Song
Nepali Sont गीत
देशले रगत मागे मलाई बली चढाऊ / गोपाल योञ्जन
जीवनको हरेक मोडमा तिमीले मलाई भेट / गोपाल योञ्जन
चुमेर पानाभरि यति म लेखिदिन्छु / गोपाल योञ्जन
गल्ती हजार हुन्छन् यहाँ होश हराएको बेला / गोपाल योञ्जन
केही चोटले ज्ञानी हुन्छ धेरै चोटले बानी हुन्छ / गोपाल योञ्जन
ए मलाई माया गर्छु भन्ने हजुर / गोपाल योञ्जन
दशैं / लेखनाथ पौड्याल
गधा बोल्छ / लक्ष्मीप्रसाद देवकोटा
मालिक मानिस ! ही ही हः !
ही ही ह हः ! ही ही हः !
ईश्वरसँग के मैले मागें बुद्धिको निट्ठुर खर वरदान
बुद्धि जो गुन्दछ बाँड्दछ बुन्दछ
फेल्दछ जेल्दछ हान्दछ ठेल्दछ
फेरि रोप्दछ फेरि उखेल्दछ
बुद्धिको बलियो कमजोरी तपाईंहरुको बोक्रे शान
प्रकृति नउत्रने ठेलमठेला ठेली निकाल्नोस् पढ्नोस् ल
संसार धुँधला छायामा
क ख ग घ ट ठ ड !
मालिक मानिस ! ही ही हः !
घाँस बनाउन घाँसको बीउ नै नभई तपाईको शक्ति छ !
मालिक मानिस ! ही ही हः !
पुतली / लक्ष्मीप्रसाद देवकोटा
म रङ्गीचङ्गी छु वसन्त छोरी ।
म जन्मिएँ कोकिलले कर्राई ।।
झुसिल्किराको सपना सिँगारी ।
दिए पखेटा प्रभुले मलाई ।।१।।
म हूँ पहीली बुझ पङ्खदार ।
वसन्तको फूल लिँदी सिँगार ।।
कता कताको सुकुमार सार ।
फुलेर उठ्दो क्षणको विचार ।।२।।
आकाश जस्तो सुनसान चित्त ।
हुँदा फुरी भाव नयाँ विचित्र ।।
इन्द्रनी जस्तो रंगरुप पाई ।
उचालिए झै म उडें रमाई ।।३।।
म बीउ झै ली सपना सुतेथें ।
झरी र छाया अनि घामभित्र ।।
क्यै कुत्कुतीले बुझ पङ्खदार ।
बनी उडें क्या कलिली विचित्र ।।४।।