Loading

अतिनाटकीय आख्यान 'फ्रन्टपेज' / हरि अधिकारी

युवा कथाकार सुविसुधा आचार्यको कथासंग्रह फ्रन्टपेजमा संकलित कथा पढ्दा यो समीक्षक न रमाउनै सक्यो न त उनका कथाहरूमा उभ्याइएका पात्र-पात्राका दुःख-दर्दसँग हार्दिक रूपले जोडिन नै सक्यो। बहुसंख्यक कथाहरू लेखिकाको मनोगत बुनोटको भावभूमिमा खडा गराइएका र पात्रहरूका सोच, गतिविधि र घटना-उपघटनाहरूको विकास प्रक्रियामा समेत अतिनाटकीयताको अत्यधिक प्रयोग भएकाले यिनमा विश्वसनीयताको नितान्त कमी देखिन आएको छ। संग्रहका कुनै पनि कथाका पात्र-पात्राले आफ्नो वर्गको सही प्रतिनिधित्व गर्दैनन् । Subisudha Acharya Frontpageहुन त कथाकारले कथाका लागि कथावस्तुको चयन गर्दा नेपाली समाजका विविध आयामलाई नै स्रोतका रूपमा उपयोग गरेको देखिन्छ तर कथाको प्रवाह र पात्र-पात्राहरूको संगठन एवं विकास सहज र प्रामाणिक बनाउनुको सट्टा एकैपटक फड्को मारेर चरममा पुग्ने शैली अपनाएका कारण सुविसुधाका कथाहरू अयथार्थिक, अनाकर्षक र प्रभावहीन बनेका छन्। सुविसुधाको कथा-लेखनको दीक्षा नै आधारभूत रूपले गलत छ।

कथाकार सुविसुधा आचार्यका कथाहरूमा कथ्य कहिल्यै पनि प्रस्िटएको पाइन्न। उनका समकालीन महिला कथाकारहरू आन्विका गिरी, तृष्णा कुँवर, सञ्जु बजगाईं, शर्मिला खड्का दहाल, सीमा आभास आदिका कथाहरू केन्द्रीय कथ्यको सुस्पष्टताका हिसाबले निक्कै अगाडि देखिन्छन्। आचार्यको कथाको अर्को आलोच्य पक्ष के पनि छ भने उनका पात्रहरू आवश्यकताभन्दा बढी नै मुखर छन्। पात्रहरूका मुखबाट कथाकार स्वयंले नै अलि बढी नै बोलिरहेको भान पनि पाठकलाई भइरहन्छ। प्राक्कथनमा कथाकार लेख्छिन्, "कसैले नपढेको एउटा अलौकिक कथा हुँ म सांसारकि आवरणभित्र कोचिएका पानाहरूमा कैद भएर थन्किएको, रुमलिएको रुमलिँदै रहस्यको गुफाभित्र। म स्वयं रहस्यमय कथा हुँ, त्यसैको बाछिटा मात्र हो, फ्रन्टपेज। जियाइको संघर्ष गर्दागर्दै यात्राका मोडमा भेटिएका, टिपिएका केही फिलिंगाहरू उनिएको फ्रन्टपेज सिंगो अन्तरमनको तरंग हो। रहस्यमय भोगाइमा अल्जिएको मेरो यात्रालाई फ्रन्टपेजमा आएर छरपस्ट हुन कर लगाए मेरा मनभित्रका मनहरूले।" यो अन्योलग्रस्त बयानको छाप संग्रहका कथाहरूमा समेत परेको देखिन्छ।

फ्रन्टपेजमा १२ थान कथा समाविष्ट छन्। संग्रहमा भएका बहुसंख्यक कथाले नेपाली समाजका विभिन्न तह र अवस्थामा रहेका महिलाका कहानी कहने प्रयास गर्छन्। कुनै कथामा सुविसुधाले परम्परागत खलनायिकाका रूपमा क्रूर सौतेनी आमालाई उभ्याएकी छिन् भने संग्रहको नाम राखिएको कथा फ्रन्टपेजकी महत्त्वाकांक्षी स्त्रीका रूपमा एउटा यस्तो चरत्रिलाई प्रस्तुत गरिएको छ, जो एउटा पत्रिकाको आवरण पृष्ठमा फोटो र अन्तर्वार्ता छपाउनका लागि अत्यन्तै अस्वाभाविक स्तरमा ओर्लिएर सम्पादकलाई यौनसम्पर्कका निम्ति दबाब दिन खोज्छे। फ्रन्टपेजमा चित्रण गरएिको जस्तो चरत्रि हाम्रो समाजमा हुन पनि सक्लान् तर त्यस कथामा त्यस चरत्रिका गतिविधि र आवेगलाई जसरी प्रस्तुत गरएिको छ, त्यस किसिमको घटना वास्तवमा हुन लगभग असम्भव नै देखिन्छ। सम्पादकको घरमा उसको सुत्ने कोठामा नै गएर सम्पादककी पत्नी चिया बनाउन भान्छा-कोठामा गएको छोटो समयमा बलात्कारको शैलीमा सम्पादकसँग यौनसम्पर्क कायम गर्न खोज्नु कुनै पनि आइमाईका लागि सम्भव हुन सक्ला कि नसक्ला, पाठकले खुट्याउनुपर्ने विषय हो यो।

कथाकार स्वयं नारी भएकीले हुनसक्छ, फ्रन्टपेजमा संकलित अधिकांश कथाका केन्द्रीय पात्र नारी नै छन्। तर, सुविसुधा आचार्यले आफ्ना कथामा महिलाका कथा र व्यथालाई वाणी दिने क्रममा आजको एक्काइसौँ शताब्दीका आत्मनिर्भर, स्वतन्त्र र आत्मनिर्णय गर्न सक्षम नेपाली नारीहरूलाई उभ्याउन सकेकी छैनन्। उनका नारी पात्रहरू परम्परागत ढर्राकै छन्, बाबुआमाले टीकाटालो गरेर दिएको ठाउँमा लुरुक्क जाने र लोग्नेले जस्तोसुकै अत्याचार गरे पनि विद्रोह गर्नुको सट्टा रुँदै-कराउँदै माइती आउने अथवा बलात्कारको सिकार हुँदा पनि चुपचाप सहने। एउटा कथामा भने सुविसुधाकी नारी पात्रले आफूलाई मार्न खोज्ने लोग्ने र उसकी पे्रमिकामाथि प्रहार गरेको देखाइएको छ तर त्यो सम्पूर्ण कथाको बुनोट नै यस्तो नाटकीय र अविश्वसनीय छ, पाठक त्यस कथाको कहानी र मुख्य पात्रसँग हार्दिक तादात्म्य बनाउनै सक्दैन। कथाकार आचार्यले आफ्ना कुनै पनि कथामा कथाको पृष्ठभूमिका रूपमा रहनुपर्ने परविेशको जीवन्त निर्माण गर्न सकेको देखिँदैन।

फ्रन्टपेजमा 'प्यासको उल्झन' शीर्षकको एउटा कथा पनि छ, जुन मानिसको दैहिक भोकसँग सम्बन्धित भएकाले कथाकारले त्यसको बुनोटमा निक्कै नै उदारताका साथ भद्दा चित्रण घुसाएको देखिन्छ। बेलाबेलामा नरम यौन रचनाको स्वाद दिन खोज्ने त्यो कथा गम्भीर आख्यान लेखक बन्ने बाटामा अघि बढिरहेको कुनै युवा साहित्यकारका लागि गर्व गर्नलायक रचना त कुनै हिसाबले पनि हुन सक्दैन। संग्रहमा भएको 'दुर्घटना' शीर्षकको अर्को एउटा कथामा आफू आमा बन्न नसक्ने अवस्थामा भएकी एउटी पत्नीले लोग्नेलाई जबरजस्ती दोस्रो विवाह गराइदिएको प्रसंग खडा गरएिको छ तर त्यो कथाको विस्तार र उत्कर्षलाई यति धेरै नाटकीय बनाइएको छ कि सम्पूर्ण कहानी निरस बन्न पुगेको छ। आफ्नै लागि सौता खोज्न तयार भएकी आइमाईको अन्तरद्वन्द्वको प्रभावपूर्ण चित्रण हुन नसकेकाले त्यो कथा एउटा हलुका गल्प मात्र बनेको हुनुपर्छ।

फ्रन्टपेजमा लिंग परविर्तन प्रक्रियामा आधारति 'ईश्वरलाई विज्ञानको चुनौती' र नेटच्याटमा आधारति 'बदलिँदो बादल र स्वास्नीमान्छे' भन्ने दुईवटा कथा पनि छन्, जसमा विज्ञानका उपलब्धिहरूलाई कथ्यको सम्प्रेषणको माध्यम बनाइएको छ। तर, दुवै कथाले अतिनाटकीय प्रयोगका कारणले हुनसक्छ, पाठकका हृदयमा कुनै प्रभाव पार्न सक्दैनन्।

फ्रन्टपेजमा संकलित कथाहरूमा 'आरनका गोलहरू' शीर्षकको कथाचाहिँ उत्कृष्ट छ। 'आरनका गोलहरू' बिर्खे नाम गरेको एउटा परश्रिमी श्रमिकको जीवन संघर्षको सानो इतिवृत्त हो, जसका माध्यमबाट कथाकार सुविसुधाले खराब मानिसहरू र क्रूद्ध प्रकृतिको कठोर प्रहार सहँदै जीवनको संघर्षमा होमिएका गरबि नेपालीहरूको व्यथा-कथा कहने प्रयास गरेकी छन्। यस कथाको नायक, उसको परविार र उसको वरपिरकिो संसार सबै नै अकिञ्चन नेपाली र उसको मातृभूमिका ज्यूँदा विम्बहरू हुन्। श्वेत-श्याम तस्िबरमा उत्रिएको जस्तो छ बिर्खेको संसार त्यस कथाका पानाहरूमा। अन्त्यमा फ्रन्टपेजकी लेखिकालाई एउटा पाठकका हैसियतले केही सुझाव ः

कथाका बीचमा भाषण वा टिप्पणी वा ज्ञानगुनका कुरा घुसाउनु पर्दैन। कथाभित्रैबाट भन्नुपर्ने कुरा भन्न जान्नुपर्छ।

अपवादका घटनालाई कथाको विषयवस्तु सकभर नबनाएको वेश। आफ्नो घर, परविार, छिमेक र नेराघेरामा भइरहने, हुनसक्ने, मानिसका मनमा उठ्नसक्ने भावमा टेकेर कथानक बुन्ने र यथार्थपरक चरत्रि उभ्याउने।

अतिनाटकीयतालाई कथामा प्रवेश नदिने।

समयका साथसाथै फेरँिदै गएका रीतिथिति, मानिसको सोचाइको झलक, मानिस-मानिसबीचको सम्बन्धलाई केलाउन प्रयास गर्ने र त्यसमा आधारति आख्यान लेख्ने।

नेपाली भाषाको सौन्दर्य र लालित्यको सम्मानप्रति सदैव सचेत रहने ।

[Source: Nepal Weekly]

Segments: 

Comments