Loading

नेपाली भाषाको लेखनः समस्या र समाधान / डा. गोपाल प्रसाद शर्मा अधिकारी

नेपाली भाषाको लेखनः आजसम्मको खोज अनुसन्धानबाट प्राप्त प्राचीन नेपाली भाषाको लेखन नमुना- भूपाल दामुपालको समयको दुल्लु शिलालेखलाई मानिएको छ । सं. १०३८को समयको भनिएको यो शिलालेख पूर्णप्रकाश 'यात्री'ले खोज-अनुसन्धानका क्रममा प्राप्त गरेका हुन् । यसको पहिलो जानकारी बालकृष्ण पोखरेलको सम्पादकत्वमा सम्पादित 'पच्चीस वर्षका भाषिक चर्चा' -ने.रा.प्र.प्र.२०३९) पुस्तकमा "सर्वप्राचीन नेपाली अभिलेख -एक विहङ्गम दृष्टि)" शीर्षकबाट भएको हो । साथै पूर्णप्रकाश 'यात्री'को पुस्तकाकार कृति राजा गगनिराजको यात्रा -नेशनल रिसर्च एसोसिएट्स,काठ. २०३९) मा पनि यो शिलालेख प्रकाशित छ । प्राप्त शिलालेखको भाषा निम्न प्रकारको छ । ओं.......-मणि ?) पद्मे हुं । .... दामुपाल भूपाल रेख भई । किष्णु अडैको भाइ सउंपाल अडै सा -के ?) ९०३ ।

यसरी आरम्भ भएको नेपाली भाषाको लेखन, अभिलेख काल, वाङ्मय काल हुँदै प्राचीन नेपाली, माध्यमिक नेपाली र आधुनिक नेपालीको स्वरूप र संरचनामा व्यापक मात्रामा नेपालीहरूको जनजिब्रोमा जीवन्त रूपमा बाँचेको छ । कुन भाषा कति मात्रामा जीवन्त वा सजीव छ भनी कसैले प्रश्न गर्‍यो भने त्यस भाषाको प्राचीन लहरो तानेर देखाएर मात्र पुग्दैन । वर्तमानलाई टेकेर त्यसको प्रयोगमा जानुपर्छ वा सर्वसाधारण जनताको जनजिब्रोको भाषा बनेको छ कि छैन ? सबैका लागि सरल रूपमा बुझ्न सकिने प्रकारको छ कि छैन भनी हेर्नुपर्छ ।

वर्तमानको नेपाली भाषा-राष्ट्रभाषा, राज्यभाषा, लेख-पढको भाषा, साहित्यक भाषाका र अधिकांश -बहुसङ्ख्यक) नेपालीको मातृ भाषा साथै सबै भन्दा महìवपूर्ण पक्ष अन्य भाषा-भाषी बीच सम्पर्क भाषाका रूपमा रहेर पुलको कामसमेत गरेको छ । आज नेपाली भाषा- देशको भौगोलिक सीमा काटेर अन्तर्राष्ट्रियस्तरमा समेत व्यापक मात्रामा फैलिएको छ । नेपाली लोक जीवनको धुकधुकि बनेको नेपाली भाषा, नेपालीका लागि गौरवको विषय बनेको छ । हामी सबैका लागि यो गर्वको विषय पनि भएकोे छ । तर यता केही वर्षदेखि नेपाली भाषाको लेखनमा विविधता पनि देखिन थालेको छ । नेपाली भाषाको लेखनमा देखिएको विविधताले भोलिका दिनमा नेपाली लेखन कमजोर बन्ने हो कि ? एउटा भम्भीर प्रश्न उठ्ने गरेको छ । नेपाली भाषाको लेखनमा देखिएका समस्या के कस्ता छन् र तिनको समाधान के कसरी गर्न सकिन्छ ? छलफलमा प्रवेश गरौँ ।

समस्या र समाधानः

भाषाको कुरा गर्दा सर्व प्रथम प्रत्येक भाषाको मुहान खोज्नु पर्छ । नेपाली भाषाको मुहान खोज्दा-विश्वका प्रमुख दश भाषा परिवारमा-भारोपेली भाषा परिवारमा पर्दछ, नेपाली भाषा । भारोपेली भाषा परिवारका प्रमुख तिनवटा हाँगा छन् - एनाटोलियाली, केन्तुम र सतम् । सतम् अन्तर्गत आर्य/आर्य इरानेलीको एउटा शाखा- भारतीय/आर्यको संस्कृत, पाली, प्राकृत, प्राकृत अपभ्रंशबाट नेपाली भाषाको उत्पत्ति भएको हो । संस्कृत भाषामा प्रयोग भएका स्वर र व्यञ्जन वर्णहरू नै नेपाली भाषामा पनि प्रयोग गरिन्छ । नेपाली भाषाका लेख्य लिपि चिहृन-अ,आ...र क, ख.. नै रहेको र शिरविन्दु, चन्द्रविन्दु एकार, उकार, एैकार, ओकार आदि चिहृनहरूको प्रयोग पनि संस्कृत भाषामा प्रयोग गरेझैँ गरिने भएकाले संस्कृत भाषासँग नेपाली भाषाको निकट सम्बन्ध रहेको छ । यसका साथै दैनिक जीवनमा कथ्य रूपमा प्रयोग गर्दा र विश्वका अन्य भाषाका शब्दको प्रयोग गर्दै जाँदा तिनले नेपाली भाषाको लेख्य संरचनामा पनि प्रभाव पारेको देखिन्छ ।

भाषा र रगत यी दुई यस्ता वस्तु हुन् यिनमा कसैले पनि 'चोखो र मेरो मात्र' भन्न पाँउदैन र सक्दैन । अर्को पक्ष-जुन भाषा जति जीवन्त हुन्छ, सजीव हुन्छ, त्यस भाषाले अन्य भाषाका शब्दलाई पनि बढीभन्दा बढी प्रयोगमा ल्याउँछ र प्रयोग गर्दै जाँदा कालान्तरमा आफ्नै शब्द ढुकुटी भर्दै जान्छ । आफ्नो शब्द भण्डारलाई ठुलो बनाउँछ । यो कुरा विश्वका सबै भाषामा लागु हुन्छ । यस आधारबाट हेर्दा-नेपाली भाषाले पनि एकातिर आफ्ना मौलिक शब्दहरूको प्रयोगका साथै अन्य भाषाबाट आएका आगन्तुक शब्दको प्रयोग गर्दै आएको छ र थप्दै पनि छ । यस क्रममा नेपाली भाषाको लेखनमा हिजो -आज देखिएको प्रमुख समस्या भनेको-

१) संस्कृत भाषामा प्रयुक्त-तत्सम शब्द, नेपाली भाषामा ५०-६० प्रतिशत प्रयोग हुनु,

२) अन्य भाषा -स्वदेश भित्रका भाषा र अन्य राष्ट्रका भाषा)का -आगन्तुक) शब्दको प्रयोग हुनु,

३) नेपाली भाषाको लेखन परम्परामा समय सापेक्ष परिवर्तन हुँदै जानु,

४) परिवर्तित नेपाली भाषाको लेखनलाई नेपाली भाषाको व्याकरणले पूर्ण मात्रामा समेट्न नसक्नु वा समेट्ने प्रयास गर्दा केही समस्या देखापर्नु,

माथि समस्याका रूपमा देखिएका विषयको निराकरण वा समाधान कसरी गर्ने भन्ने विषयमा हिजो-आज व्यापक बहस र छलफल चलेका छन् । ती बहसले धेरै मात्रामा समस्यालाई समस्याका रूपमा नबढाएर समाधानतर्फ अभिप्रेरित पनि गरेका छन् । यस क्रममा समस्याको समाधानमा ठुलो समस्या देखिएको भनेको-नेपाली भाषाको लेखनमा अत्यधिक संस्कृत शब्दको प्रयोग हुनु हो । संस्कृत भाषा/साहित्यको अध्ययन गरेका र त्यस पृष्ठभूमिबाट आएकालाई निश्चय पनि यो ठुलो समस्या नबन्ला तर जसको पृष्ठभूमि संस्कृत छैन अथवा संस्कृतका शब्दहरूको व्युत्पत्ति -उत्पत्ति) प्रक्रिया थाहा छैन त्यस्ता व्यक्तिका लागि यो नेपाली भाषा निश्चय पनि जटिल बनेको छ । भोलिका दिनमा यसको सही पहिचान हुन सकेन भने- 'कृ+ता Ö कर्ता'लाई कर+ता Öकर्ता, 'दृश+ता Ö द्रष्टा' लाई द्रस्+टा Ö द्रस्टा, 'गै+इका Ö गायिका' लाई गाय+इका Ö गायिका, 'मृ+अन Ö मरण' लाई मर+न Ö मरन-ण) लेखन परम्परा नबस्ला भन्न सकिन्न ।

हामीले विद्यार्थीहरूलाई पढाउदा शब्दहरूको स्रोतको चर्चा गर्दा नेपाली भाषाको शब्द स्रोत-तत्सम -संस्कृत भाषाबाट जस्ताको त्यस्तै आएका), तद्भव -संस्कृत/प्राकृत हुँदै परिवर्तन भएर बनेका र आगन्तु हो, भन्छौं र उदाहरण दिन्छौं वा खोज्न लगाउँछौं । साथै यी तीन स्रोतलाई सङ्क्षिप्तमा देखाउँदा-शब्दस्रोत मौलिक -तत्सम र तद्भव) र आगन्तुक भनि देखाउँछौँ । यसै क्रममा अनुक्ररणात्मक शब्दहरूको पनि अभ्यास गराउँछौं । अभ्यासका क्रममा-च्वास्स, चसक्क, छ्वाल्ल, हृ्वाल्ल, कट्क्क, कुटुक्क, क्वाप्प, ख्वाप्प, कलकल, कुलकुल आदि उदाहरण दिन्छौं र यसै गरी अन्य अनुकरणात्मक शब्द खोज्न लगाउँछौं । हिजो-आज यस्ता अनुकरणात्मक शब्दलाई शब्द स्रोत अन्तर्गत कहाँ लगेर राख्ने ? कक्षा अभ्यासका क्रममा, यो एउटा गम्भीर प्रश्न उत्पन्न भएको छ । के यी तत्सम शब्द हुन् ?, के यी तद्भव शब्द हुन् ?, के यी आगन्तुक शब्द हुन् ? यी अनुकरणात्मक शब्द- तत्सम, तद्भव र आगन्तुक कुनैमा पनि पर्दैनन् । यस प्रकारका शब्दहरूलाई विस वर्ष पहिले झर्रा, ठेट नेपाली भनी अध्ययन/अध्यापन गराइन्थ्यो । आज हामीले केवल अनुकरणात्मक शब्द भनेर पन्छिने काम गरेका छौँ । नेपाली भाषाको नियमको ज्ञाता र नियमकर्ता बनेकाले यस विषयमा विशेष रूपमा ध्यान दिनु पर्ने होइन र ?

यसैगरी माथि उल्लेख गरिएका शब्द स्रोतका आधारमा- तत्सम, तद्भव र आगन्तुक अन्तर्गत जसरी अनुकरणात्मक शब्दहरूलाई वर्गीकरण गर्न सकेनौँ त्यसरी नै नेपलीका थुप्रै आफ्ना शब्द-अँगेरी, अखने, अगतिलो, आँखे, आँख्ले, आँठे, इनार, उछार, उजेली, कपुरी, कपेरो, आदि शब्दहरूलाई कुन शब्द स्रोतमा राख्ने ? यो विषयको पनि निराकरण आवश्यक देखिन्छ । अनि संस्कृतबाट पाली, प्राकृत हुँदै रूप फेरिएर नेपालीमा प्रयोग हुँदा कतिपय शब्द मौलिक रूपमा देखा परेका छन् । यस्ता शब्दलाई सदैव तद्भव भनिरहन कति ठिक होला ? खास गरी तत्सम शब्दको प्रयोगमा र तिनको व्युत्पत्तिमा बढी समस्या देखिएको छ । यसको निराकरणका लागि यात छिमेकी राष्ट्र भारतमा गरिए जस्तै चलन- चल्तीमा जे जसरी शब्दहरू परिवर्तन भए तिनलाई स्वीकार गर्दै जाने र नयाँ नयाँ बनेका शब्दलाई वा प्रयोगका क्रममा बनेका सबै शब्दलाई एकै घानमा हालेर शब्द भण्डार बढाउँदै जाने र तिनको प्रयोग पनि गर्दै जाने बाटो अपनाउनु पर्छ । यसो गर्दा शब्दको स्रोत र व्युत्पत्ति वैज्ञानिक -वस्तुगत) बन्न सक्दैन र यसले भाषा लेखनको क्रममा अराजकता उत्पन्न गर्दछ । यसको विकल्पमा समस्या समाधानका लागि-हाम्रो पाठ्यक्रममा कक्षा पाँच देखि दशसम्म संस्कृत भाषाको व्याकरणात्मक ज्ञान र शब्द निर्माण -शब्द व्युत्पादन गर्ने) प्रक्रियाको बोध सरलभन्दा सरल र सहज ढङ्गले पठन-पाठनमा व्यवस्था गर्नुपर्छ । एउटा समयमा धर्म र पुराणहरूको विरोधको क्रममा हामीले संस्कृत भाषाको चञ्चुप्रवेशको अध्ययनलाई आवश्यक छैन भनी पठन-पाठन बन्द गर्न र पाठ्पुस्तक तथा परीक्षाका उत्तर पुस्तिकामा बहिस्कार गर्न पनि पछि परेनौँ । यदि आज पनि हाम्रो विरोध संस्कृत भाषाप्रति पनि थियो र छ भने संस्कृतका सबै शब्द नेपाली भाषाबाट खुर्कौंँ र फालौँ । यदि संस्कृतबाट आएका अनेकानेक शब्द जसको नेपालीमा कम्तिमा पनि पचास प्रतिशत बराबरको भूमिका रहेको छ भन्ने कुरा स्वीकार गर्छौं भने त्यस भाषाको न्यूनतम शब्द निर्माण प्रक्रिया र शब्दार्थको ज्ञानको आवश्यकता छ/छैन भन्ने विषयमा नेपालका भाषा तथा व्याकरणविद्हरूले सोंच्नु पर्छ अथवा पर्दैन् ? यस विषयमा पङ्क्तिकारको राय के भनी कसैले प्रश्न गर्छ भने उत्तर स्पष्ट छ- भाषाको प्रयोगलाई सरल बनाउने नाममा वा बोधगम्य बनाउने नाममा शब्दको व्युत्पत्ति वा बनोटलाई बिगार्न र आफु खुसी प्रयोग गर्न पाइदैन । त्यसको आफ्नै व्याकरणात्मक नियम छ । यस अर्थमा तत्सम शब्दको ज्ञान आज पनि नितान्त आवश्यक छ । प्रकि्रया र पद्धति जुन वा जसरी बनाए पनि आपत्ति छैन । माथिका बुँदा नं. २ देखि ४ सम्मका समस्याको निराकरणका लागि-आगन्तुक शब्दहरूको प्रयोगका लागि सबै भाषाका शब्दहरूलाई नेपाली नियम अनुसार नै लेख्ने अभ्यास हँुदै आएको छ र त्यसलाई अझ राम्रोसँग अनुशरण गर्नुपर्छ । नेपालीका शब्दहरूको लेखन क्रममा साना-मसिना विवादलाई बसेर छलफलका माध्यमबाट निराकरणतर्फ अगाडि बढ्नुपर्छ र मूलतः नेपाली भाषाको उच्चारणलाई प्राथमिकतामा राख्नु पर्छ । समसामयिक बोलिचालीको भाषाले जे-जस्तो नयाँ लेख्य संरचनालाई आत्मसात गरेको छ, त्यसमा एकरूपता कायम गरी नेपाली व्याकरणले लचिलोपन देखाएर केही नियमलाई परिमार्जन र केही नियमलाई परिवर्तन गर्नुपर्छ ।

जुन सुकै भाषाको पनि कथ्य र लेख्य रूप हेरेर व्याकरणका नियम निर्माण वा परिमार्जन हुने गर्छन् । नियम हेरेर भाषाको प्रयोग नभएर भाषाको स्वरूप र संरचना हेरेर नियम बन्दछ । दश वर्षका बीचमा कथ्य/लेख्य संरचनामा परिवर्तन देखिन थाल्छ । पुनः केही परिवर्तित भाषाको स्वरूपलाई हेरेर नियममा के कति परिवर्तन गर्ने ? विशिष्ट भाषाविद् र व्याकरणविद् बसेर त्यसमा के-कस्तो थप घटको आवश्यकता पर्छ सोही अनुसार कार्य गर्नुपर्छ । सबै भन्दा महìवपूर्ण पक्ष भनेको हरेक दश वर्षमा नेपाली भाषाको लेखनमा देखिएका समस्याको निराकरण गर्ने एउटा पद्धति र परिपाटी बस्नु पर्छ । भाषाविद् र व्याकरणविद्हरूले दिएको जिम्मेवारी पुरा गर्न बसेको समयमा बस्तुगत आधारमा विषयको पहिचान गर्नु पर्छ र समस्याको निराकरण गर्न पर्छ । तर्कका लागि तर्क र बहस गरेर वा आफ्ना तर्क राख्ने क्रममा कुतर्क गरेर समय खेर फाल्ने काम गर्नु हुँदैन । मानक रूप तयार गर्दा पूर्वाग्रह विना र कुनै प्रकारको आग्रह विना छल-फल गर्नु पर्छ । जुन ठाउमा जाहाँनेर समस्या छ त्यसैमा केन्दि्रत भएर छलफल वा बहस प्रारम्भ गर्ने बानी बस्यो भने स्वतः समस्याको समाधानमा पुग्न सकिन्छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा २०६७ पुस २६-२८ मा नेपाली भाषाको जुन सङगोष्ठी गरियो, यस्ता कार्य सम्बन्धित निकायहरू-नेपाल सरकार शिक्षा मन्त्रालय, त्रि.वि. नेपाली केन्दि्रय विभाग, त्रि.वि. पाठ्यक्रम विकास केन्द्र, नेपाल पज्ञा-प्रतिष्ठान जस्ताबाट कम्तिमा वर्षको एक एक पटक अनिवार्य रूपमा विचार-विमर्श र गोष्ठी गरिनुपर्छ । प्रत्येक समस्या स्वतः निराकरण हँुदै जानेछन् ।

(लेखकः महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा कार्यरत सह-प्राध्यापक हुनुहुन्छ । साभार: गोरखापत्र)

Comments