आफ्नै आँखाको लयमा सार्वजनिक

No votes yet

'यसमा अनेक संग्रौला छन् । गाली सम्राट्, दलीय संग्रौला, राजनीतिकृत, ज्ञानेन्द्रलाई सत्तोसराप गर्ने संग्रौला अनि पारिवारिक संग्रौला' प्राध्यापक डाक्टर चैतन्य मिश्रले गुरुकुलमा लेखक अनि स्तम्भकार खगेन्द्र संग्रौलाको रूपको बखान गर्दै थिए । बखान गर्ने मौका मिलाएको थियो फाइन पि्रन्टले । कार्यक्रम संग्रौलाको निबन्धसंग्रह आफ्नै आँखाको लयमा सार्वजनिक गर्ने थियो । 

'कठोर' लेखकको छवि बनाएका संग्रौलालाई यो निबन्धमा कोमल देख्न सकिने मिश्रले बताए ।  

निबन्धका अकर्ा टिप्पणीकर्ता प्रा.डा.अभि सुवेदीले निबन्ध क्रान्ति र हास्यको संगम भएको बताए । 'यो निबन्ध पढ्दा कतै पेट मिचिमिची हाँस्न पाइन्छ, कतै हिक्का छाडेर रुन पनि मन लाग्छ ।' 

डा. अभिले निबन्धमा आडम्बरी समाजको चित्रण, व्यंग्य र मानवीय आयाम निबन्धमा पाइने बताए । उनले मिश्रको तर्कलाई स्वीकार गर्दै भने, 'यो निबन्धमा क्रान्तिकारिताभित्रको कारुणिक विषय छ । अनि यो चलनचल्तीको निबन्धसंग्रह होइन । यो विधाभित्रको निबन्धमा पर्दैन ।' 

डा. अभिले त्यसो भनेपछि संग्रौलले आफूलाई उत्तरआधुनिक नबनाइदिन ठट्टा गरे । 'हामीले लामो समय प|mायडवाद र माक्सवादलाई फेसन बनाएर हिँड्यौँ । उत्तरआधुनिकवाद पनि त्यस्तै फेसन छ । मलाई त्यो बिल्ला नभिराइदिनुहोला ।'  

निबन्धमा साहित्यकार  प्रा.डा.(प्राध्यापक डाक्टर) बाट बच्नू भन्ने सुझाब दिएका संग्रैलाले आफ्ना अगाडिका दुई प्रा.डा.लाई भने सही प्रा.डा. भन्दै फुक्र्याएका थिए । 'मैले निबन्धमा जे सुझाब दिएँ, त्यो सही हो । नक्कली प्रा.डा.बाट साहित्यकार बच्नैपर्छ । यहाँ त दुवैजना सक्कली हुनुहुन्छ ।' त्यसोभन्दा केहीबेर अघि ठुस्स परेका दुई प्रा.डा. मख्ख देखिन्थे । 

तीनजनाले आफ्नै आँखाको लयमा पुस्तकको पहिलो पहेँलो पातो देखाएपछि पुस्तक सार्वजनिक भएको थियो । फाइन पि्रन्टले बजारमा ल्याएको यो पुस्तकमा १९ वटा निबन्ध छन् ।

॰[साभार: नयाँ पत्रिका दैनिक]

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.