Loading

ऋग्वेदसंहिता / हरि अधिकारी

सुप्रसिद्ध आयुर्वैज्ञानिक डाक्टर प्रसन्नचन्द्र गौतमको संयोजकत्वमा गठित संस्कृत, अंग्रेजी र नेपाली भाषाका लब्धप्रतिष्ठ विद्वान्हरूको छ सदस्यीय टोलीले एक वर्षभन्दा बढी समयको कठोर परश्रिम लगाएर मानव सभ्यताकै एक अमूल्य निधिका रूपमा रहेको ऋग्वेदसंहिताको नेपाली र अंग्रेजी अनुवाद तयार गरेको छ । यी दुईमध्ये नेपाली भाषाको संस्करण मुदि्रत भई प्राज्ञिक क्षेत्रमा लोकपि्रयसमेत भइसकेको छ भने अंग्रेजी संस्करणको प्रकाशन संयुक्त राष्ट्रसंघको आंगिक निकाय- युनेस्कोबाट हुने भएको छ । विश्व सांस्कृतिक सम्पदाका रूपमा सूचीकृत पुरातन लौकिक साहित्य ऋग्वेदको अंग्रेजी रूपान्तरणका बारेमा पाठकवर्गलाई आवश्यक सूचनासामग्री उपलब्ध गराउने हेतुले अनुवादक टोलीले सन्दर्भ कृतिका रूपमा एन् इन्ट्रोडक्सन टू दी मोडर्न इङ्लिस ट्रान्सलेसन अफ रग्िवेद संहिता विथ् मन्त्र, पद-पाठ, अन्वय, मिनिङ् एन्ड इसेन्सको प्रकाशन गरेको छ । कुलचन्द्र गौतम स्मृति संस्थानद्वारा प्रकाशित यस सन्दर्भ-ग्रन्थमा ऋग्वेदसंहिताको अनुवादको परकिल्पनादेखि प्रकाशनसम्मको प्रसंगलाई समेट्नुका साथ अनुवाद प्रक्रियामा अपनाइएका आधार, विधि र मानदण्डको पनि चर्चा गरएिको छ ।

श्रुति परम्पराबाट संरक्षित र संग्रहित हुँदै आएको र स्थापित व्याकरणको अस्ितत्व कायम हुनुभन्दा अगाडिको संस्कृत भाषामा रचना गरएिको हुनाले ऋग्वेदको भाषान्तर गर्नु अत्यन्त गाह्रो काम बन्न पुगेको छ । अरू कुनै पनि प्रकारको साहित्यरचना नगरएिको समय, समाज र सभ्यताको एक मात्र अभिलेखसमेत वेद नै भएकाले यसका ऋचा वा मन्त्र वा सूक्तहरूमा निहित स्पष्ट र गूढ दुवै अर्थ फुकाउन तिनको बहुआयामिक अध्ययन हुनुपर्ने हुन्छ । ऋग्वेदका मन्त्रहरूका जटिल अर्थहरूले वैदिककालीन समाज र सभ्यतामाथि पनि प्रकाश पार्न सक्छन् । वैदिक समाजका नैतिक मूल्य-मान्यता, व्यक्ति र परविारका बीचको सम्बन्ध, सामाजिक संरचना, विधि-विधानका साथै त्यतिबेलाको राज्यपद्धतिका बारेमा समेत वेदका ऋचाहरूले धेरै हदसम्म खुलासा गर्छन् । त्यसैले, वेदका ऋचाहरूको अनुवादलाई पूर्णताको निकट पुर्‍याउने हो भने अनुवादकहरूको टोलीमा भाषाविद्हरूका साथसाथै पुरातत्त्वविद्, इतिहासवेत्ता, समाजशास्त्री, विधिवेत्ता आदि पनि संलग्न हुनु आवश्यक हुन्छ ।

ऋग्वेदसंहिताको अनुवाद गर्ने उद्देश्यका साथ बनाइएको टोलीमा त्यसैले हुनुपर्छ, आ-आफ्ना क्षेत्रका मूर्धन्य विद्वान्हरूलाई समावेश गराइएको देखिन्छ । ऋग्वेदको भाष्य गर्ने यसअघिका प्रयत्नहरूभन्दा नेपाली विद्वान्हरूले गरेको यसपटकको प्रयत्न सम्पूर्ण अनुवादको निकट हुने विश्वास अनुवादकहरूले गरेकालाई आधारहीन दाबी भन्न सकिँदैन । ऋग्वेदको भाष्य गर्ने प्रथम भारतीय विद्वान् सयनाचार्यदेखि प्रोफेसर विल्सन र प्रोफेसर गि्रफिथ (अंग्रेजी अनुवाद) ए ल्याङ्ल्वाँ (फ्रेन्च), ए लुइविग, एच ग्रासमान र केएम गोल्डनर (जर्मन)सम्म सबैले एक्लाएक्लै अनुवाद गरेकाले तिनका अनुवादहरूमा कतिपय ऋचाहरूको त्रुटिपूर्ण व्याख्या भएको र कतिपय मन्त्रहरूको अर्थगाम्भीर्यको निरूपण नै गर्न नसकिएको उल्लेख गर्दै प्रसन्नचन्द्र गौतमको टोलीले पूर्ववर्ती अनुवादहरूमा रहन गएका कमजोरीहरू हटाउने चेष्टा गरेको जनाइएको छ । गौतमको टोलीको यस सत्यांशको मात्रा कति छ, त्यसको निरूपण भने नेपाली र अंग्रेजी दुवै भाषाका संस्करणहरूको गहन अध्ययनपछि मात्र हुनसक्छ ।

डाक्टर प्रसन्नचन्द्र गौतम र सहकर्मी अनुवादकहरूको टोलीले ऋग्वेदको भाष्य तयार गर्दा त्यो सकेसम्म त्रुटिरहित होस् र हरेक मन्त्रमा निहित बहुआयामिक अर्थ खुल्न सकोस् भनेर बडो यत्नसाथ अभ्यास गरेको देखिन्छ । वेदका हरेक मन्त्रका प्रणेता, तिनको कालक्रम र तिनका आराध्यदेव आदिका विषयमा प्रकाश पार्दै भाष्यकारहरूले हरेक मन्त्रका छुट्टाछुट्टै शब्दहरूको क्रमबद्धता वा अन्वयको खुलासा गरेका छन् र तिनका बीचको अन्तरसम्बन्ध स्थापित गर्दै समग्रमा मन्त्रको अर्थ खुलाउन खोजेका छन् । साथै, कुनै पनि मन्त्रको शाब्दिक अर्थ खुल्ने अनुवाद गरसिकेपछि त्यस मन्त्रले दिन खोजेको मूल सन्देश वा त्यसको सारतत्त्व सरल अंग्रेजीमा दिइएको छ । यसलाई ऋग्वेदका मन्त्र वा ऋचाहरूको भावानुवाद वा विधान अनुवादका तर्फबाट गरएिको व्याख्या पनि भन्न सकिन्छ ।

ऋग्वेदमा संहिताबद्ध मन्त्रहरूको लिखित रूपको भन्दा श्रुतिमूल्य अधिक भएको र उत्तरवैदिककालीन संस्कृतको वैयाकरणीय नियमबद्धतामा आधारति रचना भएकाले यी मन्त्रहरूमा भएका शब्दहरूको एकभन्दा बढी अर्थ बोक्ने मात्र होइन, तिनको सही अन्वय नभएसम्म राम्रोसँग अर्थ खुल्न नसक्ने पनि हुनसक्छ । यसैलाई ध्यानमा राखेर हुनसक्छ, नेपाली अनुवादकहरूको टोलीले ऋग्वेदसंहिताको अनुवाद गर्दा पद-पाठ र अन्वयमा विशेष जोड दिएका छन् । ऋग्वेदका सन्दर्भमा पद-पाठको कस्तो महत्त्व हुन्छ भन्ने कुरामाथि मुख्य अनुवादक डाक्टर प्रसन्नचन्द्र गौतमले आफ्नो प्राक्कथनमा प्रकाश पार्नुभएको छ ।

ऋग्वेदसंहिताको अनुवादको यस परयिोजनाका सन्दर्भमा एउटा उल्लेखनीय पक्ष के रहेको छ भने यस सत्कार्यको परकिल्पना र व्यवस्थापन पेसाका हिसाबले चिकित्सक डाक्टर प्रसन्नचन्द्र गौतमले गर्नुभएको हो । आयुर्विज्ञानका क्षेत्रमा काम गर्ने क्रममा धेरै समय विदेश -एबर्डिन, स्कटल्यान्ड)मा रहनुभएका डाक्टर गौतमले आफ्नो वैयक्तिक अभिरुचिको कामका रूपमा वेदको नेपाली भाष्य तयार गर्ने परकिल्पना गर्नुभएकामा गर्दै जाँदा त्यही परकिल्पनाले बृहत् रूप लिन पुगेको र मानव सभ्यताको विकासका क्रममा एउटा अन्यतम् लौकिक साहित्यको दर्जा पाएको ऋग्वेदको नेपाली र अंग्रेजी भाषाको रूपान्तरण हुनसकेको सुखद परण्िााम सबैका सामु आएको छ । निजी परकिल्पना र आर्थिक व्ययभारमा यत्रो ठूलो काम सम्पन्न गर्न सकेकामा डाक्टर गौतमलाई साधुवाद दिनैपर्छ ।

प्राचीन आर्य लौकिक साहित्य ऋग्वेदको अध्ययन, मनन गर्न चाहने, संसारभरकिा जिज्ञासु विद्यार्थी, अनुसन्धाता र प्राज्ञहरूलाई नेपाली मात्रले दिएको एउटा अमूल्य उपहारका रूपमा पनि ऋग्वेदका यी दुई भाष्यहरूलाई लिन सकिन्छ । विश्वविद्वत् समुदायका बीच नेपाली प्राज्ञलाई परििचत गराउने एउटा विशिष्ट उपकरण पनि बन्न सक्छ, यो विपुल ग्रन्थ-युग्म । नेपाली भाषाको ऋग्वेदसंहितासम्म आमनेपाली विद्यार्थी र पाठकको पहुँचलाई लिएर भने गम्भीर सन्देह हुनसक्छ किनभने, दुई खण्डमा विभाजित त्यो महान् ग्रन्थको नेपाली भाष्य कुल ३ हजार ४ सय ६३ पृष्ठको छ र यसको मूल्य ४ हजार पर्छ । यो नेपाली संस्करण र अब युनेस्कोद्वारा प्रकाशन गरनिे अंग्रेजी संस्करण दुवैलाई सरल र सुलभ ढंगमा आमपाठकसमक्ष पुर्‍याउने व्यवस्थासमेत गर्न सक्ने हो भनेचाहिँ डाक्टर गौतमको परकिल्पना र संकल्पको सार्थकता अझै बढ्ने थियो । हुन त ऋग्वेद सामान्य पाठकको उच्चतम् रुचिको ग्रन्थ नहोला तर यसलाई बढीभन्दा बढी पाठकसम्म पुर्‍याउन सक्दा केही फाइदा नै हुन सक्दो हो । प्राचीन आर्यसभ्यताको आलोकबाट हाम्रो समाजको चेतनालाई जगाउँदा हामी मानसिक रूपले अलिकति भए पनि थप सम्पन्न हुने थियौँ होला ।
(Source: Nepal Weekly)

Segments: 
Author: 

Comments