साहित्य समाज ब्रुनाईको शुभकामना कार्यक्रम सम्पन्न

ब्रुनाई १६ अप्रिल २०११, विश्व नेपाली साहित्य महासङ्घ संग सम्बद्ध प्रवासी नेपाली साहित्य समाज बेलायत ब्रुनाईले शुभकामना कार्यक्रम भब्यताका साथ सम्पन्न गर्यो ।

नयाँ बर्ष २०६८ लाई स्वागत गर्न ब्रुनाईको सेरिया स्थित साहित्य समाजले आयोजना गरेको साहित्यिक कार्यक्रममा ब्रुनाईका राजधानी जिआरयु सेरिया लगायतका स्रष्टाहरुको सहभागिता थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि राजेश थापाबाट दियो प्रज्वलन गरेर शुरुवात भएको थियो ।

नेपाली राष्ट्रियगानमा सबैले उठेर सम्मान व्यक्त गरे लगतै उपस्थित सबैलाई समाजको तर्फबाट उपाध्यक्ष विश्वदीप तिगेलाले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमलाई  प्रमुख अतिथि अतिथी उषा लिम्बु, गोपिलाल लिम्बु, इन्द्र गुरुङ, सन्त आङदेम्बे, बलबहादुर लिम्बु लगायतले सम्बोधन गरेका थिए । महेश वनेम, हिमकला राई, जनमाया तेम्बे, इन्द्र गुरुङ, कल्पना, मेधावी, मलियाना, श्रृति लिसा लगायत डेढ दर्जज स्रष्टाहरुले आ-आफ्नो सिर्जना बाचन गरेका थिए ।

गायक किसन राई र सुनिता लिम्बुको सांगीतिक प्रस्तुतिले कार्यक्रममा आकर्षण थपेको थियो ।

संस्थाको बारेमा विस्तृत जानकारी दिदै नयाँ बर्षको शुभ कामना ब्यक्त गर्दै समाजका अध्यक्ष सुरेन्द्र इङनामले सभाको विसर्जन गरेका थिए भने कार्यक्रमको संचालन समाजका सहसचिव नयन लिम्बुले गरेका थिए ।

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom