रचना फिर्ता गर्नुपर्दा

मैले काम गर्ने संस्था राष्ट्रिय वाणिज्य बैङ्कले 'उपहार' नामको त्रैमासिक पत्रिका प्रकाशन गर्ने रहेछ । त्यो पत्रिका बाहिर बजारमा नआउने भएकाले खासै पाठकहरूले भेउ पाएका थिएनन् । सुरूमा यस पत्रिकाभित्र कर्मचारीको तालिम सरुवा बढुवा र कर्मचारीहरूका केही आर्थिक लेख, रचना र सामान्य साहित्यिक रचनाहरू छापिने गरेका रहेछन् र साहित्यिक क्षेत्रमा त्यस पत्रिकाको खासै नाम चलेको रहेनछ । २०४६ सालको परिवर्तनपछि त्यो पत्रिकालाई पनि बजारसम्म पुर्‍याउनुपर्छ भन्ने चर्चा चलेपछि २०४७ सालमा बैङ्क व्यवस्थापनका एक व्यक्ति नियात्राकार देवीचन्द्र श्रेष्ठले जोड गरेपछि कुमार भट्टराई -शार्दुल भट्टराई) र मलाई त्यस पत्रिकाको सम्पादन गर्ने जिम्मा दिइयो ।

२०४८ सालको नयाँ वर्षसँगै बजारमा ल्याउने हिसाबले हामी तयारीमा लाग्यौँ । विभिन्न लेखकहरूसँग चिठीद्वारा लेख रचनाहरू लिनका लागि हामी निकै मेहनतका साथ लागि पर्‍यौँ । पत्रिका निकाल्ने काम त्यसमा पनि साहित्यिक पत्रिका निकाल्न कति गाह्रो हुँदोरहेछ भन्ने कुरा त्यो हाम्रो एकवर्षे समयले मलाई धेरै कुरा सिकाएको छ । त्यसैमध्येको प्रसिद्ध हास्यव्यङ्ग्यकार केशवराज पिँडालीसँगको सानो संस्मरण नै यो लेखको मूल अभिष्ट हो । लेखक पिँडाली त्यस समयमा साप्ताहिक विमर्शसँग सम्बन्धित थिए । पञ्चायती शासनकालमा एउटा दरिलो पत्रिका साप्ताहिक पत्रिकाका रूपमा स्थापित भइसकेको उक्त पत्रिका बहुदलीय व्यवस्थामा पनि राम्रै ख्यातिमा थियो तिनताकसम्म । २०४७ सालको फागुन महिनामा म उनीसँग हास्यव्यङ्ग्य लेखका निम्ति 'उपहार' पत्रिकाको लेटरप्याडमा लेखिएको चिठीसहित विमर्श साप्ताहिकको कार्यालयमा गएँ । डिल्लीबजार उकालोमा रहेको बाटुले घरमा गएँ । मैले कहाँ देख्नु र चिन्नु केशवराज पिँडालीलाई । आठ कक्षामा पढ्दा पडेको खै-खै नै उनीसँगको पहिलो साक्षात्कार मेरो पछि विमर्श साप्ताहिकका हास्यव्यङ्ग्य रचनाहरू पढेको थिएँ । साप्ताहिक विमर्शमा कम्प्युटरको सारा काम गर्ने मेरा गाउँले भाइ चन्द्र खतिवडा थिए । मैले उनलाई भेटेर आफू आएको वृतान्त सुनाएपछि उनले मलाई पिँडाली बस्ने च्याम्बर देखाइदिए । मैले उनको कोठामा गएर नमस्कारसहित चिठी दिएँ । कालो भादगाउँले टोपी, सर्ट र प्यान्ट लगाएका र पावरदार चस्मा लाएका पिँडाली कुर्सीमा घुँडामा हात राखेर ढल्केर बसेका थिए ।

उनले आफूसँग तत्काल लेख तयारी अवस्थामा नरहेको र लेख लिन १५ दिनपछि आउनु भनेपछि म आˆनो बाटो लागेँ । त्यो समय इमेल, ˆयाक्सको समय पनि थिएन । पिँडालीसम्बन्धी एउटा रोचक अर्को कुरा पनि म पाठकहरूसमक्ष राख्ने अनुमति चाहन्छु । २०५७ सालको दृष्टि साप्ताहिक पत्रिकामा -महिना र गते थाहा भएन) प्रवल रूपाखेती नामका एकजना लेखकले प्रसिद्ध चिनीया कथाकार लु सुनको ध्यलमचष्लन कथा सङ्ग्रहको ज्बउउथ ज्omभ नामको कथालाई केशवराज पिँडालीको कथासँग हुबहु मिलेको र उनले सरासर त्यही कथाबाट अनुवाद गरी आˆनौ मौलिक रचना भनेर लेखेको कुरा उल्लेख गरेका छन् । त्यसका केही पंक्तिहरू समेत प्रमाणका रूपमा पेस गरेका पनि छन् । त्यसैको प्रतिक्रिया स्वरुप लगतै साप्ताहिक विमर्शमा 'मृत्यु विषम' नामका लेखकले त्यसको दरो खण्डन गरेका पनि छन् । भाषा शैली र लेखनको प्रतिवाद हेर्दा त्यो केशवराज पिँडालीले नै पो लेखेका हुन् कि ? जस्तो भान पर्छ । तर विडम्बना त्यसपछि न त प्रबल रुपाखेती नै साहित्यमा आए न त भृगु विषमले नै लेखी टोपल्ने साहस गरे आजसम्म । त्यसको केही समयपछि प्राध्यापक डा. वासुदेव त्रिपाठीले केशवराज पिँडालीको समग्र लेखनका विषयमा एउटा लामो लेख गोरखापत्रको शनिवारीय परिशिष्टाङ्कमा प्रकाशित गराएका छन् यस्तो संयोग लगभग एकै समयमा पर्न गएको छ ।

पन्ध्र दिनपछि म लेख लिनका लागि पुनः साप्तहिक विमर्शको कार्यालय पुगेँ । मैले आफू लेख लिन आएको भनेपछि उनले भने ए Û तपैँ ब्याङ्कबाट आउनुभएको हो भने । मैले हो भनेपछि आˆनो कोटको खल्तीबाट लेख निकालेर दिए र म सरासर आˆनो बाटो लागेँ । खै-खै लगायतका थुप्रै चर्चित हास्यव्यङ्ग्य लेखेर प्रशस्त ख्याति कमाएका र भैरव अर्यालपछिका चर्चित हास्यव्यङ्ग्यकारका रूपमा दरिएका पिँडाली पछिल्लो समयमा साप्ताहिक विमर्शमा नियमित स्तम्भ लेख्ने गर्दथे ।

उनी कहिलेकाहीँ आˆनै नामसमेत उल्टो पारेर लेख्दथे डा वलिकेश पिजरा भनेर । पाठकहरूमध्ये धेरैलाई थाहा हुन सक्छ उनले तत्कालीन मालेका प्रवक्त मदन भण्डारीलाई 'मनभरी दण्डा' र दृष्टि साप्ताहिकमा देब्रेकुना स्तम्भ लेख्ने व्यङ्ग्यकार विमल निभालाई 'मलभाविनी' भनेर उल्टा अक्षर पारेर लेखेका थिए ।

हाम्रो उपहार पत्रिकाका लागि उनले दिएको हास्यव्यङ्ग्य रचना पनि पञ्चायतकालका तत्कालीन हस्तीहरू सूर्यबहादुर थापा र लोकेन्द्रबहादर चन्दलाई नामै किटेर गर्नुसम्म गाली गरेका रहेछन् । हाम्रो साहित्यिक पत्रिकाका सल्लाहकारहरूले आˆनो संस्थाबाट प्रकाशित पत्रिकामा उक्त लेख छापिन नसक्ने बताएपछि हामी धर्मसङ्कटमा पर्‍यौँ । त्यो लेख आखिर फिर्ता गर्नै पर्ने भयो । जसरी हामीले लेखका लागि अनुरोध गरेका थियौँ ठीक त्यही ढङ्गले चिठी लेखेर कुमार दाइको सम्पादकको हस्ताक्षरसहितको चिठी बोकेर उक्त लेखसहित फिर्ता गर्नका लागि म आफैँ विमर्श कार्यालयमा गएँ । संयोगवश त्यस दिन पिँडाली अफिस गएका रहेनछन् । मैले सुटुक्क भाइ चन्द्र खतिवडालाई चिठीसहितको लेख फिर्ता गरेर आफू लुसुक्क हिँडे । त्यसदिन पिँडालीसँग भेट भएको भए मेरो हविगत कुन हँुदो हो । आज यो संस्मरण लेखिरहँदा म सम्भिmरहेको छु । पछि उनका साथीहरूसँग उनले गुनासो गरेका रहेछन् । हामीले त्यो पनि थाहा पायौँ । आजसम्म कसैले पनि मेरा लेख रचना फिर्ता गरेका थिएनन् । झण्डै बीस वर्षपछि यो कुराको सम्झना गर्दा म अहिले पनि आफैँसँग प्रश्न गरिरहेको छु । हामीले केशवराज पिँडालीको त्यो रचना फिर्ता गरेर ठीक गरेछौँ कि बेठीक गरेछौँ ।

(gorkhapatra.org.np)

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom