नेपाली गजल डट कम

नेपाली गजलले आफ्नो आयाम नेपालमामात्र नभई नेपाली भूगोलबाहिर समेत विस्तार गरेको छ । जहाँसम्म नेपाली पुगेका छन् त्यहाँसम्म नेपाली गजल पुगेको छ ।

ग्लोबभरि छरिएर विकास भइरहेको नेपाली गजल र गजलकारहरूलाई एउटा साझा, विश्वसनीय, स्तरीय र सुगम मञ्चमा गोलबद्ध गर्दै दिगो विकास र प्रबर्धनमा सहकार्यको थालनी गर्ने उद्देश्यका साथ यो 'नेपालीगजलडटकम' को परिकल्पना साकार भएको हो । गजलको नामसम्म नसुनेकादेखि सिक्दै गरेका र स्थापित लेखकसम्मलाई एउटै मैदानमा भेला गराएर सबैलाई लाभान्वित गर्दै नेपाली गजलको उत्थान गर्नु यसको अभीष्ट हो । गजललेखनमा देखिएका अराजकता, विकृति र विसङ्गतिलाई चिर्दै सचेत रूपमा नयाँ प्रयोग र परीक्षणलाई समेत अभियानका रूपमा अगाडि बढाउन तपाई सबैको हातेमालो यसमा अपेक्षित छ । यो कुनै पनि राजनैतिक-जातीय-क्षेत्रीय या वादजन्य सङ्कीर्णताभन्दा माथिल्लो अभियान हो ।

सम्पादक समिति

करुण थापा : प्रमुख, सम्पादन तथा वेव निर्माण विभाग
नारायण गाउँले : प्रमुख, सम्पादन तथा भाषा विभाग
मबि सिंह : प्रमुख, सम्पादन तथा रिसर्च विभाग

URL: http://www.nepalighazal.com/

Literary Organizations: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom