Loading

पुस्तक प्रदर्शनी सम्पन्न

काठमाडौँ, २०६७ माघ १२ गते
पर्यटन प्रवर्द्धनका लागि शिक्षा भन्ने मूल नाराका साथ साझा प्रकाशनले सञ्चालन गरेको बृहत् पुस्तक प्रदर्शनी बुधबार सम्पन्न भएको छ ।

साझा प्रकाशनद्वारा राष्ट्रिय सभागृहमा यही माघ ३ गतेदेखि सुरु गरिएको सो प्रदर्शनीमा करिब रु. ५० लाखको पुस्तक बिक्री भएको छ ।

प्रदर्शनीमा विभिन्न तह, संकायका पाठ्यपुस्तक, साहित्यिक कृति, बालसाहित्य, विज्ञान, दर्शनलगायत साझाबाट प्रकाशित पुस्तक राखिएको थियो । पुस्तक खरिदमा २० देखि ८० प्रतिशत छुटको पनि व्यवस्था गरिएको थियो ।

मन्त्री, सभासद्, विभिन्न राजनीतिक दलका नेता, प्राध्यापक, बुद्धिजीवी, साहित्यकार, कलाकार, पत्रकारका साथै विभिन्न उमरेका विद्यार्थीको प्रदर्शनीमा सहभागिता रहेको थियो ।

प्रतीक ढकालको सेती पनि, काली पनि, चीनको विचित्र चित्र, सगरमाथाको आधार शिविरलगायत छवटा शीर्षकमा राखिएका पुस्तकमध्येबाट एक हजारभन्दा बढी पुस्तक बिक्री भएको छ भने महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, राष्ट्रकवि माधवप्रसाद घिमिरेको गौरी नामक खण्डकाव्य छ सयको हाराहारीमा र जगदीश घिमिरेको अन्तर्मनको यात्रा चार सयको हाराहारीमा बिक्री भएको सो प्रदर्शनीका उपसंयोजक सन्तबहादुर महतले बताउनुभयो ।

त्यसैगरी बीपी कोइरालाका विभिन्न कृति, कृष्णप्रसाद भट्टराईको म र मेरो म नामक कृति, झमक घिमिरेको जीवन काँडा कि फूल जस्ता पुस्तकप्रति आकर्षण रहेको पाइयो । रदर्शनी सबभै न्दा महँगा मानिएका ऋग्वदे का संिहता भाग एक र दुई गरी रु. चार हजार ५०० पर्ने दार्शनिक पुस्तक २५ थान बिक्री भएको छ ।

(रासस)

Segments: 

Comments