खाली पन्ना
- असीत राई
खाली पन्ना
तिम्रो नाङ्गो छाती शब्दहरूले सिँगार्न सकिनँ
अक्षर र वाक्यको माला पहिर्याउन सकिनँ
मेरो जीवनको बोझ त्यहाँ उतार्न सकिनँ
तिम्रो कोमल छाती रक्ताम्य बनाएर
- Read more about खाली पन्ना
- 9 views
Nepali Poetry Poem नेपाली कविता
- असीत राई
खाली पन्ना
तिम्रो नाङ्गो छाती शब्दहरूले सिँगार्न सकिनँ
अक्षर र वाक्यको माला पहिर्याउन सकिनँ
मेरो जीवनको बोझ त्यहाँ उतार्न सकिनँ
तिम्रो कोमल छाती रक्ताम्य बनाएर
- भविलाल लामिछाने
लुगा-फाटा, अन्न-पानीको भाउ बढ्दा
सपना खान्छन्, सपना ओढ्छन्
सपनासँगै सुत्छन्
जसलाई अघि अघि लगाई
बन्छन् मुलुक विजेता
गणतन्त्रको शब्दकोशमा
तिनैलाई भनिन्छ जनता ।
(असम)
- बिन्द्या सुब्बा
तिमी उदास रहन्थ्यौ
म बालुवाको घर बनाउँथेँ
मनका फूलहरूले
फूलबारी सजाउँथेँ
जीवनको हात समाएर
जस्तै भएपनि दु:ख गर्थेँ
अचेल तिमी साह्रै खुसी छौ
असाध्य व्यस्त रहन्छौ
- प्रवीण राई जुमेली
ढुङ्गाहरू हुनु मात्र एउटा सत्य हो यहाँ
कठोरता ढुङ्गाभित्र पसेको हुनु अर्को सत्य हो ।
सत्य हो बरका दानाहरू चराले खानु पनि ।
पुन: चराको बिस्टाबाट झरेर कुट्मेरोको टोड्काभित्र
- टकध्वज जिम्बा 'आशा'
भन्छन्
सबैले सधैँ
ढुंगाको मन हुँदैन भनेर
त्यो निर्जिव हुन्छ किनकि
तर
ढुंगाको मन नहुँदो हो
त्यो समुद्रको किनारमा
बालुवा भएर
आँखाभरि भिज्ने थिएन
फेरि
- सञ्जय वान्तवा
दार्जीलिङ,
पीडाहरण भएको असाध्य घाउ लिएर
कोढीको खुट्टामा हिँडिरहेछ ।
परेको बेला कोढीको पनि पाउ मल्नु भन्छन्,
दार्जीलिङ टाइगरहिलको पखेरामा बसेर
- कणाद महर्षि
अहिलेभन्दा पहिले राम्रो लेख्थेँ
भनूँ भनूँ लाग्यो
आफूले आफैँलाई सोध्न मन लाग्यो
- हो कि होइन?
अब उत्तर म के दिऊँ
सोधेको आफैँले
सोधेको आफैँलाई
जवाफ दिनुपर्ने आफैँले ?