Loading

Poem

बिन्ती डिट्ठा विचारीसित म कति गरूँ / भानुभक्त आचार्य

बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलिभोली ।

की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् इ भोली
भोलीभोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।।

Segments: 

सपना / नारायण श्रेष्ठ

Narayan Shrestha
सपना नै सही
त्यो खोलाको पानीमा खुट्टा चोबल्दै

Segments: 

ईश्वर तैँले रचेर फेरि / लक्ष्मीप्रसाद देवकोटा

ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस् ?
सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ?
त्यो फूल हरे मलाई दिई कसरी पछारिस् ?
हे दिदी मैले ती मुना देख्ता मुनाको मुहार
ती मुना पनि मर्दछिन् भन्ने थिएन विचार

Segments: 

दाल भात डुकू / लक्ष्मीप्रसाद देवकोटा

दुःखको लामो सडकमा,

पीरको केही छडकमा,

चल्दथे 'टुक टुक टुकू!'

आफूजस्तै लाख हेरी,

बेला, बेला,

पार्न साजा ध्येयध्वनि नै मानवी डरबाट फेला,

जसको आत्मा रस-घुट्को,

पथमा चल्दै'टुक टुक टुकू!'

'टुक टुक टुकू!'

 

डाक्टरहरुले मानव-मुटुमा स्टेथोस्कोमा कान थापी

एक रोमान्टिक अर्थ लाउँथे,

'लबढब! लबढब' बोल्छ रे त्यो

भन्ने मिथ्या खूब फिजाउँथे!

मानो लभ्को कोही ढुक्कुर, स्वप्नदलमा नीड बनाई

बोल्छ भाइ!

शिरी फरादका स्वप्न गाई!

मेडिकल विज्ञान मिथ्या भन्न कर लाग्यो मलाई!

यो रोमानी अर्थ लाई!

Segments: 

पोखरा / लक्ष्मीप्रसाद देवकोटा

माछापुच्छे!'हिमशिखरको बादशा' पोखराली !

देखेँ तिमै्र वरपर सबै पश्चिमा राज्य खालि !

डाँडाकाडाँ वन नद दरी सम्थली औ कराली

साराका छौ प्रभु सरि तिमी दिव्य श्रीपेच डाली !

 

राजा ! तिम्रो बगल महिषी अन्नपूर्णा हिमाल

नीला गादी उपर डटिँदा हुन्छ शोभा कमाल !

राजारानी ! हृदय कविको तृप्त कैल्यै हुँदैन !

नेपालीले हुकुम दुईको छातिले बिसर्िदैन !

 

हाम्रो राष्ट्र प्रकृति रचना छन् प्रधानै हिमाल !

चूली राजा बहुविध जहाँ सत्यका नीतिपाल !

सेतो छापा सकल दिलमा पर्छ आदेश सार !

Segments: 

झरना / लक्ष्मीप्रसाद देवकोटा

पहाडको शिखरबाट

     देखें झरेको जल ।

मेरो मनमा बत्ती बले

     हजारौं झलमल ॥

त्यो पानीको झरनामा

     शक्ति कति छ लुकेको ।

देख्‍न सके कति त्यसमा

     बत्ती बिजुली बलेको ॥

तर हाय त्यसै नै पग्ली

     पानी व्यर्थ बहन्छ ।

तत्त्व हामी जान्दैनौं

     भित्र भित्रै रहन्छ ॥

के हामी मानिसका

     हृदयका गिरिमा

छैनन् यस्तै अटूट

     निर्मल जलका झरना ?

हामीभित्र भए यदि यस्ता

Segments: 

माली / लक्ष्मीप्रसाद देवकोटा

बिनी बिनी बीउ सजाउँछु

दिलको सलिल छरेर भिजाउँछु

 

बिरुवा बहुत बढाई,

जीवनभित्र सुगन्ध भिजाउँछु

कलिला फूल फुलाई

उमङ्गहरूमा म वसन्त फुलाउँछु

नव मलयपवन बहाई ।

 

उजाड भर्दछु रङ्ग वैभवले,

पल्लव कलिले सौरभ नवले

 

कल्पनाको बाग;

भावनाका मसिना रवले

भर्दछु मीठो राग

सज्दछु अनुभव-रजनी-लवले

गर्दछु आह्लाद-पराग ।

 

काँढामाथि सिहरी चल्छन्

आँसुहरूका रसले फुल्दछन्

दिव्य हाँसी कविता-फूल

हृदय घटाका जलले खुल्छन्

अधर हजार मृदुल;

Segments: 

आफ्नो घर / लक्ष्मीप्रसाद देवकोटा

विचार ! घुस तेजिला, हृदयमा उज्यालो भर

अँधेरि निशिमा परें किरण छाउ हे सुन्दर ।

दिनोदय समानको मधुर दृश्य देखाउन

हजारमा मृदुभावका सुकल बोल ब्यूँझाउन ।

 

उठोस् सिरिसिरी गरी पवन प्रातको शीतल

समान शुभ-कामना प्रिय सुवासले मञ्जुल ।

उडाउ खग-कल्पना गगन दिव्यमा पूर्वको,

जहाँ, उदय मोहनी सुख छ सत्य-सौन्दर्यको ।

 

जवाकुसुममा हुने तुहिन-विन्दु झैं निर्मल

सुगोल, रसिला खुला हृदय-पत्रका हुन् जल ।

सुवर्ण रङ झल्किऊन् जलन पग्लिने बादल

नबोल्न सकिने, फिका, लघु विचार झैं कोमल ।

 

Segments: 

गरीब / लक्ष्मीप्रसाद देवकोटा

गरीब भन्छौ ? सुखको म झैं धनी

     मिल्दैन संसारभरी कतै पनि ।

विलासको लालस-दास छैनँ म

     मीठो छ मेरो रसिलो परिश्रम ।

 

प्रयासको पत्थरमा नदीसरि

     बहन्छु हाँसी म तरङ्गले भरी ।

म पोखरी झैं उहि ठाउँ जम्दिनँ

     छ शुद्ध यो जीवनको सबै कण ।

 

निधार मेरो पसिना-जडाउ छ

     मोती तिनैको अनमोल भाउ छ ।

छ शान्तिको सुन्दर दीप वासमा

     पीयूषको स्वाद छ गाँसगाँसमा ।

 

छ भोक मीठो, रसिलो प्यास

Segments: 

Pages

Comments

Subscribe to Poem