नेपालको आदिवासी जनजातिका लोकसंगीतको वर्तमान अवस्था र चुनौतीहरु

No votes yet

नेपालका आदिवासी जनजातिका लोक संगीत र संस्कृतिको अवस्था तथा चुनौतीका बारेमा शुक्रबार राजधानीमा चर्चा गरियो।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित सोसम्बन्धी गोष्ठीमा प्राज्ञसभा सदस्य शान्तिराम राईले 'नेपालको आदिवासी जनजातिका लोकसंगीतको वर्तमान अवस्था र चुनौतीहरु' विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। विचारगोष्ठीमा नेपालमा लोप हुन लागेको जनजाति लोकसंगीतका बारेमा चर्चा गरी संरक्षण संवद्र्धनका उपायको खोजी गर्नुपर्नेमा जोड दिइएको थियो। नेपालका ५९ आदिवासी जनजातिमध्ये लिम्बुजातिको लोकसंगीतका बारेमा प्रयोगात्मक रुपमै चर्चा गरिएको थियो।

लिम्बुजातिका महत्वपूर्ण लोकसंगीत पालम हाक्पारे च्याब्रङ स्रेब्रु साकेलालगायतका प्रस्तुति किरात याक्थुङ चुम्लुङ सांस्कृतिक परिवारका कलाकारले प्रस्तुत गरेर देखाएका थिए। कार्यपत्रमा नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनजातिको लोकसंगीतको चर्चा गर्न खोजिए पनि टिप्पणीकार डा. कुसुमाकर न्यौपानेले कार्यपत्र अधुरो र अपूरो रहेको टिप्पणी गरे। लोकसंगीत महासागर हो यसको अध्ययन गर्न सजिलो छैन अस्पष्ट कार्यपत्र प्रस्तुत गर्नु हाम्रो धर्म होइन -भन्दै उनले कार्यपत्र प्रस्तोताको कडा आलोचनासमेत गरे।

कृष्णकुमार गुरुङ बुलु मुकारुङ कुमार रानाले समेत कार्यपत्रको आलोचना गरेका थिए। प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले भने लोप हुन लागेको आदिवासी जनजातिका बारेको राईले गरेको सानो प्रयासको प्रशंसा गरे। कार्यक्रमका सभापति तथा आयोजक संस्थाका कुलपति अम्बर गुरुङले आधुनिक गीतले भन्दा लोकगीतमा संस्कृति जोगाइराख्ने शक्ति हुने र यसको संरक्षण गर्नुपर्नेमा जोड दिए।

Segments: 

Comments

Recent Comments

About Online Sahitya


Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

© Online Sahitya Digital Library, All rights reserved. Online Sahitya is a digital library dedicated to Nepali Art and Nepali Literature.
For further details contact: onlinesahitya@gmail.com.