Loading

स्मृतिको यात्रा मनका डोब / सुदर्शन अधिकारी

कविहरू शब्दसँग खेल्न माहिर हुन्छन्। गद्यकारका तुलनामा कविको शब्दचयन पृथक हुन्छ र उनीहरूको शब्दसंरचना दोहोर्याई तेहर्याई पढ्न लायक हुन्छन्, यदि राम्रो कवि पर्यो भने। सुन्दर कविता सिर्जना र लालित्यपूर्ण् गीत रचनामा सिद्धि प्राप्त गरेका सुप्रसिद्ध कवि कञ्चन पुडासैनी पछिल्लो समयमा गद्य रचनातर्फमोडिएका छन्।

यसो त उनले थोरै भए पनि पहिलेदेखि नै गद्यसमेत लेख्दै आएका हुन्। केही समयअघि उनको 'अधुरो उपन्यास अधुरा इच्छा’ प्रकाशित भएको थियो भने त्यसअघि आएको 'स्मृतिको यात्रा मनका डोब’ संस्मरण संग्रहको राप र तापसमेत कायम नै छ।

कवि कञ्चनले काव्यमा जस्तै संस्मरण संग्रहमा पनि कवित्वभावलाई मर्न दिएका छैनन्। उनले एक एक शब्द तौलिएर, काँटछाँट गरेर अनि खिपेर चयन गरेका छन्। त्यसैले उनको गद्यमा पनि कता कता एक किसिमकमो छन्दको आभास पाउन सकिन्छ। यिनलाई बा•ोटि•ो पारेर राखिदिने हो भने गद्यकविताको छटा सहजै प्राप्त गर्न सकिन्छ।

लामो कालखण्ड नेपाली काव्य क्षेत्रमा बिताएर अनेकन कविलेखक साहित्यकारहरूसँग अन्तरंग संगत गरेका कवि कञ्चनको संस्मरणमा आफनो युगमा अतुलनीय योगदान पुर्याएर इतिहास निर्माण गरिसकेको साहित्य महारथीहरूको नखुलेका पाटासमेत पाउन सकिन्छ। उनले यो पुस्तकमा आफना सबैखाले गद्यरचनाहरू समेटेकाले छ्यासमिसजस्तो पनि देखिन पुगेको छ।

कतै नियात्रा, कतै संस्मरण त कतै राजनीतिक लेखसमेत यसमा मिसिन पुगेको छ। यसबाट विधागत वैशिष्ट्य खोज्ने पाठकलाई ढुंगा लागेजस्तो हुन सक्छ। तर पनि एउटै पुस्तकमा विविध स्वाद चाहनेका लागि खोजेजस्तो हुने सम्भावना पनि छँदै छ।

'झापामा साहित्य-सेमिनार एक विहार’ रचना कवि कञ्चनको सुन्दर नियात्रा हो। उनले यसमा प्रकृतिचित्रण, व्यक्तिको भित्री तहसम्म पुगेर मूल्यांकन अनि आफना अन्तरकुन्तरका भावलाई छताछुल्ल पोखेका छन्। यसमा नेपाली साहित्यका कतिपय दुलभ र नलेखिएका पाटा पनि पाउन सकिन्छ। उनी कुनै अनुच्छेदमा रसिक देखिन्छन् भने कुनैमा भावुक पनि। एक अनुच्छेद हेरौं ः
ँसधैं दुब्लाएजस्ती पातली सुश्री प्रेमा शाह मनमनै केही खोजिरहेजस्ती, कसैले एकदमै बिर्सिएजस्ती कता-कता हुनुहुन्थ्यो। उहाँले राजधानीको कुनै सम्मेलनमा 'आऊ, मलाई सम्भोग गर !’ भनेर कविता सुनाउनुभएको थियो क्यार। त्यसैले यी रहस्यगर्भा सुकुमारीसँग त्यस कविताको चर्चा गरेर कसै-कसैले उहाँको मुटु छाम्न कोसिस गरे। तर उहाँको शिथिल चेष्टा हेर्दा त्यो कुनै रोमाञ्चकारी कुरा थिएन, नशा भए-रहेको सुरा थिएन। डेढ-दुइ घण्टा कविसम्मेलन चलेपछि पनि उहाँलाई मञ्चमा हेन नपाउँदा कागजी चिटको प्रयोग गरीकन सम्मेलनका अध्यक्ष्यद्वारा बोलाइयो। सम्भोगका लागि खुलेआम आह्वान गर्ने शहरकी सुन्दरीबाट केही धीतै पर्ने उद्गारको आशा राखिएको थियो। तर मञ्चमा आएर प्रेमाले केवल तीन-चार पंक्तिको एउटा यस्तो कागज सुनाइदिएर हिँड्नुभो, सभामा खूबै खल्लोपन फैलिएको थियो।’

यो अनुच्छेदबाट पनि थाहा हुन्छ कवि कञ्चन रहस्य, रोचकता र रोमाञ्चकारी लेखनमा माहिर छन्। अर्को उत्कृष्ट लेखन महाकवि देवकोटासम्बन्धी संस्मरणमा पाउन सकिन्छ। कुनै समय महाकवि देवकोटासँग अत्यन्त नजिक भएर काम गरेका उनले महाकविको विभिन्न पाटालाई सजीव रूपमा उतारेका छन्। अन्य शर्ीष्ाकमा रसिक अभिव्यक्ति पनि दिएका उनले यसमा कारुणिक स्वर उरालेका छन्। उनी लेख्छन्- ँदेवकोटासँग बिदा भएर म एक जना एकेडेमीका सदस्य लेखकज्यूको बैठकमा पुगेको थिएँ।

अलि बेरमा उहाँ पनि त्यहीं आइपुग्नुभो र ढोकामा उभिएरै लेखकज्यूसँग भन्नुभयो- तपाईंसँग दर्ुइ रूपियाँ होला.... जी - भए चिया खान सापट दिनुहोस् न ¦ म एक्कासि मर्माहत र लज्जित पनि भएँ मानौं मैले नै उहाँलाई यस हालतमा पुर्याएको हुँ। आज उहाँले शायद केही खानुभएको थिएन। यता बसौं न देवकोटा जी ¦ रुपियाँ अहिले दिन्छु भनेर नोकर्नीलाई चिया बनाउन आज्ञा दिंदै ती लेखकज्यूले एउटा कविता अंग्रेजीमा अनुवाद गरिदिन पेश गरे। उहाँ कुर्सी बस्नुभयो र अनुवाद बोल्दै जानुभयो।

लेखकज्यूसँगै बसेका उनका मित्रले लेख्तै गए। एक लामो कविताको अनुवाद सहजै पूरा भयो। अनि महाकवि देवकोटा एक कप चिया खाएर, दुइ रूपियाँ पाएर निस्कनुभो।’
संस्मरण र यात्रा संस्मरण तब मात्र पठनीय र संग्रहणीय हुन्छ, जब लेखक लेखनप्रति इमानदार हुन्छ। संस्मरण यस्तो विधा हो, जसमा लेखकले आफनो बारेमा बढाइचढाइ गरेर लेख्न सक्ने सम्भावना प्रशस्त हुन्छ। यी र यस्ता दोषबाट मुक्त हुनु लेखकका लागि ठूलो कुरा हो।

यी संस्मरणहरू पढ्दा कवि कञ्चन धेरै हदसम्म मुक्त नै भएको देखिन्छ। उनले यसमा केवल साहित्य र साहित्यकारसँग मात्र सम्बन्धित संस्मरणहरू नराखी मानवेतर प्राणीलाईसमेत पात्रका रूपमा उभ्याएका छन्। यसले पनि छुट्टै स्वाद दिएको छ।
कवि कञ्चनको गद्य कवितात्मक छँदै छ, त्यसमाथि बीच-बीचमा उनले कविताका अंश पनि समावेश गरेका छन्। यी कवितापंक्तिले सुनमा सुगन्ध थप्ने काम गरेको छ।

आफना कुनामा थन्किएका कवितालाई काममा ल्याउने उद्देश्यले नभई सान्दर्भिक रूपमा कवितापंक्ति आएका छन्।

यस हिसाबले उनको यो गद्यकृतिलाई चम्पु भन्न सकिने अवस्थासमेत रहेको छ। कवि कञ्चनले आफना अन्य गद्य रचनाहरू पनि संग्रह गर्दै जानुपर्छ। आगामी संग्रहमा भने सबै गद्य एकै ठाउँमा नमिर्साई त्यसको वर्गीकरण गरेर निकालेमा अझै उत्तम हुने देखिन्छ।

कृति: स्मृतिको यात्रा मनका डोब
लेखक ः कञ्चन पुडासैनी
प्रकाशक ः रत्नदेवी पुडासैनी
मूल्य ः रू. १२५/

[साभार: नेपाल समाचारपत्र]

Segments: 

Comments