July 2010

Your rating: None Average: 4 (1 vote)

तिमीले दिएको आश्वासनको तिउन-आशाको ढिडोसँग
विश्वासघातको अचार नमज्जाले मिसायौ है?
तिमीले देखाएका नयाँ सपनाहरू साँच्न नपाउँदै
उही पुरानो नमीठो थप्पडले फेरि बिउँझायौ है?

Segments: 
No votes yet

काठमाडौं, २२ असार । विराटनगरका उमेश राई अकिञ्चन अमेरिकाको बोस्टनमा आयोजित अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव २०१० मा प्रथम भएका छन् । नेपाली साहित्य प्रतिष्ठान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संयुक्त आयोजनामा भएको महोत्सवमा उमेशको 'मोनालिसा र मार्च ८' शीर्षक कविताले सर्वोत्कृष्ट स्थान हासिल गरेको हो । हेम सरिता पाठक भानुभक्त पुरस्कार नाम दिइएको उक्त पुरस्कारको राशि एक हजार अमेरिकी डलर रहेको छ ।

यसैगरी प्रतियोगितात्मक महोत्सवमा तीन सय डलर राशिको दोस्रो पुरस्कार सोमनाथ सुवेदीले प्राप्त गरे भने दुई सय डलर रहेको तेस्रो पुरस्कार रमा अधिकारीले हात पारिन् ।

Segments: 
No votes yet

काठमाडौँ, २१ असार । साझा प्रकाशनले २०६५ र २०६६ सालको साझा पुरस्कारको घोषणा गरेको छ । २०६५ को पुरस्कार प्रेतकल्प उपन्यासका लागि नारायण ढकाललाई र २०६६ को पुरस्कारबाट संक्रमणकालको साहित्य र समकालीनता कृतिका लागि पुरुषोत्तम सुवेदीलाई सम्मान गरिने भएको छ । साझाले हरेक वर्ष आफ्नो प्रकाशनबाट छापिनॆ कृतिहरुमध्येबाट सर्वोत्कृष्ट ठहरिएकोलाई यो पुरस्कार दिँदै आएको छ । पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ ।

Segments: 
No votes yet

२०६७ सालको आदिकवि भानुभक्त पुरस्कार साहित्यकार राजेश्वर देवकोटाले पाउने भएका छन् । हरेक वर्ष दिइँदै आएको पुरस्कार यस वर्ष देवकोटालाई अर्पण गर्ने निर्णय गरिएको नेपाल शिक्षा परिषदद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी परिषदले यस वर्षको गोपाल पाँडे असीम पुरस्कार डा माधवप्रसाद पोखरेललाई दिने निर्णय गरेको छ ।

Segments: 
No votes yet

काठमाडौँ, १७ असार । निबन्धकार तथा समालोचक कृष्णचन्द्रसिंह प्रधानको ८५ वर्षको उमेरमा बिहीबार साँझ राजधानीमा निधन भएको छ । ताहाचलस्थित आफ्नो निवासमा बसिरहेको बेला सामान्य बान्ता गरेपछि त्रिपुरेश्वरस्थित काठमाडौं नर्सिङहोम लैजाँदै गर्दा बाटैमा उनको निधन भएको हो । 'कवि व्यथित र काव्य साधना' समालोचनात्मक कृतिका लागि १०१५ मा मदन पुरस्कार पाएका प्रधानलाई शङ्कर लामिछानेपछिका प्रभावशाली निबन्धकार मानिन्छ ।

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.