Loading

नेपाली निबन्धको अपूर्ण इतिहास

कवि, पत्रकार एवं बालसाहित्य सर्जक प्रमोद प्रधान केही समययतादेखि साहित्यका विभिन्न पक्ष्ाका अध्येता, अनुसन्धाता, समालोचक र इतिहासलेखकजस्ता विविध अवतारमा देखिँदै आएका छन् । उनले केही वर्षपहिले सम्पादन गरी प्रकाशमा ल्याएको नेपाली यौन कथा -दुई भाग) चर्चित र लोकपि्रय रहेको थियो भने मोरङमा पत्रकारतिाको अर्धशताब्दी, नेपाली बालसाहित्यको इतिहास र नेपाली बालवाङ्मय परचिय कोशजस्ता ग्रन्थहरूले तत्तत् विषयका विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई उपयोगी सन्दर्भ उपलब्ध गराएका छन् । यसअघि विभिन्न विधा र विषयका २२ थान कृतिको प्रकाशन गरसिकेका प्रधान यसपटक नेपाली निबन्धको इतिहास नामक महत्त्वपूर्ण शोधग्रन्थ लिएर पाठकसमक्ष प्रस्तुत भएका छन् । यो मोटो पुस्तकले नेपाली निबन्ध साहित्यको समग्रतामा अध्ययन गर्न भने सकेको छैन ।

प्राक्कथनमा प्रमोद प्रधान भन्छन्, "यस पुस्तकमा नेपाली निबन्ध विधा अन्तर्गत फस्टाउँदै गएका आत्मपरक, संस्मरणात्मक, यात्रा र हास्यव्यंग्य निबन्धलाई छुट्टाछुट्टै अध्यायमा विभाजन गरी तिनीहरूको विकासका अतिरत्तिm लेखक एवं कृतिहरूको अध्ययन र विश्लेषण गर्ने प्रयास भएको छ ।" लेखकको यस आत्मकथनबाट प्रस्ट हुन्छ प्रधानले नेपाली निबन्धको सांगोपांग अध्ययन गर्ने कष्टसाध्य प्रयत्न गरेका छैनन् । त्यसैले यो अधूरो र अपूरो छ । यस पुस्तकको गह्रँुगो सुनिने नेपाली निबन्धको इतिहास भन्ने नाम उपयुक्त देखिँदैन । यसको सट्टा लेखकले यस पुस्तकका लागि नेपाली निबन्धका प्रमुख पक्षहरूको विवेचना वा त्यस्तै सुहाउँदो अर्को कुनै शीर्षक रोजेको भए उपयुक्त हुने थियो भन्न सकिन्छ ।

निबन्धको विधा अन्तर्गतका आत्मपरक र वस्तुपरक भन्ने दुई उपविधाका बीचमा सुस्पष्ट विभाजनरेखा हुँदैन र यी दुई उपविधाको विशुद्ध स्वरूपको परकिल्पना गर्दा अलमलमा पर्ने ठूलो जोखिम रहन्छ भन्ने कुरातर्फ पनि लेखक प्रधानको ध्यान पुगेको देखिँदैन । यही कुरो संस्मरणात्मक वा गैरसंस्मरणात्मक नाम दिइएका निबन्धहरूका हकमा पनि लागू हुन्छ भन्न मिल्छ । लेखकका स्मृति विम्बका कुरा पनि गर्ने, विचारका तरंगमा पनि पौडने र कल्पनाको उडान पनि भर्ने ढंगको कुनै निबन्ध कृतिलाई कुन उपविधामा राखेर अध्ययन गर्न सकिन्छ ? यस्तो प्रश्न सोध्ने हो भने प्रमोद प्रधानलाई पक्कै पनि अप्ठ्यारो पर्न सक्छ ।

लेखक प्रधानले समीक्ष्य पुस्तकलाई नेपाली आत्मपरक/वस्तुपरक र संस्मरणात्मक निबन्ध, नेपाली यात्रा-निबन्ध, नेपाली हास्यव्यंग्य निबन्ध र साहित्येतर प्रबन्धात्मक रचनाकारहरू गरी चार मुख्य उपशीर्षकहरूमा विभाजन गरेका छन् । यी चार मुख्य परच्िछेदबाहेक सन्दर्भसूची र परििशष्टको प्रविष्टिबाट पुस्तकलाई थप सूचनाप्रद बनाइएको छ । परििशष्टमा समाविष्ट गरएिका १. नेपाली निबन्ध पुस्तकसूची ः क. आत्मपरक/वस्तुपरक र संस्मरणात्मक निबन्धकृति, ख. यात्रा निबन्धकृति र ग. हास्यव्यंग्य निबन्धकृति, २. लेखक अनुक्रमणिका र ३. पुरस्कृत निबन्ध पुस्तकहरूले नेपाली साहित्यका विद्यार्थीहरूलाई उपयोगी पाठ्यसामग्री उपलब्ध गराएका छन् ।

तर, यो सन्दर्भसूचीको सूक्ष्म अध्ययन गर्दा थाहा हुन्छ, लेखक प्रधानले यस पुस्तकमा नेपाली गद्यसाहित्यका केही अत्यन्तै महत्त्वपूर्ण कृतिको उल्लेख गर्न बिर्सिएका छन् र आफ्नो ठूलो मिहिनेत गरेर तयार पारएिको ग्रन्थलाई अधूरो र अपूरो छाडिदिएका छन् । छुट्न गएका त्यस्ता ग्रन्थहरूमा, सर्दार भीमबहादुर पाँडेको त्यो बेलाको नेपाल

-चार खण्डमा), विश्वेश्वरप्रसाद कोइरालाका मेरो कथा, आत्मवृत्तान्त र जेल जर्नल -दुई खण्डमा), ग्रीष्मबहादुर देवकोटाको नेपालको राजनीतिक दर्पण -अनेक खण्डमा), गणेशमान सिंहको मेरो कथाका पानाहरू -दुई खण्डमा), डा हर्कबहादुर गुरुङको मैले देखेको नेपाल, रेवतीरमण सुवेदीको इतिहास पुरुष गणेशमान सिंह, राधारमण उपाध्यायको मेरो जागिर यात्रा, तीर्थमान ज्यापूको मेरो जीवनका पानाहरू, कमलजंग कुँवरको गैँडालाई चार वर्ष, रमण घिमिरेको एक दर्जन एक, सूर्यनाथ उपाध्यायको अख्तियारमा छ वर्ष, रामराजाप्रसाद सिंहको आत्मवृत्तान्त आदि छन् । आत्मपरक, वस्तुपरक र संस्मरणात्मक निबन्धकृतिहरूको सूचीनामा तयार गर्दा लेखक प्रमोद प्रधानले नामोल्लेखसम्म पनि नगरेका यी कृतिहरूको विषयवस्तुगत र विचारगत दृष्टिले जुन ऐतिहासिक महत्त्व छ, त्यसको यहाँ उल्लेख गररिहनु आवश्यक छैन । यसबाहेक हालका केही वर्षदेखि निबन्ध/प्रबन्ध विधामा गहन र विचारोत्तेजक रचना दिएर नेपाली गद्यसाहित्यको श्रीवृद्धिमा योगदान गररिहेका शारदा शर्मा, अजय दीक्षित, वसन्त थापा, नरहर िआचार्य, प्रदीप गिरी, रवीन्द्र मिश्र, दिनेश सत्याल -सौरभ), सञ्जीव उप्रेती, अजित बराल, बुद्धिसागर चपाईं आदिको निबन्धकारतिाप्रति पनि लेखक प्रधान उदासीन रहेका छन् । यो सूची यतिमा मात्र सीमित अवश्य पनि छैन ।

प्रधानले नेपाली निबन्धको यो इतिहास तयार गर्दा राजनीतिक विषयवस्तुमाथि लेखिएका निबन्धहरू, टिप्पणीहरू, राजनीतिक व्यंग्य, पुस्तक समीक्षा, साहित्यिक विषयवस्तुमाथिका टिप्पणी आदिको उल्लेखसमेत गरेका छैनन् । यस्तो लाग्छ, लेखक प्रधान आफ्नो पुस्तकको विषयवस्तुको व्यापकताबाट आफैँ अल्मलिएका छन् र त्यस मेसोमा यिनले नेपाली निबन्धका बहुविध स्वरूपको चर्चा गर्नुभन्दा सजिलोसँग उपलब्ध सामग्रीको संयोजन गर्नमै सजिलो ठानेका छन् । लेखक प्रधान नेपाली निबन्धसाहित्यको गम्भीर अनुसन्धाताभन्दा सरकारी सम्पादक ज्यादा देखिएका छन् ।

माथि लेखिएका त्रुटिहरू हुँदाहुँदै पनि प्रमोद प्रधानको यस ग्रन्थले नेपाली गद्यसाहित्यको निबन्ध/प्रबन्ध विधाको एकसरो अध्ययन गर्न चाहने पाठकहरूलाई सघाउन सक्छ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ । प्रधानले नेपाली गद्य र निबन्ध साहित्यलाई ऐतिहासिक विकासक्रमसहित प्रस्तुत गर्ने चेष्टा गरेका छन् र यस मेसोमा उनले यस विषयमाथि लेखिएका अरू लेखकका ग्रन्थहरूको उदारतापूर्वक प्रयोग गरेका छन् । प्रमोद पूर्ववर्ती लेखक अनुसन्धानकर्ताहरूमाथि अलि बढी नै निर्भर भएका देखिन्छन्, यस कोणबाट हेर्दा ।

नेपाली निबन्धलेखकहरूको विवृत्ति तयार गर्दा प्रमोद प्रधानले पुस्तकाकारमा प्रकाशित लेखकहरूलाई मात्रै महत्त्व दिएको देखिन्छ, जसलाई ठीक मान्न सकिँदैन । नेपाली हास्यव्यंग्यकारहरूको चर्चा गर्ने क्रममा प्रमोदले हर िअधिकारी -यो पंक्तिकार)का जम्माजम्मी दुई थान व्यंग्यरचना भेटेको उल्लेख गरेका छन् । तथ्य यसभन्दा धेरै नै फरक छ । विक्रमीय '४० को दशकदेखि नै अधिकारीले व्यंग्य लेख्दै आएको र त्यसताका ती रचनाहरूको चर्चा-परचिर्चा पनि भएको थियो भन्ने कुरा नेपाली साहित्यका विद्यार्थी र अनुसन्धाता प्रमोद प्रधानको नजरबाट कसरी ओझेल भएको हो भन्न सकिँदैन । यसको सजिलो उत्तर हुनसक्छ, प्रधानको खोजपडतालमा कमजोरी थियो र उनले हर िअधिकारीका सन्दर्भमा सजिलै भेटिने मधुपर्कमा छापिएका रचनाको त उल्लेख गर्न भ्याए, धेरैवटा पत्रिकामा छरएिर रहेका अन्य निबन्धहरूसम्म यिनी पुग्न सकेनन् । प्रमोदको नजरबाट अधिकारीको जस्तै अरू लेखकहरूका फुटकर रचना पनि ओझेलमा परेको हुनसक्छ, जसले पुस्तकको गहनतामाथि प्रतिकूल असर पार्न सक्छ ।
(Source: Nepal Weekly)

Segments: 
Author: 

Comments