Loading

नेपाली कलामा हलचल/ केशवराज खनाल

नेपाली कला क्षेत्रमा बितेको वर्षले केही न केही छाप छोडेर गएको छ । अन्य वर्षको तुलनामा २०६७ साल अलि बेसीनै हलचल युक्त रहृयो । गत वैशाख ३ गते नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले सपथ लिएपछि एकेडेमीको स्व्ाागत गर्ने र विरोध गर्ने क्रम पनि सुरू भयो । एकेडेमी गठन प्रक्रिया गलत भएको जिकिरका साथ पुन गठन गरिएको एकेडेमीले पनि पहिलाको जस्तै सबै विधालाई समेट्न सकेन र क्षेत्रगत रूपमा पनि नियुक्ति नभएको विरोधमा केही कलाकार र कला संस्थाहरू मिलेर अर्को छुट्टै संस्था गठनगरे जसलाई नेपाल प्राज्ञिक परिषद् नाम दिइयो ।

कार्यक्रमका हिसाबमा गत वर्ष थुप्रै कार्यक्रम भए । प्रदर्शनीको सङ्ख्या पनि तुलनात्मक रूपमा बढेको पाइयो । वर्षको सुरूवातसँगै ललितकला एकेडेमीले वर्ष महिला कला प्रदर्शनी गर्‍यो । यस लगत्तै नेपालका विभिन्न भूभागका थुप्रै कलाकारहरूलाई राजधानीमा डाकेर राष्ट्रिय चित्रकला कार्यशाला सम्पन्न गर्‍यो । सिर्जना कलेज अफ फाइन आर्टको आयोजनामा पलाञ्चोक भगवती मन्दिर नजिकै २ दिने चित्रकला कार्यशालाको आयोजना सम्पन्न भयो । एकेडेमीले गरेको कार्यशालाको प्रदर्शनी हालसम्म अनिश्चित छ भने सिर्जना क्याम्पसको आयोजनामा भएको कार्यशालामा सिर्जत कलाको प्रदर्शनी वैशाख १ गते उद्घाटन हुनेछ । यसै सेरोफेरोमा लसना नामक संस्थाले पनि विविध कला सम्बन्धी कार्यक्रम गर्‍यो । कलासम्बन्धी जन साधारणलाई जनसाधारणलाई सचेत गराउने र कलाकार समीक्षक र अन्य कलासँग सम्बन्धीत व्यक्तिहरूसँग अन्तरक्रिया गर्ने कार्यलाई लसनाले यो वर्षपनि निरन्तरता दियो ।

त्यस्तै लसनाले आयोजनामा गत वर्ष 'ग्लोकोलाइजेशन अफ आर्ट, कन्टेमप्रोररी आर्ट प्रेक्टिसेस' कार्यशाला सम्पन्न गर्‍यो । सो बृहत कला कार्यशालामा भारत अमेरिकाका कलाकार कला समीक्षकसँग नेपाली कलाकार र कला समीक्षक कला लेखकहरूको साक्षात्कारले नेपाली कला क्षेत्रमा नौलो आयाम थप्यो । यसका साथै सोही कार्यक्रमको अवसरमा क्यानभासबाहेक 'अल्टरनेटीभ' माध्यममा कला कार्यशाला र प्रदर्शनी समेत आयोजना गर्‍यो । साथै ग्राफिक पि्रन्ट र वेयरेवल आर्ट विषयमा पनि कार्यशाला र प्रदर्शनी सफलताकासाथ सम्पन्न गर्न सफल भयो ।

गत वर्षको अर्को महत्त्वपूर्ण कार्यक्रम भने रूपन्देहीको बुटवलमा सम्पन्न भयो । नेपाल कमर्शियल आटिष्ट सङ्घ, रूपन्देहीको आयोजना र मूर्तिकारहरूको साझा संस्था 'आरम्भको' संयोजनमा भएको विशाल प्रस्तर मूर्तिकला कार्यशाला नेपालकै नमुना मूर्तिकला कार्यशाला बन्न पुयो । स्थानिय र राजधानीबाट गएका २० जना कलाकारले लगातार १२ दिन लगाएर बुटवलको हिलपार्कमा विशाल मूर्तिहरू निर्माण गरे । राज्यस्तरबाट हुन नसकेको यस किसिमको विशाल र भव्य कार्यक्रमले नेपाली मूर्तिकला क्षेत्र गौरवान्वित बन्न पुग्यो । सो कार्यक्रममा मूर्तिकारहरूलाई हौसला दिन १ दिने चित्रकला कार्यशाला पनि सम्पन्न भयो, जसमा एकेडेमीका उपकुलपति, प्राज्ञहरू लगायत नेपालका वरिष्ठदेखि नवोदिन कलाकारहरू सहभागी भएका थिए ।

संस्थागत रूपमा राइजिङ गु्रप, ललितकला सङ्घ, नेपाल ललितकला मञ्च स्पेट्रम आदि संस्थाहरूले केही साना ठूला प्रदर्शनी कार्यशाला आयोजना गरे । व्यक्तिगत रूपमा जुपिटर प्रधानले वर्षको आरम्भमा नै कला प्रदर्शनी गरे । महिला कलाकार रागिनी उपाध्यायका कला स्विडेन, डेनमार्क आदि देशका ग्यालरीमा प्रदर्शनी भए । त्यस्तै सौरगंगा दर्शनधारी, सुनिता शाक्य, प्राज्ञ विजय थापा, नरेन्द्र भण्डारी -मूर्ति), मेखबहादुर लिम्बुका प्रदर्शनी देख्न पाइयो २०६७ सालमा। गत वर्ष काठमाडौँ यूनिभर्सिटी आर्ट डिपार्टमेन्टका विद्यार्थी, त्रि.वि. ललितकलाका विद्यार्थीहरूले पनि बेला बेलामा सामुहिक र व्यक्तिगत कला प्रदर्शनी गरिरहे ।

व्यक्तिगत रूपमा 'कोलावोरेटिभ शोलो' प्रदर्शनी गरेर गत वर्ष धेरै समय चर्चामा रहे कलाकार सुजन चित्रकार । 'रङ्गीन ढुङ्गा विविध सिजना' शीर्षकमा मूर्तिका राकृष्ण भण्डारीले आˆनो चौथो एकल मूर्तिकला प्रदर्शनी गरे भने 'ˆयूचर अफ हिस्ट्री' मा नाटक र चित्रकलालाई सँगै जोड्न भ्याए कलाकार मुकेश मल्ल, अशेष मल्ल, गोपाल कलापे्रमी सरोज बज्राचार्य, मनिषलाल श्रेष्ठ, हितमान गुरूङ, सुन्दर लामा र सिलासा राजभण्डारीले ।

गत वर्ष नेपालका मूर्धन्य कलाकारहरू उत्तम नेपाली निकै बिरामी भई अमेरिकाबाट हालै स्वास्थ्योपचार गराई फर्केका छन् भने अर्का कलाकार शशीविक्रम शाहलाई पनि विस्तारै रोगले गाँज्न थालेको छ । रङ्ग र कुचीसँगै नाचिरहने यी कलाकारहरू स्वास्थ्यका कारण क्रमशः टाढिँदै जान थालेका छन् । अर्का वरिष्ठ कलाकार उज्ज्वल कुन्दन ज्यापु पनि यो वर्ष स्वास्थ्यका कारण सिर्जनादेखि केही टाढा हुन पुगे । यो वर्ष नेपाली कला क्षेत्रका हस्ती, महान शिल्पी कलाकार दिलबहादुर चित्रकारलाई नेपाली कला क्षेत्रले गुमाउनुपर्‍यो ।

नर्वेजियन राजदूतावासले कला र साहित्यलाई जोडेर कार्यशाला र प्रदर्शनी आयोजना गर्‍यो । केही बाहेकका कार्यक्रमले नेपाली आयोजना गर्‍यो । एकेडेमीले कार्यशाला प्रदर्शनी आयोजना गरेपनि कुनै ठोस उद्देश्य मुलक कार्यक्रम गत वर्ष ल्याउन सकेन । दिर्घकालीन सोच विना नेपाली कलाले अन्तर्राष्ट्रिय सिमाना छुन सक्दैन । व्यक्तिगत प्रयासले नेपाली कलाबाहिर पुगेपनि संस्थागत रूपमा अन्तर्राष्ट्रिय स्तरको कला गतिविधि गर्ने निकाय ललितकला एकेेडेमी नै हो । अबका दिनमा एकेडेमीले कार्यशाला र प्रदर्शनी गर्ने जिम्मा अन्य संस्थालाई दिएर भएपनि ठोस कार्यक्रमका साथ अगाडि बढ्न जरूरी छ ।

[Source: Gorkhapatra]

Segments: 

Comments