Author
शङ्का के अब पनि उसको बयानमा होला
क्यै न क्यै दम त उसको अडानमा होला
पाइन्छ भने कतै किन्ने थिए म बरु आजै -
माया र सद्भाव भन्नुस् कुन दोकानमा होला
बोल्नू तर खूब होस पुर्याएर मात्र बोल्नू
बोल्दा खिलाफ त्यो कसैको सानमा होला
चुच्चोमा लिएर गुड उड्छौ किन हरदम आकाशमा
सुरक्षित जीवन तिम्रो के त्यस्तो उडानमा होला
Segments
Language
- 10 views