Poem
Nepali Poetry Poem नेपाली कविता
Ek Yug Bhayo / Bhim Darshan Roka
Phewatal / Bhim Darshan Roka
Barshat / Bheem Darshan Roka
Moon and Heartfelt Love
आमा बन्यौ निष्ठूर / रुद्र ज्ञवाली
सम्वत् साल थियो बहत्तर नयाँ बैशाख मैन्हा थियो
बाह्रौं सौर्य गते र सप्तम तिथी आकाश मैलो थियो
छुट्टीमा शनिवारको दिन सबै सामान्य लाग्थ्यो तर
घुम्दै बाह्र थियो सुई समयको काँपिन् धरा थर्थर
घाँटी च्याप्प सुक्यो र ढक्ढक गरी बढ्दै गयोे स्पन्दन
छातिभित्र अनिष्टको अगतिलो घण्टी बज्यो टङ्टङ
हल्लिए सबथोक कम्पित भए गाग्री घडा पल्टिए
ढोका झ्याल दलिन कट्कट गरी थर्केर काँप्दै थिए
भुइँचालो, भुइँचालो ! देशै काम्न थाल्यो / राष्ट्रकवि माधव घिमिरे
उही नयाँ साल आएको छ / चार्ली डेल्टा बराल
मुबायलगीता / कोमलप्रसाद पोखरेल
भिरेर नित्य साथमा बजाइहिँड्छ गीत क्वै,
लिएर सेट हातमा लगाइहिँड्छ प्रीत क्वै
लगेर नित्य कानमा हलो जुवा त नार्छ क्वैक
हजुर् हजुर् हवस् भनी घुमेर बात मार्छ क्वै ।
यता गयो मुवायलै उता छ मान एसको
गरीब होस् तथा धनी यही छ सान देशको
छ क्लासमा मुवायलै छ जाँचमा मुबायल
लिएर नोट हातमा सफल हुने मुबायल ।
म पनि द्यौता मान्छु / बालकृष्ण सम
म पनि द्यौता मान्छु जोगी
म पनि द्यौता मन्छु;
तर तिम्रो र मेरो द्यौतामा
आकास र पृथ्वीको भिन्नता छ ।
तिमी उसलाई आँखा चिँम्लदा
अमूर्त चिन्तनको बादलामा देख्छौ
म उसलाई आँखा उघार्दा
प्रत्येक मानिसको प्रिय दर्शनमा देख्छु
अवश्य मेरा तीन अरब द्यौतामा
अस्पष्ट्ता छ, धमिलोपन छ विकार छ
म त्यही हटाउन कविता लेख्छु
अझ कविता दर्शन देऊ भन्छु
देवत्व नै कवितालङ्कार मान्छु
सत्यता भाव, शिवत्व ध्वनी
भीनस को प्रतिमा जस्तै नङ्गो
यथार्थता रससौन्दर्य ।