Poem

१/ हे नारायण के भयो !/ माधव घिमिरे

पानी सिमसिम बर्सिएर सकियो आषाढको रातमा
निस्के झिम्झिम ज्योतिमा जुनकिरी ओस्याइला फाँटमा
फारी बादल शैलको शिखरमा तारा उदाइन् अब
आई विष्णुमती-पवित्र तटमा मेरी निदाइन् अब

Segments: 

के लेख्नु मैले पर्यो/ माधव घिमिरे

धर्ती यो हरियो थियो सगरका तारा उज्याला थिए
मेरै प्रीति सुहाइ कान्तिपुरका सन्भुयाल अग्ला थिए
छाया आज पर् यो छिप्यो छवि कहाँ के देख्नु मैले पर् यो
आँसूमा अब चिप्लियो कलम यो के लेख्नु मैले पर् यो !

Segments: 

कसले ल्यायो नयाँ वर्ष / चट्याङमास्टर

छयालीस साल यहीँ आ’थ्यो पछि हट्यो अघाएर !
कसले ल्यायो यो साठी साल, सात साल नल्याएर ?
हाम्ले क्रान्ति गरी ल्या’को एउटै साल नदोर्याएर !
डुबाए देश हरेक साल नयाँ वर्ष लेराएर ! !

Segments: 

औँलाहरू चुमेर / बैरागी काइँला

औँलाहरू चुमेर औँलाभरि सलाम
मेरो हजुरलाई आँखाभरि सलाम ।
के बिराएँ ? नजरले चुमेँ
ती फूल जो ओठमा फुले
के बिराएँ ? हत्केलामा थापेँ
ती केश जो लाजमा झुके
मानेँ, कि मेरो हजुरलाई

Author: 
Segments: 

सिंहशमशेर र चीरहरण / महेश प्रसाई

सबैलाई थाहा छ
सत्य निर्वस्त्र हुन्छ ।

त्यो सत्य
आजकी द्रौपदी हुन्
ती द्रौपदी निर्वस्त्र छैनन् ।

मणिमाणिक्य
हीराजवाहरात
वस्त्र आभूषण
इत्यादिले सजिएकी
द्रौपदीलाई
चौतर्फी चीरहरण गर्न

Author: 
Segments: 

गालिबको चिहान / प्रकाश सायमी

घर वा सपिंग मल बन्ला
हाउजिङ वा आकाशे बजार बन्ला
केही पनि बन्नसक्छ यो भूमिमा ।
धेरैवर्ष पछि
यहाँ गगनमहल बन्ला
वा मल्टिकम्प्लेकसको प्रसिद्ध भवन ।

व्यस्त भरिभराउ
वा हेर्नै नसकिने

Segments: 

हजार सपना र मनमाया / विमला तुम्खेवा

यो बाटोको अन्तिम बिन्दु
यो आकाशको क्षितिज

उसले कुल्चिएर गएको पाइतलाको खत
कसरी हरायो
कतै,
समुद्रको तूफान भएर ।

पीरले पोतिएको उसको कालो अनुहार
पृथ्वीको कुन रेखामा पर्छ

Segments: 

आमालाई सञ्चो छैन / चन्द्रकला नेवार

हिजोआज आमालाई सञ्चो छैन

हन्हन् ज्वरो आएको छ !

ती कुटिल आँखाहरु स्थिर छन्

'ढोका उघारी राख्नु' भन्छन् ।

अनायासै-

अनियन्त्रित् हुरी

हन्हनाउँदै छिर्छ

सिरेटो हान्छ

Segments: 

Pages

Comments

Subscribe to Poem
Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom