Loading

निरावृत्त / भाउपन्थी

ऊ मर्निङ वाकमा निस्केको छ र एक्लै छ । ऊ एक्लै मर्निङ वाकमा निस्केको छ भने पनि हुन्थ्यो । तर भनाइको यो एउटा छोटो शैली हुने थियो र त्यसले उसको मानसिक द्वन्द्वलाई प्रतिनिधित्व गर्ने थिएन । कारण थियो, आज बिहान पनि उसले छेउको कोठामा बस्ने केटाको ढोकाअगाडि एकजोर जनाना स्यान्डिल देखियो र अघिल्ला दिनहरूझैँ त्यसतिर उसको तीव्र जिज्ञासा जाग्रत भएको थियो । केटाहरू, होइनहोइन केटीहरू ! केटाहरू आआफ्ना ठाउँमा ठीक छन्, तर केटीहरू अझ बोल्ड र फ्री भएर आएका छन्, उसले सोच्यो । तर कहाँ छन् त्यस्ता केटी ? यहाँ ऊ कबाड भएर थन्किएको छ । यसरी सुरू भयो उसको मनोव्यथा अथवा यसलाई उसको बलजफतीको यौन मनोद्वन्द्व भन्दा पनि हुने देिखन्छ ।

ऊ मर्निङ वाकमा निस्कूँ कि ननिस्कूँ भयो, किनभने ऊ रुङेर हेर्न चाहन्थ्यो कुन केटी हो?कत्री छ कस्ती छ। कुन , कत्री र कस्ती केटी हो भन्ने जिज्ञासामा कुनै सार थिएन किनभने उसले चिनेकी केटी नहुन पनि सक्थी ।

…‘नहुन पनि सक्थी'को पनि अर्थ निस्कँदैन , कारण उसले कतिजना केटी चिनेको नै पो छ र ? तर यथार्थमा ऊ हेर्न चाहन्थ्यो केटी कस्ती छ । केटी कस्ती छ भनेर भन्नुको तात्पर्य यो थियो, केटीको फिगर कस्तो छ र अनुहार पनि । ऊ त्यतिमै तृप्त हुन चाहन्थ्यो । अरू कुरा यो थियो, केटोिसत ऊ कत्ति चेष्टा गर्दा पनि दोस्ती बढाउन सकिरहेको थिएन, तर केटाले हप्तादिन बिराएर एउटी न एउटी कोठामा लिएर आउने गरेको ऊ देख्थ्यो । राति कति बेला ल्याउँथ्यो त्यो थाहा हुन नसके पनि बिहान अबेर पछि बल्ल केटीहरू बिदा हुन्थे । उसले आजसम्म कुनै केटीको अनुहार देख्न पाएको छैन। भित्र उसकी श्रीमती थिई र एउटी छोरी पनि । तिनीहरूका अगाडि मर्यादा भङ्ग नगर्ने व्रत मा ऊ सधैँ ती सोसेल केटीहरूको अनुहार हेर्न भ्याउँदैन थ्यो । एउटा अचम्म के थियो, छेउ छाउका डेरावाल कसैलाई पनि यो कुरा थाहा भएको देिखएन र थाहा भए पनि आपत्ति गरेका थिएनन् । होइन, थाहापत्तै थिएन होला । त्यसेलै ऊ पनि चपु बस्ने गर्थ्यो मनमनै डाहले छटपटिदै कहिले न कहिले त केटाको कोठामा आउने केटीमध्ये एउटी न एउटीको अनुहार कसो नदेिखएला भनेर । अनुहार देखेपछि के उसले पिछा गर्ने थियो, जासुसी गर्न ?

मर्निङ वाक यस कारण पनि उसका लागि उपयोगी थियो, ऊ अलि टाढै निस्कन्थ्यो भित्रको छटपटी फाल्न । आज ऊ ठीक टाइममा मर्निङ वाकमा निस्केको थियो । गलत टाइममा ऊ निस्कन सक्दैन थ्यो । पारिवारिक दायित्व पनि थियो, गलत समयमा गलत आचरण देखाएर जथाभाबी गर्ने पिता र पति ऊ बन्न चाहँदैन थ्यो । एउटा समयबद्ध रुटिन थियो । स्वास्थ्यप्रति सचेत । बिना खर्चपर्च स्वास्थ्य मेन्टेन गर्ने सजिलो उपाय यही हो । तर राजधानीमा जति स्वास्थ्यचेत भए पनि त्यसले प्रदुषणका आगाडि आत्मसमर्पण गर्नै पर्ने हुन्थ्यो । उसरी ऊ निरोगी नागरिकमा गनिन्थ्यो तापनि उसलाई प्रदुषणभन्दा अपहरणको डर लाग्न थालेको थियो अचले । प्रदुषणले मान्छे रोगी नबाएर गलाए पनि अपहरणले झैँ बेपत्ता पार्दैन , उसको यो मान्यता थियो । तर प्रदुषणबाट ऊ डराएको देिखदैन थ्यो कारण उसले मास्कको प्रयोग अझसम्म गरेको छैन ।

आजको बिहान पनि त्यो अपहरणको डर कायमै थियो । आज उप्रान्त अपहरण नहुने भन्ने ग्यारेन्टी थिएन । त्यसैले घरको गेटबाट निस्कनुअघि उसले गेटबाट मुन्टो निकालरे सडकको दायाबाया सशङ्क हेर्यो कतै कुनै सन्दिग्ध व्यक्ति अपहरणको प्लानअन्तर्गत अलमलगर्दै डुिलरहेको त छैन ।अगाडि चियापसल छ र त्यो अहिले खुल्नेक्रममा छ । त्यसमा बिहानै देिख केहि व्यक्ति चिया पिउन जम्मा हुने गछर्न्‌, नचिनको व्यक्तिहरू । नचिनको व्यक्तिका समूहलाई ‘अज्ञात समूह' भन्दा पनि हुन्छ । अज्ञात समूहले आतङ्क् भाव बोक्ने गर्छ अचले । मुलुक भरि अज्ञात समूह को जगजगी छ । जगजगी होइन कि बिगबिगी, होइन जगजगी पनि र बिगबिगी पनि ! उसले आफू लाई संशोधन गर्छ । जगजगी र बिगबिगीमा कुन शब्द गरुङ्गो छ त्यसको चयन ऊ ठीकसगँ गर्न सकिरहेको हुँदैन , दुवैलाई एकै ठाउँ मिसाएर प्रयोग गरिदिन्छ, ला जा, जे त पर्ला ! अपहरणका धेरै समाचारले घेिरएकाले उसको मनमा डर त छ, तर ऊ आˆफ्नो अपहरण होला भन्ने विश्वास कत्ति गर्दैन । ऊ आफूलाई अपहरण गरिहाल्नुपर्ने कुनै खास आधार पनि देख्दैन । न सम्पत्ति छ, न उद्योग न व्यापार, तर कमर्चारी भने हो । यो पनि हो कमर्चारीको सुरक्षा छैन । कता हो लोक सेवाको हाकिम हराएको अझै अत्तोपत्तो छैन । टिभीमा आमाबुबा र स्वास्नी रोए कराएको बेलाबेलामा देखाए पनि के लाग्यो र ? जसलाई पर्योपर्यो !

त्यसमाथि झन् उसले बाबुबाजेको सम्पत्ति पनि उत्तराधिकारमा पाएको छैन । यो सम्झेर उसको मन अमिलो हुन्छ । बाबुबाजे आफैँ परम्परादेिख गरिब थिए भने उसलाई बिरासतमा गरिबीबाहेक अरू थोक छाडेर जाने कोही भएन । यो सम्झनाले ऊ अलि निडर पनि हुन्छ । मधेस तिरको एउटा भनाइ सम्झन्छ, नाङ्गोले के लगाएर नुहाउने र के निचोर्ने ? तर ऊ मधेस मा कार्यरत रहको बेला निचानेसम्म निचोरेको हो । त्यसैले उहिल्यै एउटा सानो टुक्रा जग्गा राजधानीमा जोरिराखेको पनि हो । अपहरण भइएछ भने अहिले त्यो जग्गा बेचेर फिरौती दिएपछि मुक्त भइएला । एउटा अव्यक्त इच्छा भइरहन्छ, अपहरण हुने । अपहरणपछि एउटा नाम हुन सक्छ, रोमाञ्च पनि । यो तर सम्भव छैन । अपहरणकर्ताहरूको सञ्जालले ऊबारे यथेष्ट अध्ययन नगरेसम्म हात हाल्ने सबालै हुँदैन । अपहरण गररे लगेपछि खुवाएको िपलाएको खर्च नै उठेन भने अपहरण गर्नुको के साथर्कता?तर मलुकुमा बेरोजगारी यति चुिलएको छ, अपहरणको काम यति सजिलो भएको छ, कतै हजार पाँच सयका लागि पनि अपहरण व्यवसाय सुरू नगरियोस् । फेरि उसलाई छोरीको पनि चिन्ता भइराख्छ । अचले केटीहरूको अपहरणपछि बलात्कार गररे हत्या गर्ने चलन बढेको छ । अनि ? उसकी छोरी चौधमै अठारकी देिखन्छे, आमा गोता गएर होला । उसका सहकर्मीहरू, जजसका छोरी छन् उनीहरू पनि सशङ्क् छन् । छोरी अपहरण भएर बलात्कृत हुन सक्छे भन्ने भय उसमै मात्र छैन ,सबैमा छ ।यो समयको चरित्रनै यस्तो छ । यौनत्तेजक समय र बबर्र बलात्कारबाट वासनाको आपूिर्त गरिने समय । तर उसले केटीहरूको यौनेत्तजक व्यवहार र आचरणबारे सोचेन , किनभने छोरी छ उसकी, जसका कारण अरूका छोरीबारे अपवित्रता सोचे र आफ्नी छोरीबारे अश्लील सोिचने लक्ष्मणरेखा ऊ भङ्ग नहोस् भन्ने नैितक सतर्कता कायम राख्न चाहन्छ । कममा ऊसित यसतो नैितकता अझै बचेको छ । तर त्यो नैितक सचेतता आफ्नाहरूको मामिलामा मात्र हो । ऊ यो सोच्न छोड्दैन, केटीहरूले केटालाई जङग्लमा लगेर रेप गरे भन्ने समाचार एकाध सुिनहालिए पनि अहिलेसम्म छ्याप्छ्याप्ती भएको छैन । तर त्यो दिन पनि आउन सक्छ !

मौसम आज सफा छ । सूर्य उदाउने तरखरमा छ ताराहरू हराए, आकाशलाई उज्यालोले ढाकिसकेको छ । अन्धकारपूर्ण देशमा सूर्योदयले नागरिकहरूमा सुरक्षाको एउटा आश्वस्ति दिदो रहेछ , उसले यो बराबर अनुभूतगर्ने गरेको छ, मर्निङ वाकमा । एकाएक उसमा अपहरणको डर हराएको छ । बिहानको पौने छ बज्दै होला । ऊ डराउँदै सडकमा निस्केको छ । बायापटि्ट सडक अलि उकालिएको छ । सडकमा कम मानिसहरूको अोहोरदोहोरको चहलपहल छ । बिहान–बिहान वाहनहरूको डर हुँदैन यो इलाकामा । दिउसो यो गल्लीमा पनि हिँिडनसक्नु हुन्छ । साँझपख त मोटरबाइकहरूको यस्तो लाम लाग्छ मानाँै हूल बाधे र कतै आक्रमणका लागि गइरहछेन्, ‘रोड डेिभल्स्' (सडकप्रेत)हरू एकपछि अर्को, फेरि अर्को गर्दै । यो गल्ली साँघुरो छ । साँघुरो भएरै त होला गल्लीको मोडमा जहिले पनि जाम हुन्छ । खट्टुाराख्न सकिने स्पसे पनिहुदैन तैपनि मान्छेहरू अनके समस्याहरूले घेिरएर पनि जीवन एडजस्ट गर्दै बाँचेझैँ जामको बीबीचबाट बाटो निकालर अोहोर दोहोर गरिरहको हुन्छन् । दिउसो जुन ठाउमा थोत्रे जुत्ता, पालिस र सोलहरू फिजाएर सार्की बस्छ साझ त्यस ठाउमा पानीपुरीवाला खोमचालगाएर बसेको हुन्छ । त्यहीँ केटीहरू झुमि्मएका हुन्छन् । ऊ तिनीहरूका बीचमा मिसिएर उभिन जान चाहन्छन्, उमेरले निषधे गर्छ, नत्र...। एउटी मस्तकीलाई उसले विशेष मार्क गरेको छ, तर छोरी कसकी हो र जिल्लाकी हो कि यहीकी हो भन्ने थाहा पाउन सकेको छैन । टव्ाक्कको अमिलो पिरो खान केटीहरू किन यसरी उन्मत्त भएर लहसिने गर्छन् उसले बुझ्न सकेको छैन ।

हिजो अलिकति डोज बढी भएछ उसको । एउटा साथी जिल्ला टुरबाट मालपानी सोहरेर फर्केको छ । उसले एउटा निम्नमध्यम स्तरको रेस्टुराँमा पिलायो, खानतिर उनीहरू धेरै चासो गर्दैनन् । पाएसम्म धोक्ने स्तरमै पिउन पाए खुसी हुन्छन् । राति निद्रा राम्रै परेको पनि हो नत्र ऊ रातभरि छेउको कोठाको केटाले फेरि अर्की ल्याएको छ कि भनेर बेचैन भइराख्ने थियो । राति एकनासले भसुक्कै निदाए पनि बिहान उठ्दा टाउको भारी महससु गरेको छ । गलत रक्सी परछे कि ? राति त्यसरी निस्लोट भएर सुतेकोमा ऊ अलि पश्चात्ताप पनि गर्छ । केटोले के गर्यो होला ? नभन्दै बिहान उसले केटाको कोठाको ढोकामा काला र चम्किला स्यान्डिल दखेर चुक चुकाएको छ मानौँ एउटा मौका हातबाट उम्क्यो । जारे स्यान्डिल हेर्दै उसले तिनको सर्लकहोम्सले झैँ गडरे अध्ययन गरेपछि अनुमान लगायो त्यो टिन एजकी हुनु पर्छ, धेरै भए बीसबाइसभित्रकी त पक्कै । किनभने स्यान्डिलमा अभावैअ‍भावले पीडित गृिहणकिा सन्तप्त अौलाका डाम छापिएका छैनन् ।

सिँढी अोर्लदा उसले टाउको झड्कारेको छ, ‘छाड्दे भाइ, उमेरको लिहाज पनि गर,् केटीहरू केटासितै मस्त हुन्छन्, तँ जस्तो बूढासित होइन । तँ अब इश्वरआराधनामा लाग् । अगाडि भगवतीको मन्दिर छ । मन पवित्र गरा र केही माग् ।'तर इश्वरसित माग्ने के ? त्यो हिन्दी गीतझैँ …‘लिफ्ट करा दे' भनेर अथवा त्यो केटालाई झैँ हरहप्तामा एउटी नयाँ ? माग्दामाग्दा यति उमेर भइसक्यो । अब अरू मागिरहने जाँगर पनि मर्दै आएको छ । यो पनि शङ्कास्पद नै छ, आमाबाबुले मागीबिहे नगरिदिएको भए उसको हातबाट स्वयम्िववाह सम्भव थियो कि थिएन ? उसले फेरि टाउको झड्कारेको छ ।

…‘यो के साच्दै छस् तँ यो उमेरमा । यी सब कुरा छाड्दे भाइ, इन्द्रियहरूलाई संयममा राख् । आफ्नो वृित्तविकास र प्रगतिको बारेमा सोच, देश सोच, संिवधान सोच, राजनीति साचे ् !' उसले असहमतिमा वादष्ट विचारहरूलाई कब्जागर्न खोजेको सद्िवचारहरूलाई पन्छाउन फेरि टाउको टक्टकाएको छ । त्यसले उसलाई अलि बढी होस दिलाएको छ, हिजो रातिको धोकाइले उसको टाउको भारी त छँदै छ ।

त्यसैले आज ऊ अलि लामै हिडँ्ने तत्परतामा छ । त्यसले के हुन्छ भने पसिना अलि बढी बग्छ र टाउको पनि हलुङ्गो हुन्छ । घर आएपछि केही बेर प्राणायाम गर्न सकिन्छ हलुकासाथ । त्यसपछि स्नान । मान्छे साबिकझैँ फेरि फ्रेस भइहाल्छ । ताजा र जाँगरिलो । तर भात खाएर चुरोट तान्दै अफिस पुगेपछि अल्छी लाग्न थालिहाल्छ । मेचमा बसेर आँखा खुल्लै राखेर निदाउन पनि सकिन्छ अथवा कोही मोटो मालवाला फसेको छ भने उसको काम कसरी निप्टान गर्न सकिन्छ र बढी रकम कसरी झार्न सकिन्छ त्यसको लागि जोगेडा भिडाउन लागिन्छ । माथि हाकिम उपहाकिमलाई धरि हात लिन सकने भने काम फत्ते गराउन सकिन्न । सिस्टमको कुरो हो यो । भ्रष्टाचार भनेर कुर्लदै गरून्, त्यसले के ? करप्सनको एउटा सिस्टम विकसित भइसकेको छ । एक्लै त केही हुनेवाला छैन । माथि मन्त्रीसम्म रकम पुर्याउनु जरुरी छ, जरुरी हैन सक्नुपर्छ लाइन मिलाएर । लाइन मिलाउन सकियो भने भनेको ठाउमा सजिलै सरुवा पनि हुन्छ र मालामाल पनि भइन्छ । राजनीतिक फेरफार वा सरकार जानुअाउनु वा क्रान्ति वा जनयद्धु केहीले पनि यस सिस्टमलाई तोड्न सकेको छैन । यो सब उसलाई थाहा छ, तर अहिले सम्म ऊ सफल हुन सकेको छैन मतलब लाइन मिलाउन सकेको छैन । उसको पद नै निम्नमध्यमस्तरीय छ । त्यसमाफिककै रसदपानी असलु गररे ऊ सन्तुष्ट बस्ने गरेको छ । यत्ति हो पेनडाउन– सेनडाउन, तलबवृिद्धमा, हडतालमा र कमर्चारी एकतामा सधैँ सामेल हुने गरेको छ ।

ऊ ट्रयाकसुटमा छ । सडक साफ छ, निजर्न भन्न सकिने । ऊ अलिअलि जगिङ पनि गरिटोपल्छ । बिस्तारै । सय पाइला हिडेर सय पाइला जगिङ गरेर । तर अब सकिन्न, दम फुल्छ । पेट पनि लाग्न थालेको छ । लाग्न थालेको होइन लागिसकेको छ । मान्छेभन्दा अगाडि पटे हिडँ्छ । टाउकामा छड्के टोपी लगाएर, हातमा चुरोट च्यापेर स्वाट्टस्वाट्ट तान्दै भूँडी ढल्काएर हिडेपछि पक्का र खग्गु राष्ट्रसेवक लाग्छ । ऊ मनमनै यसो पनि सोच्छ, …‘राष्ट्रसेवक होइन, राष्टशोषक, अहह !' तर त्यस्तो कहिलकोहीँ मात्र, जब उसको खल्तीमा उपरी आम्दानी घुिसन्र आएको हुन्छ र मुड चलेको हुन्छ, त्यति बेला मात्र रमाइलोसाथ प्रफुल्ल भएर सोच्छ ।

चालीसमाथिको उमेरले अब भनजेस्तो दम दिँदनै । रिडिङ चस्मा लगाउन पर्ने भइसकेको छ । प्लस टु । आखाँले अक्षर चिन्न भ्याउँदैन । सुरू नै प्लस टुबाट गर्नुपर्छ भनको छन् उसका सहकर्मीहरूले । हार्टको प्रबलम पनि हुन सक्छ भनेर जानकारी दिएझैँ तर्साएका पनि छन् । चस्मा किनेको उपलक्ष्यमा ‘बस्ने हो कि' भनेर जिस्क्याएका पनि थिए। के बस्ने? एउटा घर बनाउन त सकिएको छैन । पैसाकै प्रबलम छ। यताउतिको कमाइ छोरीको पढाइमै खर्च भइहाल्छ । अङ्ग्रेजी मिडियमभन्दा कममा पढाउनु भएन, भविष्यको कुरा छ । अर्को सन्तान जन्माउने एड्भेन्चर पनि गर्न सकिन्न । म्याडमले कहिले अस्थायी साधन त कहिले चक्की गरेर सन्तानोत्पत्तिको पवित्र कार्य रोकेको रोक्यै छ । नत्र...।

लाइफ ‘रिड्युस टु फिट' गररे चलाउनु परिरहेछ । ऊ आफ्ना बग्रेल्ती नौ जना भाइबहिना सम्झन्छ । ऊ जमाना थियो कि यो जमाना छ । जे भए पनि, उहिल्यै एउटा सानो जग्गा किनरे राखिएको छ, चार आनाजति, यो चाहिँ सोचिएकै हो । त्यो बेचेपछि कतै टाढामा जग्गा किनरे र घर बनाउन पुिगहाल्ला कि भन्ने सोच्ने गरेको छ ।

ऊ मन्दिरको छेउमा पुिगसकेको छ । मन्दिरलाई दाहिने पाररे परिक्रमा गनर्पु र्छ । धार्मिक मान्यता हो । वामहरू पनि दक्षिण पारेरै मन्दिरको परिक्रमा गर्छन् । तर क्रान्तिको मातमा मूिर्तलाई लात्ताले हानिएको पनि हो लौ तेरो भगवानले के गर्छ भनेर । तर केही पनि भएन । भगवानले के गर्ने ? मूर्खदेखि दुवै डराए । भगवानले केही नगरे पनि जनताले पनि केही गरेन । जनता आफ्नो धार्मिक आस्थामा अडिगै रह्यो । मान्छेको आस्थालाई न दासप्रथाले भाँच्न सक्यो न वर्षौको जेलनेलले मोड्नसक्यो न गाउँका गाउँ सखाप पार्ने क्रान्तिले नै शेष पार्न सक्यो । …‘लौ जे होस्, ' उसले मनमनै भन्यो, ‘जय परमेश्ववरी ! रक्षा गर । जय पशुपतिनाथ देशको उद्धार गर !' ऊ यस्तै जप्दै मन्दिर परिक्रमा गर्दै थियो, देखियो आफ्नो सहमकर्मी पनि ठ्याक्कै त्यहीँ मन्दिरवरिपरि घुिमरहेको छ ।

…‘हेलो ! आज त भेट भइहाल्यो । कसो ? सुनेको त थिएँ तपाइ पनि मर्निङ वाकमा निस्कनु हुन्छ भनेर ।' सहकर्मीले उत्साहसाथ भनेको छ । उसले साथमा श्रीमती पनि लिएर आएको छ । नभए श्रीमतीले नै मन्दिर जाउँ भनेर कर गरेकीले आएको पो हो िक ? श्रीमती को अगा िड ऊ उत्साहप्रदर्शन गरिरहछे । उसकी श्रीमती तीसेककी लाग्छे । देहयष्टि सुडौल छ । रङ गोरो, उज्यालो । उसका आखाले छिटछिटो निरीक्षण गर्छन् । निरीक्षण उसले आफूलाई नियन्त्रणमा राखरे गरेको छ । मन्दिरको पवित्र परिसरमा कलुिषत दृिष्टले हेर्नु छैन । ऊ आफ्नै यौन मनोविज्ञानदेिख त्रस्त छ । राम्री र जीउ मिलेको नारीप्रति उसमा बढी लुब्धता छ । सहकर्मीकी श्रीमती सादा सुती धोतीमा छे । भखर्र बिहे भएको त होइन ? सोध्नु भएन । चुल्ठो पनि कालो, सघन र लामो छ । ऊ आफू लाई सतर्क तुल्याउँछ । मनमनै भन्छ, ‘पर्दा हाल् पर्दा, यी दोषी आँखामा । आँखाबाट भित्र तेरो मनको कलुषित भाव उदाङ्ग देखिँदै छ ।'

बिहान छेवैको कोठाको ढोकाअगाडि फुकालरे राखिएका काला चम्किला स्यान्डिल सम्झन्छ, तर उसले सहकर्मीकी श्रीमतीको नमस्कार आत्मीयता र सज्जनतापूर्वक फकाई सकेको पनि छ । सहकर्मीकी श्रीमतीका अबिरले रङिएका टुप्पा राता पुष्ट अौँलाहरूतिर उसको ध्यान खिँचिएको छ । मनोविचलन नआअोस् भनेर ऊ मनमनै ‘जयराम श्रीराम' पुकारि पनि रहेछ ।
…‘म त फकर्न लागेको । अबेर हुन लाग्यो । लौ, दिउँसो भेटौँला ।'
…‘हुन्छ हुन्छ। म पनि फकिर्हाल्छु। म त आज मात्रै यता आएको । यिनले कर गरेकी हुनाले ।' सहकर्मीको स्पष्टीकरण उसले पूरै नसुनेर हिँिडहालेको छ, हतारहतार त्यहाँबाट, सहकर्मीकी श्रीमतीको नरजबाट बच्दै । अलि पर पुगपेछि फकर्रे हेरेको पनि हो । कस्तो मिलेको जीउ । …‘साला…' उसले आफूलाई बीचमै रोकेको छ, अश्लीलताप्रति सचेत हुँदै ।

ऊ अझ टाढाटाढा भइसकेको छ । भित्रको यौन भावना पूरै टकटकाउन सकेको छैन । भालेपन सिउर ठडाएर चर्न हिडँ्न खोज्दै छ । उसलाई यो भावनाले निकैिनकै प्रताडित गरेको छ र ऊ यसबाट पीडित पनि छ । कहिलकोहीँ लाग्छ भीष्म पितामहले झैँ काटेरै फालिदिऊँ भन्ने झोक पनि चल्छ । कहीकतै पनि नारीको मिलेको सुन्दर देहयष्टि देख्नै हुँदैन , गर्धन उचाल्न थालिहाल्छ । आँखामा त्यो भाव उत्रेर आउन थाल्छ ।

यौन पीडित हो कि ऊ ? ऊ आफैँसित प्रश्न गर्छ । हो, तर त्यस्तो त होइन । होइन भने एकमाथि अर्को खप्टिएर पल्टिएका ती काला चम्किला स्यान्डिल ?
केटो हप्तापन्ध्र दिनमा केटी फेरिरहन्छ । के काम गर्छ ऊ ?
ऊ अगाडि बढेको छ । ऊ जस्तै मर्निङ वाकमा हिडँ्ने अर्को एक जना छ, तर ऊ त्यसलाई चिन्दैन ।
यहीँिनर धेरैजसो भेट भइरहन्छ । अनुहार मसारेर हेर्छ र विश्लेष्क देिखन्छ, कुनै अनिष्ट योजना बनाइरहेजस्तो । उसलाई निकै घोत्लिएजस्तो गररे हेर्ने गर्छ । मान्छे तगडै छ । यतैकतैको हुनुपर्छ । उ जस्तै कर्मचारी हो िक ? अथवा व्यापारी ? सुगरको रोगी हो कि ? तर मान्छे ठीक लाग्दनै उसलाई । मैत्री भाव छैन अनुहारमा । अरूको मन पढेजस्तो गर्छ । मनको कुिटलता बुझेर कसैिसत के सबैिसत सधैँ रिसाइरहेजस्तो देिखन्छ । तर ऊ अलि डराउँछ यस्तो मान्छे देखेर । आफ्नो चोरी समातिन्छ कि भन्ने भय पनि लाग्छ, यस्ता भेदक आँखा छन् त्यो मान्छको नाङ्गेझार पारेर पोस्टमाटर्म गर्ने खालका ।

ऊ त्यो मान्छेितर नहेरी अगाडि बढेको छ । आजको दिन ठीकठाक नबित्ने हो कि भन्ने आशङ्का लाग्छ उसलाई । फटाफट हिडेर कोठातिर पुग्ने हतारो गरेको छ । मेन सडकमा बिहानको यातायात बाक्लिन थालेको छ । मर्निङ वाकमा सधैँ भेट्ने मान्छेहरूप्रति ऊ बेपरवाह छ । तर त्यो एक जनालाई भने ऊ नोट नगरी रहन सक्तनै । त्यो मान्छे उसलाई सधैँ यसरी घुरेर हेर्छ, मानाँै ऊ किन यसरी मर्निङ वाकमा अत्तो न पत्तोिसत निस्कन्छ। अरू काम छैन कि? उसलाई घुरेर हर्ने मान्छे पुड्केपुड्के छ । टाउकामा टोपी छ, भादगाउले, पुरानो । तर मान्छे निरोगी लाग्छ । उसको हेराइप्रति मात्र ऊ एक किसिमले सचेत छ । पहिलाको हुकुमी शासनदेिख नै मान्छेलाई वाचगर्ने काममा अभ्यस्त भिजिलान्ते जस्तो अथवा कुनै बिछोडिएको सहकर्मीलाई चिन्नचिन्न खोज जस्ता आँखाले पछ्याएर हेरिरहेजस्तो ।

ऊ सडकको अोरालोमा छ । पसिना भनेजति निस्केको छैन । उसले गतिलाई अझ बढाएको छ । छिमेकी केटाको ढोकाअगाडिका काला स्यान्डिल ऊ सम्झिरहेछ । चाडै पुग्, उम्केली ! उ अाफूलाइ हुट्हुट्याएको पनि छ । हाँसेको पनि छ । िकन म चाडैँ पुग्दैमा केटीले ढोकाबाटै कोठाभित्र तानिहाल्ने हो र ? समाल, आफूलाई समाल् । टोल छिमेककाले चिनेका छन्, नचिने पनि दिनदिनै देख्ने गरेकाछन् । के भन्लान् ?

अोरालो टुङ्गिएर डेरातिर मोडिने ठाउँ अगाडि त्यो मान्छे देखिएको छ, जसले उसको नमस्कार फर्काउने गर्दैन । किन ? ऊ आफैँ पनि बुझ्दैन । सबैदेखि रिसाएजस्तो छ । प्रायः ऊ यहीँनिर भेटिन्छ, उसैलाई कुरेर बसेजस्तो गरी । नजिक पुगेपछि भन्छ, ‘के छ हाकिमसाहबे !' स्वरमा उसको चिर्ने धार छ । यसलाई देखेपछि ऊ टाढैबाट पन्छिने गरेको हो तर यसरी अप्रत्याशित जम्कै भटे भएपछि नमस्कार गर्नै पर्यो, गर्छ । सिनियर हो ।

…‘केको हाकिम ?' ऊ रिसाएर भन्न चाहन्छ । सिनियरको टोन नै त्यस्तो छ— …‘तिमी हाकिम हुने लायककै छैनौ, कहिल्यै हुने पनि होइनौ ।' भनेर छेड हानेजस्तो ।
ऊ गम्भीर नभएर हाँिसदिन्छ । …‘हैन , तिमी सधैँ मेरो कुरामा किन हाँस्छौ, म यो बुझ्न सकिरहेको छैन है !' मर्निङ वाकको संवाद यस्तो हुनु नपर्ने हो । बिहान ऊ धेरै कुरा गर्ने मुडमा पनि हुँदैन , आफ्नो मनका कुरासित खेिलरहेको हुन्छ, आफैमा जबाफ–सबालको प्रक्रियामा व्यस्त हुन्छ । जगिङ र हिडाइले जीउ हलुङ्िगएको हुन्छ र ऊ मनमनै प्रसन्नताको अनुभव गरिरहेको हुन्छ ।

डेरामा पुग्दा उसकी छोरी केटाको कोठाबाट निस्किन लागेकी देख्छ ।
ऊ छोरीलाई त्यो कोठाबाट निस्कन लागेको दखेर अचम्म पर्छ । अचम्मको भाव निथ्रिएर पछि ऊ एक्कासि रिसको आवेगमा बग्छ ।

छोरी उसलाई देखेर सधैझैँ भन्छे, …‘हाय ड्याड, गडु मर्निङ ।'
आधुनिक शिक्षाको परिणाम हो यो, उसले पनि छोरीलाई अङ्ग्रेजी पढ्न र बोल्न प्रोत्साहन दिएकै छ । अङ्ग्रेजी मिडियममा पढाउनुको नत्र मतलबै के त ? उसले छोरीलाई अमेरिका पठाउने डलरमय सपना पालेको छ र छोरीमा पनि त्यही सपना कपी गराइरहेछ ।

छोरीको स्वर न कम्पित छ न अपराधबोधले विकतृ छ । ऊ सधैझैँ सामान्य अवस्थाकी नै देखिन्छे । ऊ केही निर्णय गर्न सकिरहेको हुँदैन , छोरीमाथि शङ्का गरोस् कि केही अरू कुरा नै प्रत्यक्ष सोधोस् । ऊ त्यस ठाउँ केही नभनी छोरीको पाखुरा समातेर कोठाभित्र लैजान्छ र अकस्मात् प्रश्न गर्छ,— …‘भन् त, तँ यति बिहानै त्यहाँ किन गएकी ?' सधैँ तिमी भनेर सम्बाधे न गर्ने छोरीलाई आज ऊ …‘तँ' भनेर हप्काइरहेछ , केरिरहेछ ।
…‘अमेरिका–अमेरिका' अङ्कल सेम उसको अगाडि उभिएर चिच्च्याइरहेछ ,— ‘त्यहाँ यो सब चल्छ । छोरीलाई अभ्यास गर्न दे ! लेट् हर प्राक्टिस् ।'

ऊ अरू पनि केही भन्न चाहन्थ्यो, भन्न होइन केन, तर रिस उसले अङ्कल सेमका कारण थामेको छ, ऊ थप एक शब्द बोल्न सकेको होइन ।

यसपल्ट उसकी छोरी चकित भएकी छ । उसले केही अनिष्ट आशय बुझेझैँ आँखाबाट आसुँ बगाउन थाली, भनी,— ‘बाबा मैले के गरेँ र ?' मम् हर्नोस् न बुबाले…'

पल्लो कोठामा केही गरिरहेकी उसकी श्रीमती छोरीमाथि बाबु रिसाएको सुनेर यतै आई । लोग्नेको रिसको आवेग भरिएको मुख देखेर भनी,— ‘बिहानबिहानै छोरीलाई किन रुवाउनु परेको होला ?' …‘हेर , तिमी यत्ति पनि समाल्न सक्तिनौ ?' …‘किन, के भो ? के गरी यसले ?' …‘यो पल्लो कोठाबाट निस्कँदै थिई ?' …‘त के भो ?'…‘हुनु के छ र नि बाँकी ? भइसकेपछि पछुताउनु पर्ला !' …‘केको पछुताउनु पर्ला नि ? कुरा बझ्नुसुझ्नु छैन , त्यसै..।' …‘के त्यसै ? यसै गररे छाडा छाडेपछि बिग्रिन्छन् छन् केटीहरू !' …‘चपु लाग्नुस् । छोरीको अगाडि भएनभएका कुरा गर्न लाज लाग्दनै ?'

…‘केको लाज ? छोरी तेरी मात्रै हो कि मेरी पनि हो?' …‘छोरी आफ्नी हो भन्दैमा जथाभाबी भन्न पाइन्छ ?' …‘केको जथाभाबी नि । बिहानबिहान अर्काको कोठाकोठा चहार्ने भइसकी यो ?' …‘बोलाएपछि बिहान नगएर के दिउसो जाने त ?' …‘कसले बोलाएर गई यो ?'
छोरीले बीचमै भनी,— ‘उताकी आन्टी बोलाउन आउनुभएकाले पो त…।'
ऊ ‘उताकी आन्टी' सुनेपछि अलि स्वस्थ भएको छ, निश्शङ्क् पनि अनि उसले लज्जाभाव लुकाउन झ्यालतिर हेरेको पनि छ, तर ऊ यो सोध्न चाहन्थ्यो,—‘त्यो उताकी आन्टी भनेकीको कति जारे स्यान्डिल छन् ?'…‘आन्टी आजै बिहान जिल्लाबाट आइपुगेकीले लोग्नेलाई दूध लिन पठाएर मलाई बोलाएर सोधेकी नि ।'…‘ के सोधेकी ?'…‘के सोध्नु नि, आफ्नो लोग्नेको चाला ?' यसपल्ट उसकी श्रीमतीले भनी ।

ऊ यस पटक छोरी र श्रीमतीतिर मुखामुख भएको छ ।…‘के भन्यौ त तिमीहरूले ?' उसले स्वर दबाएर साधेको छ मानौँ उताकी आन्टी बाहिर ढोकामा कान लगाएर उनीहरूका कुरा सुनिरहेकी छ ।

…‘के भन्नु नि ? दुनियाँलाई थाहा भएकै कुरो । लोग्नेमान्छेको जात !' उसकी श्रीमतीको स्वर आक्राशपूर्ण थियो ।

…‘लोग्नेमान्छेको जात भनेर सबैलाई एउटै टाँगोले सोरेर उसकी श्रीमतीले दोषारोप गरेकी छ र उसलाई लागेको छ ऊ पनि ती सबैका साथ निरावतृ भएको छ ।

(अभिव्यक्ति १५२)

Segments: 
Author: 

Comments