Story

Nepali Story कथा

मोडल

आमा सिकिस्त छिन् । तर, ऊ अत्यन्तै व्यस्त छे । बाबुले फोनमा भनेको छ, 'अन्तिम अवस्थामा आमाले भेट्न चाहेकी छन्, तुरुन्तै आउनू ।'

Segments

शहीदले बिर्सेको गाउँ

भीरमुनि खोरियामा आइपुग्दा जिपको टायर पञ्चर भयो । झमक्क साँझ परिसकेको थियो । परपरसम्म कतै घर नदेखेपछि म उकालो लागेँ । एक त भरखर-भरखर मोटाएको मान्छे, त्यसमाथि नयाँ गाडी किनेदेखि हिँड्न भनेपछि मरेतुल्य हुन्छु । एउटा झुप्रोमा पिलपिले बत्ती देखेर बोलाएँ ।

"आमा, भित्र को हुनुहुन्छ ?"

"छोरा आइस्, बाबू !" बुढी आमा भित्रबाट बोलिन् । असी हिउँद काटेकी बूढी आमा हातमा मलिन टुकी लिएर बाहिर आइन् । नियालेर हेरिन् । बरर आँसु झारेर भनिन् -"म त छोरो आएछ भनेर झुक्किएँ !"

"बास पाइन्छ आमा ?"

Author
Segments

यन्त्रवत्

आधुनिक शहरको एक कुनामा मानिसहरुको भीड बढ्दो थियो। भीडका मानिसहरु बडो आश्चर्य मान्दै त्यहाँ देखिएको दृष्यको मजा थिए । त्यहाँ भीड जम्मा गरेको थियो एक यन्त्रमानवले । दुरुस्त मानव झैं लाग्ने त्यस यन्त्रमानवले पूरै मानव हाउ-भाउको नक्कल गर्दथ्यो । बेलाबेलामा अनौठो आवाज निकालेर मानिसहरुलाई बोलाउँथ्यो । भीडका मानिसहरु त्यसलाई विज्ञानको उच्चतम आविष्कार ठानी आश्चर्यचकित भएर हेरिरहेका थिए ।

Segments

खीर/ इन्द्रबहादुर राई

त्यति बेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ । घटना, घटना नै भनूँ, यस्तो भएको थियोः

Author
Segments

मिडनाइट हट

उमेरको झण्डैझण्डै पचास वर्ष छुनेबेलामा सुब्बासाबलाई कुर्कुरे वैंश आएजस्तो भइरहेको छ। उनको खास नाम र थर के हो भन्ने पनि धेरैलाई त थाहा छैन। जागीरमा सुब्बा भएको कारण उनलाई साथीहरु सबैले सुब्बा सुब्बा भन्दा भन्दै अहिले त उनलाई नै पनि आफ्नो नाम त्यही जस्तो लाग्न थालेको छ।

रातभरि पनि उनी राम्ररी निदाउन सकेनन्। निदाउन निदाउन खोज्यो, सपनामा त्यही कुरा देखेर झसंग भएर ब्यूँझिहाल्थे सुब्बासाब। आज बिहानैदेखि सुब्बासाब उत्साहित छन्। उत्साहित मात्र होइन, उत्तेजित पनि भन्नुपर्ला। अनि अलिअलि डर पनि छ उनलाई।

Segments

घर

पूर्व जाने बसपार्कमा अचानक प्रमिलालाई देखेँ । केही मिनेट चिन्न सकिनँ - हो कि होइन भन्ने लाग्यो । जे जसो पर्ला भनेर म उनको नजिकै गएँ र सोधेँ - एक्सक्युज मी ? तपाईं प्रमिला जस्तो लाग्यो ।

Segments

भन्सारको जागिर

भर्खरभर्खर अफिसमा काम गर्न सुरू गरेको त्यसमाथि पनि भन्सार अड्डामा । उसको खुसीको सीमा नै रहेन। यहीँ जागिर पनि आफन्त थिए र पाइयो नत्र कहाँ पाउनु ? आफन्त भनेर के गर्नु र। तीन महिनाको तलब आफन्तका साथी हाकिमलाई उहाँको घरैमा बुझाउनु पर्ने रे। अरू कसैले थाहा नपाउनु पर्ने रे । उसको हाकिमले जागिर दिनुअघि फोनमा हँसिलो स्वरमा सोधेको थियो । अर्थ बल्ल पो बुझ्यो उसले, ''तिमीलाई जागिर दिएर हामीलाई के फाइदा नि ?''

Segments

देउकी

हिँडाइको क्रममा जब तपाईंं कुनै अक्करको चुचुरोमा पुगेर एकछिन सुस्ताउँदै आफूले हिँडेका पाइतालाका डोबहरू पछ्ाउनु हुन्छ, आफ्नो वरपरका दृश्यहरूमा विहम दृष्टिपात गर्नुहुन्छ। कहाली लागेर आउँछ, अत्यास लागेर आउँछ, त्यस्तो बाटो कसरी हिँड्न सकियो होला? पाइलाका गोरेटाहरूमा उकाली ओह्राली आइ नै रहन्छन्, भिर टाकुरा, फाँटहरू परी नै रहन्छन्, तर जीवनको गोरेटामा त उकाली मात्र छ, चढाइ मात्र छ। गन्तव्य कहाँ छ? थाहा छैन, केवल अनिश्चित दिशातर्फ हिँड्नु छ, मात्र हिँड्नु। हामी सबै व्यस्त छौँ अदृश्य टाकुराको चढाइमा, क्षितिजमा धुमलिएको बिन्दुतिर ........

Author
Segments