यूएईमा पारिजात स्मृति दिवस मनाइने

अविरही रिजाल, बुधाबी, २५ मार्च २०११/

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, यूएई च्याप्टरले आगामी २२ अप्रिल २०११ शुक्रवारका दिन अनेसास यूएई साहित्य दिवस तथा पारिजात स्मृति दिवस संयुक्त रुपमा एक समारोहका बीच भव्यताका साथ मनाउने भएको छ । यूएईमा सर्वप्रथम नेपाली साहित्यको बिजारोपण भएको दिनको स्मरण गर्न र पारिजातको स्मृति दिवस एकैसाथ मनाउने र अप्रतियोगितात्मक साहित्यिक गोष्ठी गरिइने कुरा च्याप्टरका अध्यक्ष समदर्शी काइँलाले बताएका छन् ।

अध्यक्ष काइँला भन्छन,"हामीले थोरै कार्यक्रम दिन्छौं तर प्रभावकारी र अर्थपूर्ण दिन्छौं | यसपटकको साहित्य दिवसमा पनि भिन्नै रौनकता ल्याउने कार्यक्रम रहेको र प्रसिद्ध उपन्यासकार तथा नेपाली साहित्यिक स्रष्टा पारिजातको सम्झना गर्दै यूएईमा साहित्यक गोष्ठी गर्नु हामी सबैको गौरवको कुरा हो |",

दुबईको सागर रेष्टुरेन्टमा दिनको ठीक ३:०० बजेदेखि शुरु हुने भनिएको सो कार्यक्रममा लघुकथा र चिट्ठी साहित्य मात्र प्रस्तुत गरिइनेछ । यस पटकको कार्यक्रममा लघुकथा र चिट्ठी साहित्यलाई महत्त्व दिइएकोले साहित्यकारहरुले लघुकथा र चिट्ठीको आकार २०० शब्दमा या अधिकतम दुई पेजमा नबढाइकन पठाउनुपर्ने र गालीगलौज तथा व्यक्तिगत मानहानि हुनेखालका रचनाहरुलाई प्राथमिकता नदिइने पनि बताइएको छ ।

यसको अलावा लघुकथा र चिट्ठी चपेटा बाहेक समय रहेको खण्डमा बहुल साहित्यलाई पनि स्थान दिइने कुराको जानकारी दिदै अध्यक्ष काइँलाले सर्जकहरुका रचनाहरु आगामी २०११ अप्रिल १५ शुक्रवारसम्म अनेसास यूएईको ई-ठेगाना inlsuae@gmail.com या inlsuae@yahoo.com अनिवार्य आइपुग्नुपर्ने पनि उनले बताए ।

स्मरण रहोस्, यस संस्थाले विभिन्न अवसर पारेर प्रतियोगितात्मक तथा अप्रतियोगितात्मक रुपमा यूएईव्यापी गज़ल मुशायारा र कविता गोष्ठीहरू सम्पन्न गरिसकेको छ ।

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom