सियो रोप्दा सानो होला कोदालाले कपे हुन्छ / बूँद राना

Author

सियो रोप्दा सानो होला कोदालाले कपे हुन्छ ।
धेरै ठाउ छ दिलमा अझै चोट थपे हुन्छ ।।

सधै सागै बस्ने गरी आउादैन वसन्त नि
बर्सातको भेल बाढी एकैछिन खपे हुन्छ ।।

औडाहामा डुबे हुन्छ आखाभरि पोखरीमा
कठ्याङ्ग्रिए यो मुटुको अगेनामा लपे हुन्छ ।।

चोर आैला देखाउछन् एक्लै खादा दुनियाले ।
मिलिजुली हसुरेमा सुनेको छु 'बफे' हुन्छ ।।

बाध कतै बाध्या छैन पर्खाल नि हाल्या छैन ।
आकाशले भन्छ 'बूँद' आट झिकी टपे हुन्छ ।।

[मधुपर्क मासिक]

Segments