Loading

प्रतिनिधि नारी यौनकथा

कमजोर कथाहरूको संग्रह

विमल भौकाजीको संकलनमा रत्न पुस्तक भण्डारबाट प्रकाशित प्रतिनिधि नारी यौनकथामा १८ जना सुपरििचत नेपाली नारी साहित्यकारका यौनका बहुविध पक्षमा केन्दि्रत कथाहरू प्रस्तुत गरएिका छन् । संग्रहमा वानीरा गिरजिस्ती पुरानो पुस्ताकी ख्यातनामा लेखिकादेखि नयाँ पुस्ताका ममता शर्मा नेपाल, शर्मिला खड्का दाहाल र तृष्णा कुँवरसम्म संकलित भएकाले यसले समग्रमा नेपाली नारी कथाकारहरूको सिर्जनात्मक प्राप्तिको आकलन गर्ने अवसर त उपलब्ध गराउँछ नै, साथसाथै यौनजस्तो अति नै महत्त्वपूर्ण मानवीय संवेगलाई हेर्ने, बुझ्ने यी लेखिकाहरूको दृष्टिकोण र चेतनाको झल्को पनि दिन्छ । संकलक र प्रकाशकले संग्रहलाई प्रतिनिधि यौनकथा भन्ने गह्रुँगो नाम दिएका छन् र घुमाउरो किसिमले नेपाली नारी साहित्यकारहरूले लेखेका अब्बल यौनकथाहरूको प्रतिनिधिमूलक संग्रह भएको दाबी गरेका छन् । वास्तवमा, संग्रहको संयोजन राम्रोसँग हुनसकेको छैन । संग्रहमा पुरानो पुस्ताका पारजिात, वेदकुमारी न्यौपाने, कुन्ता शर्माजस्ता प्रतिभाशाली लेखिकाका कथाहरू छुटेका छन् भने नयाँ पुस्ताका सीमा आभास, आन्विका गिरी, सुविसुधा आचार्यजस्ता चर्चित साहित्यकारका यौनकथा समेटिएका छैनन् ।

समीक्ष्य संग्रहको सबैभन्दा कमजोर पक्ष रहेको छ, सम्पादनको सर्वथा अभाव । भन्न त विमल भौकाजीलाई संग्रहको सम्पादक भनिएको छ तर उनको सम्पादन-शिल्पको कुनै छाप पुस्तकको कुनै पनि पृष्ठमा परेको देखिँदैन । उनले यस्तो संग्रहको संयोजनका बारेमा लेखिनुपर्ने सम्पादकीय आलेख पनि लेखेका छैनन्, न त कथाकार र कथाहरूको छनोट गर्दा अपनाएको विधिका बारेमा नै कुनै खुलासा गरेका छन् । संग्रहमा संकलित कथा र कथाकारहरूका बारेमा रचना-कालक्रमादि कुनै विवरण पनि दिइएको छैन, न कथाकारको परचिय नै दिइएको छ । कथा-क्रम कसरी तय गरएिको हो, त्यसको बारेमा पनि कुनै प्रस्टीकरण संकलक वा प्रकाशक, कतैबाट आएको छैन । प्रतिनिधि नारी यौनकथाजस्तो महत्त्वपूर्ण संग्रहको संयोजन गर्नेले नेपाली नारी कथाकारहरूको रचना संसारमा विवेचकका हैसियतले प्रवेश गरी त्यसको वस्तुपरक विश्लेषण गर्न सक्नुपर्दथ्यो र ऐतिहासिक सन्दर्भमा राखेर हेर्दासमेत सही अर्थमा प्रतिनिधिमूलक मान्न सकिने संकलन तयार गर्न सक्नुपर्दथ्यो । विमल भौकाजीले त्यो उत्तरदायित्व पूरा गर्न सकेका छैनन् । पंक्तिकारका दृष्टिमा युवा लेखक/पत्रकार विमल भौकाजीले प्रतिनिधि नारी यौनकथाको संकलकको मामुली भूमिकामा मात्र आफूलाई प्रस्तुत गरेका छन्, सम्पादकको होइन ।

संग्रहमा समावेश नारी यौनकथाकारहरूका पनि उत्कृष्ट यौनकथाको छनोट नगरेर विमलले संग्रहलाई कमजोर बनाइदिएका छन् । छुट्नु नहुने कुन कथाकार छुट्यो भन्ने सवाल साबुतै रहेका अवस्थामा संग्रहितहरूकै कथा चयन पनि त्रुटिपूर्ण हुनु खेदजनक विषय हो । तानतुन गरेर यौनकथाकार बनाइएका केही नामलाई छोडेर भन्ने हो भने चर्चित यौनकथाकार प्रेमा शाह, सीता पाण्डे र जलेश्वरी श्रेष्ठका पनि तुलनात्मक रूपमा कमजोर कथाहरूको पक्षमा संकलक उभिएको पाइन्छ । प्रेमाको 'पहेँलो गुलाफ' यस संग्रहको 'चाँया' कथाभन्दा निश्चय नै पनि उत्कृष्ट कथा हो भने सीता पाण्डेको 'ज्वर' वा 'लालपुर्जा' यस संकलनमा राखिएको 'सुन्दरयिा'भन्दा हरेक दृष्टिकोणले राम्रा छन् । यहाँनेर संकलक विमल भौकाजीले आवश्यक मिहिनेत गर्न नचाहेको प्रस्ट देखिन्छ ।

यस संग्रहमा परेका अधिकांश कथाहरू लेखनको शिल्प, भाषा, शैली, विषयवस्तुको निर्वाह र लेखकको विशिष्ट वैयक्तिक छापका दृष्टिले औसत वा औसतभन्दा तलका छन् । यी कथाहरूले नेपाली नारी कथाकारहरूको खासै प्रशंसायोग्य लेखकीय क्षमता देखाउँदैनन् । अधिकांश कथाहरू वर्णनात्मक छन् । एउटा सफल कथामा हुनुपर्ने कथावस्तुको विश्वसनीयता, चरत्रिहरूको समुचित विकास, मानवीय मनोभावहरूको सूक्ष्म अवलोकन, जटिल मनोवैज्ञानिक द्वन्द्वको अध्ययन एवं विश्लेषण, रहस्य र जटिलताहरूको समायोजन र चमत्कारपूर्ण समाप्तिजस्ता तत्त्वहरूको आलोकमा पढ्दा यस संग्रहमा संकलित धेरैजसो कथाहरू सिकारुका सिर्जनाजस्ता लाग्छन् । यी कथाहरू विश्वका उन्नत साहित्यमा पाइने राम्रा यौनकथाहरूको छेउसम्म पनि नपुग्ने कुरो त आफ्नो ठाउँमा छँदैछ, नेपाली साहित्यकै सफल यौनकथाकारहरू विश्वेश्वरप्रसाद कोइराला, गोविन्द मल्ल 'गोठाले', भवानी भिक्षु, दौलतविक्रम विष्ट र पोषण पाण्डेको समेत हाराहारीमा उभिन सक्दैनन् । नेपाली सिर्जनाको आधा आकाश ओगटेर बसेका नारी स्रष्टाहरूका रचनाहरूमा तुलनीय सिर्जनात्मक सामथ्र्य कहिले आउने हो कुन्नि !

कथाकारहरूले यौनकथाको तानाबाना बुन्दा यो शाश्वत विषयसँग अविभाज्य रूपमा गाँसिएर आउने कुण्ठा, अतृप्ति, अतिशय वासना, अनमेल सम्बन्ध, शोषण र यौन व्यवसायजस्ता विषयहरूको आधार लिएका छन् । तर, प्रायः सबै कथाकारहरूले यी विषयहरूले माग गर्ने सूक्ष्म मनोवैज्ञानिक अनुशीलनतर्फ ध्यान दिनुको सट्टा स्थूल घटनाहरूको मात्र सिर्जना गरेर कथालाई लालित्यहीन बनाएर छोडिदिएका छन् । सबैजसो कथाकारहरूले नेपाली साहित्यमा अनेकौँपटक प्रस्तुत भइसकेका पाराम्परकि कथा परििस्थति र स्त्री-पुरुषको यौनिक सम्बन्धका प्रायः लेखिइरहेका जटिलतामै आफूलाई सीमित बनाएका छन्, जसले गर्दा यस संकलनका कथाहरूले पाठकको रुचिलाई उद्दीपन गर्ने वा चेतनालाई झंकृत पार्ने कुनै सम्भावना देखिँदैन । दिन-प्रतिदिन बदलिइरहेको सामाजिक परििस्थति र त्यसले मानिसको यौनजीवनमाथि पारेको विशद प्रभावको अध्ययन गर्दै नयाँ युगका नयाँ कथावस्तु र नयाँ चरत्रिहरूलाई लिएर यौनकथा लेख्ने बेला भइसकेकोतर्फ नेपाली कथाकारहरूको ध्यान पुगेको देखिँदैन । नेपाली कथा लेखन प्रौढ हुने बेला भइसकेको छ, होइन र ?

प्रतिनिधि नारी यौनकथाको एउटा रोचक पक्ष के बन्न पुगेको छ भने यसमा संकलित कथाकारहरूमध्ये जो अलि वरष्िठ छन् र जसको साहित्यमा हैसियत बनिसकेको छ, त्यस्ताहरूका कथाहरूचाहिँ तुलनात्मक रूपले कमजोर छन् । वानीरा गिर,ि बेन्जु शर्मा, भागीरथी श्रेष्ठ र मञ्जु काँचुलीका यस संग्रहमा संकलित कथाहरूले उनीहरूको प्रतिष्ठा अनुरूप आफूलाई प्रस्तुत गर्न सकेका छैनन् । यसको विपरीत जलेश्वरी श्रेष्ठ, ममता शर्मा नेपाल, शर्मिला खड्का दाहाल, इल्या भट्टराई र तृष्णा कुँवरका कथाहरूले लेखकीय क्षमता देखाउँछन् । सीता पाण्डेलाई एउटा कमजोर कथामार्फत प्रतिनिधित्व गराएर खेर फालिएको छ भने उषा शेरचनलाई अनावश्यक प्रविष्टि दिइएको छ । मुक्तक र गीतका क्षेत्रमा नाम कहलिएकी उषालाई कथाकारको कोटीमा उभ्याइहाल्नुपर्ने आधार संग्रहमा राखिएको कथाले उपलब्ध गराउँदैन ।

यस्तै प्रकृतिको कुनै अर्को संकलन प्रकाशन गर्ने अवसरमा विमल भौकाजी र रत्न पुस्तक भण्डारले रचना चयन, प्रस्तुति र भूमिका लेखनमा बढी सजगता, गम्भीरता र मिहिनेत गर्नेछन् भन्ने आशा गर्नु अन्यथा हुने छैन ।
(Source: Nepal Weekly)

Segments: 
Author: 

Comments