। ३।।

राजमार्गहरू पसारीएका छन् यातायात खुलाउन,
काठमाण्डू–सुनौली-बागलुङ गन्तब्यमा पुग्न ,
महेन्द्रगुफा–पाताले झस-माइक्रोबसहरू प्रातःभोर देखि सुसेलेर,
आकाश गर्जिन्छन यात्रुसेवा र हिमाली-उडानसेवा मिलेर,
बिद्यमान छन् पैदल पर्यटकका अनगिन्ति पहाडी–गन्तब्यहरू,
पोखरा सुधारको बाटोमा छन् पर्यटकीय सुविधाहरू ।। ५ ।।

चीलको तीखो स्वर सुनिन्छ बेगनास इलाकामा,
अरु चरीहरूको गीत गुन्जिन्छ अन्नपूर्ण–संरक्षण–क्षेत्रमा,
सुन्दरेडांडा जैविक विविधताको धनी छ ,
जता हेर्यो उतै राम्रो साराङकोटे–दृश्य पनि त ।। ६।।

शोभायमान छ फेवापारीको हराभरा रानीबन,
बर-पिपलका चौतारीहरू पुख्र्यौली-थाँती झन्,
पाताल भासिएकी सेतीमा महेन्द्रपुल छ,
फेवाडुल्ने डुँगा र मोटरबोटहरू प्रायस् हाउसफूल छ ।। ७ ।।

शिक्षातर्फ पोखरा विश्वविद्यालयको पनि शान छ ,
शिक्षा-वन-इन्जिनियरिङ र मेडीकल संस्थान छ ,
फेवा र सेतीको आफ्नै जल-बिद्युत आर्जन छ ,
औद्योगिक-क्षेत्रमा र विकासमा पनि परिमार्जन छ ।। ८ ।।

लेखनाथ- लखन थापा र अमरसिंह जस्ता सपूतका उत्प्रेरणाहरू ,
मनोरम धौलागिरि र अन्नपूर्ण श्रृंखलाका अबिरल-छटाहरू,
नव-धर्मराज र नव-झलकमानहरू पनि ब्यूँझिँदै छन्,
रसिला लोकलय र लोकभाकाहरू क्रमश:थपिँदैछन्, ।। ९ ।।

किन्तु, दूरदृष्टि छैन सरकारको स्वदेशी-रोजगारी-सिर्जनामा,
सामाजिक-विकृति-न्यूनीकरण र चौतर्फी-विकासमा,
जता हेर्यो उतै बतासिएको-संस्कार छताछुल्ल छ ,
नेपाल र नेपाली-भाव संरक्षणको अनौठो धरापमा छ ।। १० ।।

नभएकै राम्रो हुन्थ्यो स्थापित-ऐतिहासिक-धरोहर परिमार्जन,
सिर्जिएकै राम्रो हुन्थ्यो नव-ऐतिहासिक स्थलको नव-आर्जन,
सबै गौरवशाली-राष्ट्रिय-विभूतिहरूको खुलेर सम्मान गरौँ,
परन्तु, क्षुद्र–स्वार्थ र संकीर्ण-मनोबृत्तिको इतिश्री गरौँ,
इतिश्री गरोैंै । । । ।। ११ ।।

Author: 
Segments: 

Comments