Author
सधैँको लागि आउने भए मेरी बनाउँला
फकाउँला, फुलाउँला, गिज्याउँला, हँसाउँला !
वसन्ती फूलबारीमा बढाई प्रेम प्यारीमा
चमेलीको छहारीमा बसी माला गुथाउँला !
घुमाई हातमा पङ्खा टहल्दै ग्रीष्म मैह्नामा
फोहोराको किनारामा गजल गाई सुनाउँला !
बिजुली मेघ गर्जन्छन् कडा वर्षा ऋतु लामो
बगैँचा बङ्गलामाथि कविता नै पढाउँला !
शरदमा शान्त जङगलको खुला मैदानमा जाई
हजारौं काइदा चुम्बनकला जम्मै सिकाउँला !
ऋतु हेमन्त, शिशिरमा अति एकान्त खोपीमा
जनम्भर संझना रहने मिठो प्रीति लगाउँला !
Segments
Language
- 16 views