नेपाल साहित्य पत्रकार सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

No votes yet

२०६७ फागुन २१, काठमाडौ ।
नेपाल साहित्य पत्रकार सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनले रोचक घिमिरेको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

रामहिटीस्थित साहित्य सदनमा सम्पन्न्न सम्मेलनबाट पाँचजना उपाध्यक्षहरुमा वासुदेव अधिकारी, लक्ष्मी उप्रेती, मात्रृका पोखरेल, ज्ञानुवाकर पौडेल र आरती रिजाल चयन हुनुभएको छ । महासचिवमा मोहन दुवाल, सचिव चेतनाथ धमला र कोषाध्यक्षमा नवराज पुडासैनी चयन हुनुभएको छ ।

त्यसैगरी, सदस्यहरुमा यादव भट्टराई, ठाकुर बेलवासे, डा घनश्याम कँडेल, सार्दुल भट्टराई, आर्यन डंगोल, विवश बस्ती, श्रीओम श्रेष्ठ, रामप्रसाद पन्त, प्रकाश सिलवाल, नवराज रिजाल, गणेश भण्डारी, विआर पोखरेल, विष्णु भण्डारी, अशोक सुवेदी, सागर पन्त, होमशंकर बास्तोला, भरत भारता दुवाल, गणेश राई र भगतदास श्रेष्ठ चयन हुनुभएको छ ।

सम्मेलनले ३४ सदसीय राष्ट्रिय परिषद्को समेत चयन गरेको छ भने सम्मेलनको उद्घाटन मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणि दीक्षितले गर्नुभएको थियो ।

अध्यक्ष दीक्षितले साहित्यक पत्रिका अभिव्यक्तिका सम्पादक नगेन्द्रराज शर्मा र नेपाल भाषाको पत्रिका थौंकन्हेका सम्पादक रुक्मणि श्रेष्ठलाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा प्राज्ञ विष्णु प्रभातले साहित्यिक पत्रकारिताका लागि सहयोग कोषमा रकमबृद्धिका लागि पहल भइरहेको बताउनुभयो ।

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.