भित्तेका उद्घाटन माला / जगदीश घिमिरे
आमालाई क्यान्सर भएछ।
खानै छोड्नुभो। ठाडै सुकेर जानुभो।
सबैलाई ख्वाइसकेर उब्रियो भने खानुहुन्थ्यो। उब्रेन भने ‘आज मेरो बर्त’ भन्नुहुन्थ्यो। आइतबार सूर्यको। सोमबार शिवको। मंगलबार गणेशको। हरेक बारका इष्टदेव छन्। तेसमाथि कैले एकादशी। कैले प्रदोष। भँडारमा सर्दाम र भान्सामा खाने नभएपछि आमाको बर्त हुन्थ्यो। भन्नुहुन्थ्यो, ‘अर्को जुनी यस्तो नहोस्।’