Story
Nepali Story कथा
Awaiting Doomsday / Dev Kumari Thapa
हतियार / डा. ऋषिराज बराल
पार्टीमा शुद्धीकरण र फौजीकरणको अभियान चलेको थियो । सबै क्षेत्रका कार्यकर्ताहरू जनमुक्ति सेनामा जाने निर्णय भएको थियो । मोर्चाबाट सेनामा जानेहरूको सूची, पद र कामको विवरणको जानकारी पनि गराइएको थियो । लामो अवधिसम्म सांस्कृतिक मोर्चाको विभिन्न पदमा बसेर काम गरिसकेको कमरेड प्रवीणको नाम पनि जनमुक्ति सेनामा जानेमा परेको थियो ।
सबैलाई जम्मा गरियो र वैचारिक प्रशिक्षण पनि दिइयो । युद्धमोर्चा पनि तोकियो । थप भेटघाट र विशेष निर्देशन दिने काम पनि भयो ।
सभ्यता / श्रीओम रोदन
"घर-आँगन सफा छैन, सडक, खेत त मलमुत्र त्याग गर्ने ठाउँ नै भइहाल्यो । जनस्वास्थ्यप्रति अलिकति पनि ध्यान दिन नसकेका गवाँरहरू "सहरमा नआइकन कसैले सभ्यता पनि नसिक्ने भए" तराईको एउटा गाउँबाट फर्किएपछि एनजीओ मास्टरले साथीहरूसँग कुरा गरे तर रिपोर्टमा भने गाउँमा स्वास्थ्यसम्बन्धी चेतना फैलाउन जागरण कार्यक्रम, गोष्ठी, सम्मेलन गर्नुपर्ने र केही अगुवाहरूलाई काठमाडौँको अवलोकन भ्रमण गराउनुपर्ने लेखे ।
The Yellow Rose / Prema Shah
ऐंजेरु / डा. राजेन्द्र विमल
शुभ्र हिमखण्डले निर्मित बाल-प्रतिभा सेतो परेवाजस्ती, स्वच्छ जलराशिमा फुलेको श्वेतकमल जस्ती, दुग्ध-धवल स्फटिकले बनेको बाल-आकृति जस्ती, अथवा भनुँ, पावस ऋतुको अविरल वर्षामा नुहाएको कुनै हरितिमामय निभृत कानुनमा बुर्कुसी मार्दै खेल्ने-रमाउने सानो, सेतो खरायो जस्ती-कल्पिता ! ऊ आँगनमा आउनासाथ अकस्मात् ऋतुपरिवर्तन भएर बसन्त आएको र हजारहजार चराचुरुङ्गी चिर्बिर-चिर्बिर कलरव गर्न थालेको मधुर अनुभूतिमा म डुब्ने गर्थे । सडकमा पनि हिँड्ने होइन, उफ्रिदै जाने । झोला बोकेका केटीहरूको बथानमा डब्बा बनाई आफू इन्जिन बनी रेलजस्तै दौड्दै दिनहुँ स्कुल गइरहेकी कल्पितालाई झल्झली सम्झन्छु म -".........पी-पी-पी-पी...
काल्पनिक / डा. ध्रुवचन्द्र गौतम
गोबर्द्धनले बुझेको राष्ट्रवाद / इस्माली
तालीको परर्र आवाजले एकसुरले पेटीमा हिँडिरहेको गोबर्द्धन यादव हठात् झस्क्यो र फर्केर हेर्यो । सडकमा किशोर र युवाहरूको हूल माहुरीको गोलो बनेर खनिइसकेको थियो र ब्योममा कानै खानेगरी साइँसाइँसुइँसुइँ सिटीको आवाज घन्कन थालेको थियो । ऊ झस्केझैँ सायद अरूहरू पनि झस्केथे किनकि ती पनि त्यतै हेर्दैथे । एउटा युवक लामो लठ्ठीमा उनिएको पुतला नचाउँदै थियो । पुतला नेताको हो वा अभिनेताको, खुट्याउन उसलाई गाह्रो पर्यो किनकि ऊ न त नेताहरूबारे जानाकारी राख्थ्यो, न त अभिनेताहरूबारे तर खुला छिमेकका नेता र अभिनेता दुवैथरिबाट हामी पीडित छौँ भन्ने बोधसम्म चाहिँ उसमा नरहेको होइ
आवाज मोबाइलको / किशोर पहाडी
महानगरको मध्यभागमा रहेको एउटा सानो हल ।
हलमा देशका केही रङ्गकर्मीहरू भेला भएका थिए । ज्यादै गम्भीर विषयमा उनीहरूको व्याख्यान चलिरहेको थियो- "नयाँ नेपालमा रङ्गकर्मीहरूको भूमिका" ।
सुरेखाजी बोल्दै हुनुहुन्थ्यो- "...अब देश गणतन्त्रात्मक भइसकेपछि रङ्गकर्मीहरूले पनि आफूलाई सोहीअनुहरूप प्रस्तुत गर्नसक्नुपर्छ ।..."
बीचैमा अचानक कसैको मोबाइलको घण्टी बज्यो । श्रीधरभाइको रहेछ । खल्ती समाउँदै, कुपि्रँदै उनी हलबाहिर निस्के ।