Loading

तिमीलाई भुल्दा म एक्लो परेछु/ कञ्चन पुडासैनी

तिमीलाई भुल्दा म एक्लो परेछु
तिमीलाई सम्झेँ तिमी साथ आयौ
कुनै चिज मीठो म खोजिरहेथे
म सोचिरहेथे तिमी याद आयौ

उज्यालो बढे झैँ भयो आज झन् झन्
उज्यालो त मुस्कानले बढ्छ भन्छन्
कि मैलाई सम्झी तिमी मुस्कुरायौ
कि आयौ तिमी चाँदनी रात आयो

तिमीले पनि सम्झिएकी भए लौ
चुम्यौ चाहनाले अझै मन् परायौ
मलाई भुलेकी भए के भनू ख्वै
तिमी हर्ष आयौ कि बिस्मात आयौ


रचना: कञ्चन पुडासैनी
संगीत: दिव्य खालिङ
गायन: नारायण गोपाल

Segments: 

Comments