Song
Nepali Sont गीत
मनमा राख्या मान्छेलाई, दोबाटोमा फालेपछि/ रमेश पौडेल
मनमा राख्या मान्छेलाई, दोबाटोमा फालेपछि
ढुक्क भा'को होला अहिले,फाटेको मन टालेपछि
नफाल्नुथ्यो राखेपछि , फाले पछि यस्तै हुन्छ
मागी मागी पराइ मन, टालेपछि यस्तै हुन्छ
ठेस लाग्ने उही पाईला, अन्तै तिर चालेपछि
ढुक्क भा'को होला अहिले, फाटेको मन टालेपछि
आफ्नै मनले धोका दिई, भोलि फेरि ढाँट्यो भने
त्यही टालो काम लाग्ला, अर्को तिर फाट्यो भने
झलमल्लै होला मुहार, लाख बत्ती बालेपछि
मनमा राख्या मान्छेलाई, दोबाटोमा फालेपछि
Author
Segments
Language
समयसँग सम्झौता हैन सङ्घर्ष गर/ जीवन शर्मा
म मरे पनि मलाई मेरो देशको माया छ/ लक्ष्मण लोहनी
म मरे पनि मलाई मेरो देशको माया छ
यो छातीभरि मुरीका मुरी नेपालको माया छ
म खेलेँ जहाँ म हुर्कें जहाँ त्यही आँगन प्यारो छ
यो छातीभित्र लुकेर आउने माया नै माया छ
सेरो र फेरो यो देश मेरो माटोको माया छ
वीरका छोरा नेपाली मेरा पूर्खाको माया छ
जहाँ म जाऊँ नेपाली हुँ म नेपालको माया छ
धर्तिमा मेरो भन्ने नै यही छ यसैको माया छ
Author
Segments
Language