शैलेन्द्र साकार पुरस्कृत

चैत्र २०, काठमाडौ/ ३० औं कथा दिवस अवसरमा शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यकार शैलेन्द्र साकारलाई पुरस्कृत गरियो भने साहित्यकार डा. बेञ्जु शर्मालाई मैनाली कथा सम्मानले सम्मानित गरियो।

साहित्यिक पत्रकार संघले  हरेक वर्ष प्रदान गर्ने हरिहर शास्त्री- सावित्रीदेवी साहित्य पुरस्कार यस पटक साहित्यकार साकारलाई प्रदान गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काँइलाले शैलेन्द्रलाई १५ हजार रुपैयाँको सो पुरस्कार हस्तान्तरण गरे ।

कार्यक्रममा समालोचक डा. लक्ष्मणप्रसाद गौतमले पुरस्कृत र सम्मानित स्रष्टाबारे टिप्पणी गरेका थिए ।

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom