वाणी प्रकाशनले सर्जकहरूलाई पुरस्कृत गर्ने

No votes yet

मोरङ । नेपाली भाषासाहित्यका क्षेत्रमा लामो समयदेखि सक्रिय वाणी प्रकाशन विराटनगरले विगतका वर्षहरूझैँ यस वर्ष पनि विभिन्न सर्जकहरूलाई पुरस्कृत गर्ने भएको छ ।

वाणीले रु ३१ हजार एकसय ११ को कृष्णकुमारी मनोरथ नेपाल स्मृति साहित्य वाणी पुरस्कार साहित्यकार चूडामणि रेग्मीलाई प्रदान गर्ने घोषणा गरेको छ ।

त्यस्तै रु ११ हजार एक सय ११ राशिको डा. विमला वाणी पुरस्कार अभिनेत्री दीपाश्री निरौला र रु पाँच हजार पाँच सय पचपन्न राशिको गेरु-अम्बिका कोइराला स्मृति वाणी पुस्कार चूडावसन्त लम्साललाई प्रदान गरिने छ ।

यसैगरी रु पाँच हजार पाँच सय ५५ राशिको मेनाकुमारी गजाधर घिमिरे स्मृति वाणी पत्रकारिता पुरस्कार पत्रकार यज्ञ शर्मालाई, रु पाँच हजार पाँच सय ५५ राशिको धर्मकुमारी शेषराज न्यौपाने स्मृति वाणी सम्मान व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई तथा रु दुई हजार पाँच सय ५५ राशिको शारदा कोइराला स्मृति बालसाहित्य वाणी पुरस्कार साहित्यकार विन्दु सुवेदीलाई प्रदान गरिने प्रकाशनका अध्यक्ष प्राज्ञ कृष्णभूषण बल मार्फत जानकारी प्राप्त भएको छ ।

प्रकाशनका अनुसार रु एक हजार एक सय ११ राशिको वाणी नवप्रतिभा पुरस्कार युवाकवि दीपक शम्चुलाई, रु तीन हजार पाँचसय राशिको मोहनलाल मनोरमा स्मृति वाणी सम्मान पुरस्कार साहित्यकार शिवमाया तुम्बाहाम्फेलाई, रु दुई हजार पाँच सय ५५ राशिको तुलसा स्मृति वाणी गजल पुरस्कार गजलगो करुणा राईलाई प्रदान गरिने छ ।

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.