Loading

Story

भ्रम/ राप्रउ पोखरेल

ऊ चार-पाँच वर्षपछि जनकपुर जाँदै थियो। बसको यात्राभर अनेक राम्रा-नराम्रा कुराहरू उसको मनमा खेलिरहे। सँगै रहेकी उसकी स्वास्नी पनि अशान्त र चिन्तित थिई। मधेस आन्दोलनपछि तराईको जनजीवन आतंकित छ, कसैको जीउधनको सुरक्षा छैन। यस्तै कुरा ऊ बेलाबेलामा सम्झीन पुग्थ्यो।

बसले बर्दीबास र ढल्केबर पनि छिचोल्यो। उसको छटपटी बढ्दै गइरहेको थियो। त्यो जनकपुर भन्ने ठाउँ कहिल्यै नआइपुगोस्जस्तो उसलाई भइरहेको थियो। तर, बस केहीबेरमै जनकपुरको पिडारी चोकमा पुगेर अडिन्छ। ऊ झल्याँस्स हुन्छ। घाम अस्ताइसकेको थियो तर सुनेको जस्तो शीतलहरको चिसो रहेनछ।

Segments: 

सुहागरातको समाप्ति/ विमलेन्द्र मिश्र

दिउँसोभरि जग्गेमा बिहे भयो । दुलाहा र दुलहीले पुरेतले भने झैँ अनेक थरि धार्मिक अनुष्ठान गरे । कहिले दुलहीको गोडाको बुढी औँला समाउने, कहिले एक अर्काबीच दही खुवाउनुपर्ने । दुलाहा पक्ष र दुलहीपक्षका बीच जुहारी नै चल्ने, रमाइलोनै हुने । दुलाहा र दुलहीबीच बिस्तारै परिचय हुँदै गयो ।

Segments: 

मान्छेको छाउरो/ जगदीश घिमिरे

निस्तब्ध रात कुनै स्वास्नीमान्छेको निर्जीव हृदय हो, जसलाई चिरेर एउटा तीतो स्वर, कुकुरको सानू छाउरोको प्रलाप, बाँसको लिङ्गोजस्तै ठडिन्छ आकाश छुने गरी - क्याइँ क्वँ वाँ वाँ वाँ ईं ईं ईं क्वाँ वाँ वाँ वाँ वाँ ईं ईं ईं ईं ईं ईं...! यो चीत्कार दोहेरिन्छ, तेहरिन्छ, चौहरिन्छ, प्रत्येक पटक अझ सघन, अँ तिखो, अझ अग्लो भएर कराउँछ यो आवाज।

किस्नेलाई यो मन पर्दैन।

Segments: 

देवता म होइन !/ मीरा प्रधान रेम

जाडो महिनाको मध्याहृनमा कौसीमा घाम तापिबसे छु । केही वर्ष यता प्रत्येक शरद् मनमा कहीँकता एउटा प्रश्नले गोमनले जस्तो फणा उठाएको हुन्छ, यही मेरो अन्तिम शरद् त होइन ? जीवन-यात्राको अन्तिम बिसौनी यो वृद्धावस्थामा अनेकौं रोगहरू पाली, असङ्ख्य गुनासाहरू बोकी अझै कति दिन अल्भिmने हो कुन्नि ? मृत्यु उछिनेर जीवन अँगालेर कुदिरहेका मेरा पाइलाहरू अब निक्कै सुस्काइसकेका छन् । कुनै बेला पनि यो प्राण हुरुक्क जान सकिने छ, आफूभित्र जीवन-यात्राको सहस्र अनुभूतिहरू सँगालेर, मात्र अनुभव र अनुभूतिहरू ।

Segments: 

पोट्रेट/ मञ्जुल

मेरो प्रिय क्यानभास ! तिमीले मेरो पीडाको पोल नखोलिदिनू ।

Author: 
Segments: 

स्वार्थी चाहाना/ आचार्य प्रभा

कान्छी छोरीको विवाह हुन नसकेकोमा उनी असाध्यै चिन्तित थिइन् । हुन पनि त हो, उमेर पुगिसक्दा समेत कुनै केटोले फर्केर नहेर्नु, माग्नसम्म न आउनु कुनै पनि आमाको लागि चिन्ताको बिषय नै बन्छ ।

Segments: 

न्याय/ जगदीश घिमिरे

वनस्पतिसँग सोधेँ, "के चाहन्छौ  ?"
वनस्पतिले भने, "न्याय ।"
"त्यो भनेको के  ?"
वनस्पतिले भने, "अरूको अधिकार हनन नगरीकन धरतीमा हामीले पाउने न्यायोचित भाग ।"
मैले भनेँ, "अलि प्रस्ट भन न !"

Segments: 

डढेलो/ विवश पोखरेल

समयले यसरी घात गर्ला र आफूले गरेको सङ्घर्ष र प्राप्ति यति दुखद होला भन्ने सह-प्राध्यापक शिशिर शर्माले कहिल्यै सोचेकासम्म थिएनन् । आफूले तीस वर्ष बिताएको गाउँ छोड्न लाग्दा स्वाभाविक रूपमा नमिठो लागेको छ उनलाई । आज उनी गाउँ छाड्दै छन् र पनि कसैले सोधेका छैनन् - 'शर्मा ! कहाँ जान्छस् ? किन जान्छस् ?'

Segments: 

नजन्माएकी छोरी/ गीता केशरी

मेरो हातमा विवाहको निम्ताको कार्ड परेको छ । नौलो र अनौठो प्रकारको भाखामा लेखिएको त्यो निम्तामा बेहुलीको आमाबाबुको नामसँग जोडिएको थर र बेहुलीको थर बेग्लाबेग्लै छन् । जुन साथीको मार्फत् मैले निम्ता पाएकी छु उनको नाम प्रार्थीमा छ । दर्शनाभिलाषीहरूमा

बेहुलीका आमाबाबु र प्रार्थीका छोरीज्वाइँका नामहरू लेखिएका छन् । मेरा आँखा घुम्दै विवाहको मिति लेखिएको ठाउँमा पर्न जान्छन् । त्यहाँ एक महिनापछिको विवाहको गते दिइएको छ भने स्थानमा उही साथीको घर लेखिएको छ । असमर्थताका लागि सम्पर्क टेलिफोन नम्बर पनि त्यही साथीकै छ ।

Author: 
Segments: 

एक्ली स्यारोन/ होमशंकर बास्तोला

हिजोअस्तिझैँ कम्प्युटरमा च्याट गर्दा अचानक एक परिचित मान्छेले च्याट गरेजस्तो लाग्यो । तर के परिचय हुनु, ऊ समुन्द्रपारिकी थिई, म हिमालवारिको थिएँ । उसले यति नम्र र शालीन शब्दहरु प्रयोग गरेर म्यासेज गर्थी । म भने भर्खरै–भर्खरै नेटको सुविधा उपयोग गर्न थालेको थिएँ । शब्दहरु लेख्दा शब्दको अघिल्लो अक्षर लेख्ने, वाक्य बुझ्नै नसक्ने र अपूरा हुन्थे । यस विषयका भुक्तभोगीहरुका लागि यस्ता शब्द र वाक्यहरु उनीहरु राम्ररी बुभ्mदारहेछन् । मैले पनि बिस्तारैबिस्तारै बुभ्mन थालेको थिएँ । हाम्रा दिनहरु प्रायः कम्प्युटरमा च्याट गरेर बित्थे । ऊ प्रत्येक दिन मलाई माया उत्प्रेरित हुने शब्दहरु टाइप गरेर पठाउँथी । म

Segments: 

Pages

Comments

Subscribe to Story