उत्तर आधुनिकता भन्दा फराकिलो 'फ्रन्टपेज' / डा.दुर्गाप्रसाद अर्याल

विगत दुई दशकदेखि नेपाली साहित्यका क्षेत्रमा नारी हस्ताक्षरका रूपमा क्रियाशील सुबिसुधा आचार्य आख्यानका क्षेत्रमा प्रखर बन्दै गएको पाइन्छ। आधुनिक कथा विधालाई आफ्नो रूचिक्षेत्र बनाएकी आचार्यका प्रखर लेखनीका दसी र दिशा हुन् विभिन्न समसामयिक साहित्यिक पत्र पत्रिकामा विकीर्ण रचनाहरू। कथा विधाले वैदिक साहित्यमा निहित नचिकेताको आख्यान देखि लोककथाको अनादि श्रुति परम्परा हुादै वर्तमानसम्म अनेक स्वरूप र विषयवस्तुगत अभिव्यञ्जनाको सेरोफेरो मार्दै आएको छ। संरचनात्मक प्रक्रिया र प्रकृति तथा प्रवृत्तिमा यो वैविध्यपूर्ण भएर विधागत मिश्रणका साथ उल्लेख्य रूपमा जीवन्त बन्दै गएको छ। आकार, विषय, अभिव्यक्ति, भाषा शैली उद्देश्य आदिका प्रचुर विविधता र विभेदताले भरपुर कथाकृतिको सङ्ग्रह हो फ्रन्टपेज। अग्नियुद्ध र रहस्यमय भोगाइ पछि यो तेस्रो कथासङ्ग्रहका रूपमा सुबिसुधा आचार्यले फ्रन्टपेज अगाडि सार्नु भएको छ। यसले पाठकका मनमस्तिष्कलाई वौद्धिक र विस्मयकारी विद्युतीय चक्करमा पारेको छ। यस भित्रका कथाहरू बहुद्देश्यीय देखिन्छन्। उत्तर आधुनिकतावादी र नारीवादी अवधारणा अंगालेका मान्यताभन्दा सुबिसुधाका मान्यता फराकिला छन्।

नारीवाद भनेको सम्पूर्ण यौन व्यापार वा उद्यम विरूद्धको आन्दोलन हो भन्ने आधारमा केन्द्रित कुरा हो। यस कथामा यौनको सन्दर्भ  वहुत्वमय र अर्न्तविरोधी पनि छ। फ्रन्टपेजमा जसरी सम्पादकलाई उत्तरदायी व्यक्तित्व बनाएर पत्रिकाको फ्रन्टपेजमा फोटो छपाउनका लागि नाङ्गिन र आङ्गिन पनि तयार हुने युवतीबाट बचाउने काम गर्नु भएको छ सुबिसुधाले। यसमा फ्रायडवादी यौन मनोविश्लेषणको मान्यता विपरित व्यावसायिक र सामाजिक मर्यादा प्रधान दृष्टि भएको पाइन्छ। यसलाई उचित परिस्थितिमा विश्वसनीय तुल्याइएको छ। यसमा कथाकारिताको शक्ति, निपुर्णता र अभ्यासको अनुभवपूर्ण परिणाम देखिन्छ। फ्रन्टपेजका पात्रहरूद्वारा कामीको आरन व्यवसाय देखि साइवर  सम्मका पुरातन पन्थी र अधुनातन पन्थी पात्रहरूको जुन प्रायोजित सञ्जाल छ, त्यो वर्तमान नेपाली यथार्थ समाजको विषतापूर्ण गतिविधि र वस्तुस्थिति हो। यही यस सङ्ग्रहको समाज शास्त्रीय रूपरेखा पनि हो। कथा समाज निरपेक्ष बन्दैन। यसमा अकथा, सूत्रकथा र लघुकथाको ढााचा र ढर्रा छैन। सङ्ग्रहका बाह्रवटा कथा सबै छोटा कथाहरू हुन्। प्रत्येक कथा भित्र रेखात्मक ढाचामा कथानकको निर्माण भएको छ। यी कथाहरू अनेक ढङ्गले विवेच्य छन्। अहिलेसम्म पाठ्य अध्ययन भन्दा हामीकहाा प्रभाववादी अध्ययन ज्यादा भएको पाइन्छ। पाठ्य केन्द्रीत अध्ययनमा चासो दिएको खण्डमा एकातर्फ कथाकार सुबिसुधाको प्रखर अनुभूति र पर्यवेक्षणको फराकिलो दायरा पाइन्छ भने अर्को उहाको जीवनवृत्ति र विषयवस्तुको पुरस्थापनको रूपरेखा पनि पुनर्रचनाका साथ ठम्याउन सकिन्छ।

वर्तमान जीवनको खासगरी ग्रामीण एवम् शहरी मानव जीवनको जुन अन्तर्वाह्य रूपरेखा यस सङ्ग्रहमा खिचिएको छ। त्यसमा कथा निर्माणको शिल्पदक्षता स्खलित र विचलित भएको छैन। कथामा अङ्कित पात्रहरू ती चाहे पुरूष हुन् चाहे स्त्री हुन् सबैको मन र शारीरिक गतिविधिको सुक्ष्म पर्यवेक्षण गर्न सक्षम हुनुभएको छ कथाकार आचार्य। उहा स्वयम् नारी भएर पनि नारीका नचाहिदा नखरा र दुराशयपूर्ण चरित्रका बखेडामा सहानुभूति राखेर कठैबरा भन्न चाहनु हुन्न। अपराधीले अपराधको परिणाम भोग्नै पर्ने हुन्छ भन्ने विश्वास राख्नु हुन्छ। लेखिकाको यस्तो विश्वासमा पनि परिस्थिति र प्रतिकुल प्राकृत घटनाले भुइचालो ल्याइदिन्छ, जसको परिणाम स्वरूप आर्ने बिर्खेको झटाहा र पानीले छाप्रो भत्केर उसका जहान एकै चिहान हुन पुग्छन्। यस घटनाको पृष्ठभूमिमा साहु सामन्तको कालो कर्तुतले पक्की घर छाडेर छाप्रोमा बास गर्न परेता पनि आधीबेहरी आउनुमा र छाप्रो भत्किनुमा अनि उसका भुन्टाभुन्टी मर्नुमा कुनै मानवीय प्रायोजन छैन। सामन्त साहुको दुराशयपूर्ण खेल देखिदैन। यसरी 'आरनका गोलहरू' कथाले नियति र प्रकृतिका अपरिहार्य भुमिकालाई पनि यस युगमा पनि बचाएर राखेको पाइन्छ। हो संवेदना र सहानुभूतिको पक्ष यसमा सशक्त छ। बिर्खे नेपाली समाजको निम्न वर्गीय श्रमजीवी र निरीह चरित्र हो। उसका घरमा फलेका चिजबिजमा विष्टमानको आाखा लाग्छ र लोभ लाग्छ।

जीवन संघर्ष, जीवन भोगाइ र जीवन यात्राका क्रममा भेटिएका टिपिएका केही फिलिङ्गाहरू उनिएको फ्रन्टपेज सिङ्गो अन्तर्मनको तरङ्ग हो भन्ने आत्मायिव्यक्ति छ धादिङ केवलपुरमा जन्मे हुर्केकी सुशीला बिडारी उर्फ सुबिसुधा आचार्यको। सुबिसुधाको आत्मिक आभिव्यक्तिले उहााको व्यक्तित्व अनेक कोमल र विष्फोटक तरङ्ग उराल्ने प्रवाहमान भावमय नदी जस्तो भएको अनुभव हुन्छ। समय प्रवाहमा आज नेपाली समाज हलो कोदालो र खेतबारीको गोरख धन्दा पन्छाएर साइवर युगमा टेकेर आफ्नो चेतना र स्वार्थको क्षितिज फैलाउादै देश देशान्तरका परिस्थितिमा घुलमेल भइरहेको छ, यो एउटा युगीन यथार्थता हो। हाम्रा बालिका, किशोरी र युवतीहरू शिक्षाको उज्यालो पाएर अनेक तरक्की गर्दैछन् तर विवशतापूर्ण, दासतापुर्ण र दारूण जीवनयापन गर्न बाध्य भएका नारीहरू गाउ शहर यत्रतत्र सर्वत्र देशभरी छन्। यस्ता नारीहरू पुरूष दुराचारबाट शोषित, पीडित र विदीर्ण ह्दयका छन्। कथा सङ्ग्रहभित्रका नारी चरित्रको अध्ययन गर्दा पाठकका मनमा संवेगको प्रवाह संप्रेषण हुन्छ। यसक्रममा कथा सृजनारत नारी मानसिकता पनि संवेगित भएको अनुभव हुन्छ। उचित र विश्वसनीय वातावरणको सृजना गरेर जुन चरित्रको मन र शरीरको व्यवहारलाई वातावरण अनुरूप संयोजन गर्ने कुशलता यी बाह्र वटै कथामा जसरी दर्सिएको पाइन्छ, त्यसले कथा निर्माणको सृजनात्मक शक्ति निपूर्णता यथेष्ठ भएको पुष्टि हुन्छ। वातावरण, चरित्र र घटनाका शृङ्खला कारण सम्वद्ध भएर कार्यरूपमा परिणत भएको पाइन्छ। कथानकमा हुनुपर्ने किन, कसरी, कहाा, के जस्ता प्रश्नहरूको वस्तुगत उत्तर प्रस्तुत कथाभित्रका घटना र कार्यबाट प्राप्त गर्न सकिन्छ। फ्रन्टपेजका कथाभित्रका कथानक आफै रहस्यमय कथा बनेकी स्वयम् लेखिकाका अन्तर्मनका जलाशयबाट जीवनयापनका क्रममा छचल्किएका छालका कण वा छिटा हुन्, जुन स्पर्शशील र अनुभयमान छन्।

उहिले उहिले अगेनाका डिल वरिपरि बसेर शास्त्र हाल्ने र आहान हाल्ने प्रक्रियाले आधुनिक कथालाई पनि टेवा पुर्यातउदै सनातन उत्सुकता वा कुतुहुलताको धर्म थमाइदिएको छ। यस्तो कथानकमा वा सिङ्गो कथामा निहीत उत्सुकताको पक्ष फ्रन्टपेजमा परिपालित भएको छ। ह्दयमा अधिक कौतुहलता र राग प्रवाहित गर्ने विशेष गुणले गर्दा कथा साहित्य सबै खाले पाठकको स्वाभाविक रूपमा आस्वाद योग्य सामग्री भएको हो। संस्कृतका महान् आख्यानकार वाणभट्टले आफ्नो कादम्बरीमा यस पक्षलाई विशेष महत्वका साथ उल्लेख गरेको पाइन्छ। जुन कथामा पाठकका मन मस्तिष्कमा उत्कण्ठा सृजना गर्ने शक्ति हुन्छ र ह्दय भरि राग विरागको भाव उत्पन्न गने गुण हुन्छन्। यस आधारमा सुबिसुधालाई सक्षम र बहुपाठक प्रिय हुने साहित्यकारिणीका रूपमा विश्वास गर्न सकिन्छ। कथानकमा किन कसरी के कति जस्ता पाठकीय उत्सुकता र जिज्ञासा सामान्य भइसकेका छन्। आजका कथा आस्वादनका क्रममा त जिन्दगीका रिक्तता, तिक्तता र प्राप्ति समाप्तिका सन्दर्भमा के कस्ता द्वन्द्व क्षोम, संशय र सनकहरू उत्पन्न भएर तिनबाट कति प्रभावपूर्ण ढङ्गमा अनुकूल प्रतिकूल भावहरू सञ्चार हुन्छन् तिनको अपेक्षा गरिन्छ। यस प्रकारका अपेक्षालाई फ्रन्टपेजले उपेक्षा गरेको छैन। चरित्रका विपद् विद्रोह र उपद्रवमा पाठकलाई आकर्षित गर्ने विलक्षण सामर्थ्य कथाकार आचार्यमा रहेको पाइन्छ। 'सानीआमा' कथाले विशेष रूपमा यस्तै सामर्थ्यको प्रतिनिधित्व गर्दछ। यस कथाभित्रका सम्पूर्ण पात्रहरू वर्गीय छन्। आ–आफ्ना कार्य र कर्तुतको संज्ञापन गर्न जीवन्त छन्। सक्रिय छन्।

घर माइतको पूर्वाग्रह र प्रतिकूलताका कारण गर्भवती नारीले व्यहोर्नु परेको समयालाई 'पीडा आफैभित्र' कथाबाट अत्यन्त दर्दनाक रूपमा नौलो समस्या दर्साउनु अवश्य पनि कथाकारको शिल्प दक्षता र अनुभूती प्रखरता हो। अहोरात्र व्यग्र भएर आरनमा धसिदा पनि जहान छोरा छोरी पाल्न धौ धौ भएको बिर्खेलाई उसका भैसी, छोरा छोरी र श्रीमतीको समेत रात भरिको झटाहा पानीले ज्यान गएको अवस्थामा पुर्याएएर मार मार हियामार भएको दारूण र करूण चित्रण गरिएको कथा हो 'आरनका गोलहरू'। यसको अध्ययन गर्दा 'दैवोदिक दुर्वलघातक' अर्थात् दैवले पनि निर्धालाई नै आघात पार्दछ भन्ने नीतिपर शास्त्रीय वचनको संस्मरण हुन्छ। यसमा एउटा गरिब परिवारको कसरी हाहाकार र विनाश हुदो रहेछ र यसमा समाज र दैवको खेल युगपद् कसरी जुट्दो रहेछ बडो मार्मिक ढङ्गले रचिएको नौलो समस्याको कथा हो। हाम्रो समाजमा धेरैजसो मन नमिलेका केटा केटीको विवाह गराएर पारिवारिक मनोमालिन्य र दाम्पत्य विघटन भएको अवस्थामा युगौ देखिएको कटु यथार्थ र सनातन अख्यान हो। यस कथामा भने मन मिल्दा केटा केटीको विवाह हुन सकेको छैन कारण केटाका तर्फबाट पााचलाख नगद दाइजो नभए केटी नभित्र्याउने शर्त अगाडि सारिन्छ। यस्तो शर्तले गर्दा केटीका बाबुआमा भुण्डिएर मर्नु र पछि केटालाई थाहा नै नपाइकन केटाको बाबुले पाचलाख पैसा हत्याउने जाल रचेको वस्तुस्थितिको अवगत हुनु जस्ता घटनाहरू यथासंभव विश्वसनीय रूपमा प्रस्तुत गर्नुले कथाकारको संवेदनाको प्रचुरता प्रतिविम्बित भएको अनुभव हुन्छ। यस कथामा दृश्य पङ्तिको अवलम्बन गरिएको छ। जसले गर्दा पाठकमा संवेदना, क्षोम, घृणा र चिन्ताको भाव सञ्चार गर्न कथाकार सचेत बनेको देखिन्छ। 'ईश्वरलाई विज्ञानको चुनौती' कथाले वैज्ञानिक उपचार पद्धतिमा आएको अद्भुत परिवर्तन र विचित्र प्रक्रियालाई औल्याएर स्वस्तिका केटीलाई सतीश केटोमा परिणत भएको चाखलाग्दो र अचम्मको घटना अंगालेको छ। अन्ध विश्वासी हाम्रो समाजप्रति यसबाट खबरदारी गरिएको छ। छोराका अभावले जड्याहा बनेको सात छोरीको बाबुलाई अनेक रूढि र कुरीतिको प्रतिनिधित्व गर्ने पात्रका रूपमा प्रस्तुत गरिएको यो कथा प्रभावोत्पादक भएको छ। शीर्षकले दिने औत्सुक्य र कौतुहल भर्न यस कथामा न्यून छ। शीर्षक संक्षिप्त, जिज्ञासा जगाउने र प्रतिपाध भाव र विषय अनुरूप हुनुपर्ने कथाशास्त्रीहरूको मान्यता पाइन्छ। कथाको संरचनामा आवश्यक अङ्ग पुर्या एर पाठकलाई चाखलाग्दो बनाउने खुबी भने आचार्यमा छदैछ। यसबाट के प्रष्ट हुन्छ भने कथाकारमा जीवन संदृष्टि र वैज्ञानिक युगीन चेतनाको पर्याप्त स्थिति बोध भएको अनुभव हुन्छ। स्वस्तिकाको पुरूषमा रूपान्तरण गरेर एउटा चमत्कार गरिएको यो कथा अवश्य पनि ..व्यताको उद्बोधक भएको छ। '

म भित्रका म' प्रतिशोधात्मक शक्तिकी नमुना बनेकी नारी चरित्रलाई औल्याउने र आइलाग्नेलाई जाइलाग्ने मात्र होइन जीवनघातीलाई प्रतिघात गरेर समाप्त पार्नु पर्छ भन्ने दृष्टान्त प्रस्तुत गरिएको कथा हो। यस कथासम्म आइपुग्दा नारी भित्रको रचत्व, अहं, वदलावादी सामर्थ्य र आत्मबल प्रकट भएको देखिन्छ। होटेलमा जुन प्रकारले घटनाको तारतम्य मिलाइएको छ त्यसमा पनि कथाकारिताको पर्याप्त सफलता सङ्केत हुन्छ। साच्चै जीवन सोचे जस्तो सरल छैन। सुन्दरता भित्र लुकेको कुकृत्यले मनमा करौती लाउछ, आइमाई बादल नै हो र त मौसम अनुसार रूप, आकार, गुण बदल्न सक्छे भन्ने मान्यताको पुष्टि गरिएको छ कथा 'बदलिदो बादल र स्वास्नी मान्छे'। यसमा नवविवाहिता गर्भवती श्रीमती घरमा छाडेर कतार पुगेको परदेशीले गर्भपतन गराएर श्रीमती पोइला गएको थाहा पाए पछिको तड्पदो नरम मानसिकताको मर्मस्पर्शिताका साथ अभिव्यञ्जन भएको छ यसमा। एकातिर रोजी रोटीका लागि परदेशिनुको विवशता छ भने अर्को तिर यौवनको तड्पन र प्रिय पत्नीको विछोडको झड्कन मार्मिक रूपमा समिकरण भएको दर्साउनु कथाकारको वैविध्यपुर्ण जीवनको अनुभूति र अभिव्यक्ति गर्ने क्षमता देखिन्छ। 'भावनात्मक सम्बन्ध'मा अनैतिक यौन सम्बन्धको प्रसङ्ग दर्सिएको छ। पाप धुरीबाट कुर्लन्छ भन्ने उखान चरितार्थ गरिएको छ। यसमा स्यावाजाको चरित्रले सानीलाई सान्त्वना र भरोसा पुर्या एर एक नमुनाको व्यवहारिक व्यक्तित्व दर्शाएको छ। कथामा नारीका वेदनाका पखेटाहरू फटफटाएका छन्। अवाञ्छित संयोग वा वियोग स्वयम्मा दुर्घटना हो। दुई नारी पात्रका माध्यमबाट रचिएको दुर्घटना कथामा जोइको पोइको पगरी गुथेर अनि एउटा थाप्लोमा दुइटा नाम्लोको भार थेग्ने भुवरीमा रन्थनिएको पुरूष व्यथा पनि तीब्र छ। प्यासको उल्झनले पतिबाट प्राप्त हुन नसकेको यौन तृप्ति मौका पारेर अवैध व्यक्ति मुकेशबाट प्राप्त भए पछि उसैसंग आरतीले विवाह गर्ने कुरा गर्दा उसलाई आफ्नो ससुरालीको दाइजो र आरतीको प्रस्ताव उल्झन र यौन प्यासको रूपमा उपस्थित भएको छ। आरतीको पति जीवन परदेश गएकाले ऊ यौन आतुर बनको र परपुरूष मुकेशसंाग सहवास गरी जीवनयापनको सोचाइ भएको प्रसङ्ग कथाको मुख्य विषय भएको छ। यसमा नारीको नौलो समस्या र समाधान प्रस्तुत भएको छ। यो नितान्त नारीवादी कथा हो। यसले यौन विनाको जीवन केही होइन जीवनका लागि यौन भन्ने दृष्टिकोण दर्शाएको छ। 'बन्दको त्यो दिन' मार्मिक कथा हो। बिजुको बाबुको कथा व्यथा र भोगाइ एकल होइन यो सारा नेपाली जीवनको अत्याधिक पक्ष हो। यस कथामा आइपुग्दा सुबिसुधा मर्म मधुर पक्षलाई मुखरित गर्न प्रचुर र चतुर बनेको अनुभव हुन्छ।

संक्षेपमा उपर्युक्त कथाहरूको मूलभूत कथ्यको प्रस्तुति पछि निर्धक्कसंग के भन्न सकिन्छ भने वहुत्ववादी, नारीवादी, नेपाली सामाजिक यथार्थवादी र युगीन वैज्ञानिक प्रविधि र अद्भुत औषधोपचारको उपलब्धिपुर्ण नवमूल्य अंगाल्ने कथाकार सुबिसुधा संभावना आढ्य भएकी समर्थशालिनी हुनुहुन्छ। आज जीवनका परिधि र विधिहरूमा उहााका कथाहरू विशुद्ध नवीन बन्दै गएका छन्। हाम्रा सामु जीवनका क्रीडा र पीडाहरू जटिल, कुटिल र अधिकतर रूपमा प्रतिकूल भएर अनवरत रूपमा चलिरहेका छन्। हामी इमेलमा कुरा गर्छौं। राम भरोसेमा पनि पर्छौं। छोरा नभएमा जीवनको निरर्थकता अनुभव गर्छौं। हामी नारीका पक्षमा त्यति मात्र हुन्छांै जति मात्रामा तिनीहरू हाम्रा स्वार्थका साधन हुन्छन्। यी हाम्रा सामाजिक यथार्थ हुन्। हाम्रो नारीवाद उनुद्घाटित रूपमा विस्तृत भएर उल्भि्कएको छ। यी समग्र पक्षमा दृष्टि राख्ने सुबिसुधाको लेखनवृत्ति आरोहण शील मात्र नभएर चरमचुली निकट बनिरहेको छ। अनुभवको र अनुभूतिको संयोग गरी आधुनिक समसामयिक नेपाली कथामा नवधार र नौलो सार ल्याउने मौलिक शक्ति र अभ्यासले गर्दा सुबिसुधाको आख्यान सुधामय स्वादयुक्त हुने कुरामा म विश्वास गर्छु। आख्यानलाई जुन चरित्र, परिवेश, स्थान र समयका आडमा खडा गरिएको छ, त्यहाा पाठकले सजीव दृश्यको दर्शन पाउछ। जुन जुन जे जस्ता चरित्रहरू चयन गरिएका छन्, ती वैयक्तिक भन्दा वर्गीय धेरै मात्रामा देखिन्छन्। तिनका विधि व्यवहारले नेपाली सामाजिक सांस्कृतिक अवस्थाको निरूपण गर्नुका साथै गतिमान यो विश्वका उदीयमान नव चेतनाका प्रकाश छर्न पनि समर्थ छन्। यस प्रसङ्गमा कथा भनेको “वचो विभूति र्नतुपारमार्त्यम्” अर्थात् वचनको वा वाणीको वैभव हो पारमार्थ्य होइन भन्ने श्रीमद्भागवतको कथन अनुस्मरण हुन्छ। यहा पनि वाणीको चमत्कार छ शैलीको शिल्पता छ। अभिधार्थ भएपनि वर्णनको विचित्रताले भाषिक स्वरूप अपूर्व शैलीमा आवद्ध भएर प्रभावपुर्ण ढङ्गले प्रस्तुत भएको छ।

आजको कथा अकथा बन्दै गइरहेको सन्दर्भमा वैयक्तिक विम्ब प्रतिक र रूपकका चापले अडिनै नसक्ने र पाठकीय विकर्षण बढ्ने अवस्था आइरहेको यथार्थतामा फ्रन्टपेजले सवलता, सफलता, सजीवता, सरसता र समुत्सुकता प्रदान गर्ने सामर्थ राख्दछ। परिवेश घटना र चरित्रका कार्य व्यापारमा केवल प्रायोजित संयोजनको चेष्टा नभएर लेखकीय चित्तवृत्तिको पनि विवेक सफल समवेदनशीलताका साथ संयोग भएकोले स्वयम् कथाकार कथा बाचिका बनेर पाठक हृदयको नजिक पुग्न सफल भएको मेरो अनुभव छ। कथाको प्रारम्भ देखि अन्त्यसम्म पाठकलाई यथोचित आकर्षण गर्ने सहज र सुवोध संरचनात्मक विशेषता सुबिसुधाको मौलिकता हो। अहिलेसम्मका सामाजिक यथार्थवादी कथाकारहरूले नियाल्न नसकेको सामाजिक पारिवारिक र व्यक्तिगत समस्या उहााले गहिराइका साथ छिचोल्ने र तिनको कारण सहित विश्लेषण गरेर समाधानको अप्रत्यक्ष रूपमा सङ्केत समेत गर्ने प्रकृति उहााको कथाकारितामा विद्यमान छ। यही प्रकृतिको बिस्तार अझै भएर यसमा उल्लेख्य प्रतिष्ठा उत्तरोत्तर हुने कुरामा कत्ति संदेह हुदैन। संवेदना, विवेक र संवेगको समीकरण गरेर कथा लेख्ने प्रवृत्ति नै आचार्यको प्रवृत्ति हो। पाठकहरूको ममताले गर्दा उहाको लेखनकला दिनहु खारिदै गइरहेको छ। लेखनी घर्सिइरहेको छ, जाागर बढिरहेको छ। आत्मोत्तरदायी व्यवहार विकसित भइरहेको छ। नारीका अन्तर्बाह्य समस्या र मर्मलाई सुक्ष्मरूपमा पहिल्याएर कलात्मक रूपमा कथात्मक विधामा प्रस्तुत गर्ने ब्रत नै सुबिसुधाको साहित्य लेखनको प्रधान ब्रत हो अरू ब्रतहरू पनि उहााले छाड्नु हुन्न। भाषा शैलीका दृष्टिले फ्रन्टपेज सशक्त छ। यहााका सोचाइको “सगरमाथा मनको फेदीबाट शिखर चढ्दै थियो स्यावाजको”, जस्ता वाक्यहरूले कथा भित्र पर्याप्त स्थान पाएका छन्। यसबाट खुला गद्य शैलीको प्रयोग भएको पुष्टि हुन्छ। यस कथामा वातावरण, भाष शैली र चरित्र अनुरूपका कार्य र परिस्थितिले कथाका घटनाहरू पत्यारिला हुन्छन्। भाषालाई पात्रका माध्यमबाट जति मात्रामा स्वाभाविक रूपमा प्रयोग गराइन्छ त्यति मात्रामा कथामा पाठकको विश्वास कायम हुन्छ। यस अर्थमा प्रस्तुत कथासङ्ग्रह उदाहरणीय छ। यसको भाषा लेखकीय आफ्नै हुदा हुदै पनि चरित्रका मुखबाट उकेलिदा नितान्त चरित्र अनुरूप पत्यारिलो भएर पाठकका ह्दयमा घुस्छ। यहा पनि यो विशेषता पाइन्छ।

लयात्मक कवित्वमय र भावप्रधान भाषाको प्रयोग भएको वर्णनात्मक शैली भित्र पनि लेखकीय व्यक्तित्व अर्न्तभेदी भएर टिका टिप्पणीकारका रूपमा प्रवेश गरेपनि आत्मपरकताको शैलीले पात्रको कथनमा हस्तक्षेप गरेको पाइदैन। यसमा भाषा र शैलीको विशेषताले कथात्मक स्वायत्तता प्राप्त गरेको छ। कथाको भाव र कविताकाव्य एवं नाटक निबन्धको भाव नितान्त भिन्न हुन सक्तैन। कथाका माध्यमबाट दिइने सन्देश र संवेदना पनि अन्य विधा भन्दा निरपेक्ष रहेको पाइदैन। जब साहित्य स्रष्टाले भाषाको प्रयोग त्यसका माध्यमले खास शैलीको उपयोग गर्छ अनि मात्र विधागत मौलिकता, स्वतन्त्रता र पृथकताको निर्धारण हुन्छ। यस आधारमा कथाको भाषा यहाा पात्र, परिस्थिति र अभिव्यक्ति प्रणाली अनुरूप विवरमात्मक काव्यात्मक तार्किक र विश्लेषणात्मक शैलीमा अनायास निरूपित भएको छ। कथाकारको यो निपूर्णता मात्र होइन अध्ययन र अनुभूतिको अनि दृष्टिकोण र अवधारणाको स्पष्टता र उच्चता पनि हो। उदाहरणका रूपमा एकाध वाक्यलाइ यहाा यसरी अगाडि सार्न सकिन्छ “बिहानीमा रातो माटो र गोबरले दैलो लिप्दाको क्षणमा आएको मीठो बास्ना लामो सास लिएर तान्थें फोक्सो देखि। करेसामा फुलेको इन्द्रकमललाई हेरेर कल्पिन्थे आफुभित्रै। टुनीको रूखमा कराइरहेको धोविनीसाग साट्न मन लाग्थ्यो मन भित्रका उकुस मुकुसहरू। आमा बितेको पैतालीस दिन मात्र बितेको थियो, फूलको माला र रातो अक्षताको टीकामा भित्रिनु भयो बुवा एउटी पराइ नारीसंग। अपरिचित थिएन त्यो आकृति, पल्ला गाउाकी जुजुमानकी श्रीमती।” उपर्युक्त भाष र शैलीमा दृश्य र सांस्कृतिक विम्बहरू निर्माण भएका छन्। यसबाट चरित्रको जे जस्तो स्थितिबोध र व्यवहार बोध हुन्छ त्यो भाव संप्रेषणीय भएको छ भाषा शैलीका शिल्प प्रयोगले। शैलीका सम्बन्धमा शैली विज्ञानका रूपमा स्तम्भ विशाल शास्त्र आएको छ। यहाा यसको चियो चर्चो भन्दा चोखो मीठो र राम्रो भाषा शैलीको मौलिक अस्तित्व कायम भएको छ, जुन सुबिसुधा आचार्यको मुटु र मथिङ्गलको प्रतिविम्ब पनि हो। फ्रन्टपेजमा प्रतिविम्बित दर्शन वा जीवन दृष्टि संरचनावादी देखिन्छ। यहाा आएका द्वन्द्व, संक्रमण र विघटनहरू मानवीय मूल्य र मान्यताका लागि अनि जीवन भावनाका लागि हुन्। यहाा जीवनका लागि नै दुर्नियतापूर्ण जीवनको हत्या भएको छ। अन्त्यमा सुधाको कथाकारिता निर्वाध गतिमा मनोहरिताका साथ उत्तरोत्तर विकसित भएर गतिमान होस् भन्ने शुभेच्छा प्रकट गर्दछु।

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom