पानी खाँदा सर्किएला होस गर / मनु ब्राजाकी

No votes yet

पानी खाँदा सर्किएला होस गर
तीर्खा फेरि फर्किएला होस गर ।

बाँचेजस्तो मर्न कहाँ सजिलो छ,
काल पनि झर्किएला होस गर ।

हिमालको मुनि बस्दा ओत होला,
पहिरो पो घर्किएला होस गर ।

उकालोमा दुवै गोडा ठीक थिए,
ओह्रालोमा मर्किएला होस गर ।

ऐना हेर्दा सम्हालेर हेर्ने गर्नु,
आफनै रूप चर्किएला होस गर ।

दुवै गाला अझै पनि सुख्खा नै छन्,
हृदयमै दर्किएला होस गर ।

ढुङ्गालाई धेरै माया नचढाऊ,
तिम्रो 'मनु' तर्किएला होस गर ।

(मधुपर्क)

Author: 
Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.