June 2010

Book launch


'समकालीन नेपाली कविताका प्रवृत्ति' समालोचनात्मक ग्रन्थको विमोचन कार्यक्रममा बायाँबाट ग्रन्थकार डा. लक्ष्मणप्रसाद गौतम, राजेन्द्र सुवेदी, मोहनराज शर्मा, डा. गोविन्दराज भट्टराई लगायत । 

* तस्बिर : अनलाइन साहित्य 

Photogallery: 
Share this
Your rating: None Average: 4.4 (7 votes)

एकदमै खुकुलो
सितारको तार जस्तै
कहिले गासिँदै गासिएन
एकदमै तनक्क
सितारकै तार जस्तै
कहिले च्वाट्ट चुँडियो

अति औपचारिकतामा
नचिनेको स्वाङ गर्छ
तिम्रो र मेरो नमस्ते
अति खुलापनमा

Author: 
Segments: 
No votes yet

सँगै हिंड्ने बाटो आज वल्लो-पल्लो भो
तिम्रो दर्जा उपल्लो त, मेरो तल्लो भो ।

भेटाएछौ साथ तिम्ले धनवान-बलवानको,
तिमी बाज डरलाग्दो म चैं चल्लो भो ।

बैंससँग पैंसा साटी यौवनको स्वाद दियौ,

Segments: 
No votes yet

काठमाडौँ, ११ असार । डा. लक्ष्मणप्रसाद गौतमको समालोचनात्मक ग्रन्थ 'समकालीन नेपाली कविताका प्रवृत्ति' बजारमा आएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कृति सार्वजनिकीकरण समारोहमा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले कृति विमोचन गरे । समारोहमा मोहनराज शर्मा, डा. ज्ञानू पाण्डे, डा. खगेन्द्रप्रसाद लुइँटेल, डा. गोविन्दराज भट्टराई, डा. तुलसी भट्टराई लगायतले कृतिको विश्लेषणका साथै कृति र कृतिकारप्रति शुभ कामना अर्पण गरेका थिए ।

Segments: 

Lila Anmol n others


हामीले पायौँ : राष्ट्रिय कविता महोत्सव २०६७ मा प्रथम बनेकी लीला अनमोल (बीचमा), दोस्रो तुलसा पाठक (बायाँ) राजधानीमा आयोजित एक कार्यक्रमपछि साहित्यकार गीता केशरीसँग तस्बिर खिचाउँदै ।

  तस्बिर :  अनलाइन साहित्य 

Photogallery: 
Share this
Your rating: None Average: 4 (3 votes)

केही नयाँ सपना सजाउन थाल्याछु,
जून हेर्दै रातमा टोलाउन थाल्याछु ।

थाहा छैन खुशी कति समय टिक्छ,
मदहोस भई आफैँमा हराउन थाल्याछु ।

वर्षौं भा'थ्यो उजाडिएको मनको फूलबारी,

Segments: 
Your rating: None Average: 4.2 (5 votes)

काठमाडौँ, ९ असार । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको २०६७ सालको राष्ट्रिय कविता महोत्सवमा झापाकी लीला अनमोलले प्रथम स्थान हासिल गरेकी छिन् । ३८ प्रतिष्पर्धीहरूको कवितालाई उछिन्दै उनको 'दुर्घटित विश्वास' शीर्षकको कविता सर्वोत्कृष्ट घोषित भएको हो । महोत्सवमा दुई सय ५१ कविताबाट छानिएका ३८ कविता प्रतियोगिताको दौडमा सहभागी थिए । बुधबार प्रतिष्ठानको ५३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित वाचन कार्यक्रममा प्रतियोगी कविहरूले आफ्नै आवाजमा ती कविता सुनाएका थिए ।

Segments: 
Your rating: None Average: 4.9 (87 votes)

जो भए'नि प्रम देशमा हुने केही हैन
दलहरूको झगडाको ओखति केही छैन
एउटा माग्छ राजीनामा अर्को कुर्सी च्याप्ने
सबै दलका नेताहरु च्याखे दाउ थाप्ने ।

सेना समायोजन भन्दै कराउने कोही

Segments: 
No votes yet

काठमाडौं, २ असार । नेपाली गीतकारहरूका हक अधिकार स्थापना गर्ने उद्देश्यले गीतकार संघ नेपाल गठन भएको छ । तत्कालका लागि डा. कृष्णहरि बराल अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ ।

Segments: 
No votes yet

काठमाडौँ, २८ जेठ । कवि श्रवण मुकारुङको बहुप्रतिक्षित कविताकृति 'बिसे नगर्चीको बयान' पाठकमाझ आएको छ । २०६२-६३ को जनआन्दोलनको क्रममा चर्चाको चुलीमा छाउन सफल कवितालाई शीर्ष कविताको रूपमा कृतिकै नाममा राखिएको कृतिलाई एक अनौपचारिक कार्यक्रमका बीच सार्वजनिक गरियो । कृतिमा कविका यसअघि प्रकाशित दुई कवितासङग्रह देश खोज्दै जाँदा (२०४९) जीवनको लय (२०६१) बाट पनि केही छानिएका रचनाहरू समेटिएका छन् ।

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.